top of page

पुन मगर सामाज यु के को दोश्रो साधारण सभा र महिला समूह गठन

नेपाल देखि बसाई सराई को क्रममा बेलायत मा आएर बसोबास गर्ने पुन मगरहरु को साझा संस्था पुन मगर समाज यु के को दोश्रो बार्षिक साधारण सभा ले समाजसेवी अम्बु पुन मगर (राम्चे नांगी) लाई महिला को अध्यक्ष पदमा चयन गरेको छ । गत शनिबार ३० जनवरीका दिन अल्डरसट स्थित भेटघाट रेस्टुरेन्ट मा सम्पन्न भएको पुन मगर समाज यु के को बार्षिक साधारण सभा ले महिला समूह को अध्यक्ष पदमा अम्बु पुन मगर सहित ११ सदस्यहरु को नयाँ कार्यसमिति पनि चयन गरेको छ । बार्षिक साधारण सभा ले नेपाल देखि पुन मगरहरु बसाई सराई को क्रममा यहाँ यु के मा आएर बसोबास गर्नु हुने सम्पूर्ण पुन मगर हरु लाई एकै ठाउँ मा एकजुट गराई एक-आपस्तमा मित्रता बढाउने बिचार धारणा लिएर यहाँ यु के को विभिन्न क्षेत्रलाई समेटने गरी महिला सचिव मा मनु गर्बुजा पुन मगर (दगनाम), महिला कोषाध्यक्ष मा अन्जना पहरे पुन मगर (सालिजा) र महिला सहकोषाध्यक्ष मा बालिका तिलिजा पुन मगर (पाउदुवार) चयन गरेयो । त्यस्तै गरेर सदस्यहरु मा बिमला गर्बुजा पुन मगर (डाँडाकटेरी), मिन कुमारी पुर्जा पुन मगर (खिबाङ्ग), पार्वती पुन मगर (लेस्पार), पूर्ण माया रामजाली पुन मगर (भुरुंग), तिर्थ कुमारी तिलिजा पुन मगर (पाउदुवार), मायादेवी गर्बुजा पुन मगर (डाँडाकटेरी), दिल कुमारी अर्मजा पुन मगर (सालिजा) चयन भएकाछन ।

त्यसै क्रममा पुन मगर समाज यु के का अध्यक्ष बिल पुर्जा पुन मगर (खिबाङ्ग), बरिष्ठ सल्लाहकार रिटायर्ड क्याप्टेन डि.सि.एम. बिर बहादुर पाईजा पुन मगर (ठोटनेरी), सल्लाहकार मन बहादुर पुन मगर (भैरहावा), सल्लाहकार भिम बहादुर चोचांगी (लेस्पार), सल्लाहकार खर बहादुर गर्बुजा पुन मगर (डाँडाकटेरी), सल्लाहकार मनबिर पाईजा पुन मगर (हिस्तान), सल्लाहकार बल बहादुर पुर्जा पुन मगर (लेस्पार), पुर्खेउली समूह का अध्यक्ष बल बहादुर पुर्जा पुन मगर (दाना), लगायत कार्यसमितिका साथीहरु र सभामा उपस्थित सम्पूर्ण सदस्य ज्यूहरु ले महिला समूह गठन गरेका छन । पुन मगर समाज यु के को दोश्रो बार्षिक सभामा उपस्थित हुनु भएका निर्वाचन मण्डल को समितिले उक्त पहिलो महिला समूह को कार्यसमिति चयन गरेको हो । यस क्रम मा संस्थापक अध्यक्ष बिल पुर्जा पुन मगर, बरिष्ठ सल्लाहकार रिटायर्ड क्याप्टेन डि.सि.एम.बिर बहादुर पाईजा पुन मगर ज्यूहरु ले नवनिर्वाचित महिला वर्ग कार्यसमिति का पदाधिकारी तथा सदस्यज्यू हरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

यसरी नै पुनमगर समाज यु के को महिला वर्ग मा अम्बु पुन मगर ज्यू अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको मा साथै महिला कार्यसमिति मा नवनिर्वाचित हुनु भएका सम्पूर्ण दिदि-बहिनीहरु लाई सफल कार्यकाल को लागि सम्पूर्ण सदस्य ज्यूहरु को तर्फ देखि हार्दिक बधाई सहित शुभकामना ब्यक्त गर्दछौ ।

सन ०१ जनवरी २०१४ साल मा पुन मगर हरु को पहल मा संस्था स्थापना गरे ता पनि विधान सहित को संस्था को सन शनिवार १७ जनवरी २०१५ साल मा पहिलो बार्षिक साधारण सभा बाट पुन मगर समाज यु के को नामाकरण गरी विविध सामाजिक काम गर्दै आएको छ । तर यस समय सम्म पुन मगर समाज को महिला समूह गठन नभएको थियो । सन ३० जनवरी २०१६ शनिवार को दिनमा यो दोश्रो बार्षिक साधारण सभा ले ११ सदसिय महिला समूह गठन गरेयो । बेलायतमा रहेको पुन मगर हरु को बार्षिक साधारण सभामा उपस्थिति हुनु भएको सम्पूर्ण सदस्य ज्यूहरु लाई उपाध्यक्ष रग प्रसाद पुर्जा पुन मगर ज्यू ले स्वागत शुभकामना मन्तब्य दिएका थिए । त्यसै गरी सहसचिव तुलचन्द्र तिलिजा पुन मगर ज्यू ले कार्यक्रम सन्चालन गरेका थिए । कोषाध्यक्ष ललित गर्बुजा ज्यू ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस क्रममा संस्था का सचिव तेज रामजाली पुन मगर ज्यू ले बार्षिक साधारण सभा को मूल कार्यतालिका सुचीहरु को प्रतिवेदन बारेमा छलफल गराएका थिए । अतिथि बरिष्ठ सल्लाहकार रिटायर्ड क्याप्टेन डि.सि.एम. बिर बहादुर पाईजा पुन मगर ज्यू ले भूमे पुजा को बारेमा जानकारी दिलाउनु भएको थियो । अन्तमा पुन मगर समाज यु के को दोश्रो बार्षिक साधारण सभा बिल पुर्जा पुन मगर ज्यू को अध्यक्षता मा सम्पन्न भएको उक्त सभामा संस्थापक अध्यक्ष बिल पुर्जा पुन मगर ज्यू ले सबैलाई धन्यवाद दिँदै कार्यक्रम लाई बिसर्जन गरेका थिए।

“जय कर्बाकेली बाबा”

“जय पुन मगर समाज यु के”

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page