कोरोना को प्रभाव ले गर्दा पुन मगर समाज यु के को कार्यक्रम स्थगित
- uday garbuja
- Nov 25, 2020
- 1 min read
सूचना, सूचना, सूचना
कोरोना को प्रभाव ले गर्दा पुन मगर समाज यु के को कार्यक्रम स्थगित
पुन मगर समाज यु के ले यो बर्ष २०२० मा आयोजना गर्न लागे का सास्कृतिक तथा विविध सबै कार्यक्रमहरु स्थगित भएको छ। बिश्वभरि फैलिए को कोरोना भाईरस का कारण यतिबेला विश्व समुदाय नै आतंकित बनि रहेको बेला यस को प्रभाव बेलायत देश मा पनि देखिए को छ।
विश्व मा फैलदै गएको कोरोना भाईरस (कोभिड-१९) लाई मध्यनजर गर्दै पुन मगर समाज यु के ले आयोजना गरेको मे महिना मा हुने भूमे पुजा लगायत अकटुबर महिना हुने तिहार मा खेलिने देउँसी भैलो कार्यक्रमहरु स्थगित गरिए को हो। कार्यक्रम हरु अर्को निर्णय नहुञ्जेल सम्म स्थगित भएको संस्था ले जनाएको छ। संस्था ले सूचना प्रकाशित गर्दै मनोरन्जन भन्दा पनि स्वास्थ्य लाई मध्यनजर गर्दै सबै कार्यक्रमहरु को सम्पूर्ण तयारी को बन्दोबस्त हुँदाहुँदै पनि कार्यक्रम स्थगित गर्नु परेको हो।
संस्था ले असाधारण परिस्थिति मा गरिए को निर्णय लाई सहजरुप मा बुझिदिनु अनुरोध गरेको छ। साथै भविष्य मा यो माहामारी कोरोना भाईरस नियन्त्रण मा आईसके पछि हाम्रो समाज को कार्यक्रमहरु गरिने जानकारी पुनमगर समाज यु के का अध्यक्ष बल बहादुर पुर्जा मगर ले जानकारी दिनु भयो। यो प्रतिकुल निर्णय ले सदस्य हरु लाई पर्न गएको असुविधा प्रति क्षेमाप्राथी छ अध्यक्ष बल पुर्जा ले भन्नु भयो।
"जये पुन मगर समाज यु के"
Recent Posts
See Allलेखक:- उपाध्यक्ष तुलचन्द्र तिलिजा पुन मगर लण्डन पुन मगर समाज यु के को बैठक सम्पन्न। झन्डै २ बर्ष पछि पुन मगर समाज यु के को पहिलो बैठक...
Comentarios