top of page

भूमे पुजा समबन्धि

भूमे पूजा

भूमे पर्व र पुजा सम्बन्धि केहि जानकारी लेखहरु :-

लेखक:- अङ्ग गर्बुजा पुनमगर

भूमे पर्व

कालि गण्डकी देखि पश्चिम मा १८ राज्य हरु भएकोले १८ मगरातर कालिगण्डकी देखि पूर्व मा १२ राज्यहरु भएको ले १२ मगरात भन्ने जनाउँछ। भूमे पर्व १८ मगरात र १२ मगरात को खाम क्षेत्र मा मनाई ने सबै भन्दा ठुलो र प्रमुख पर्व हो। यो पर्व जेष्ठ महिना को मसान्त बाट शुरु भै असार महिना को सक्रान्ति मा गाउँका सबै गाउँले हरु मिलेर मनाईन्छ। भूमे पुजा लाई कसै-कसै ले बल पुजा भनेर पनि भन्ने गर्दछन। तर अधिकांश खाम क्षेत्र मा यस पुजा लाई भूमे पुजा नै भनेर भनिन्छ र चिनिन्छ।

भूमे पूजा भुमिको पुजा हो। (गाउँ बस्तीमा अझै पनि भूमे पूजा नभनेर भुई (जमिन) पूजा भन्दछन )लगाएको अन्नबाली राम्रो होस। अन्न को सह (सन्तुष्टि,छिटो नसकिने,कम्तीले पनि धेरै समय सम्म पुग्ने) होस भनेर भुमिका देवता लाई मान्ने पुजा लाई भूमे पुजा भन्दछन। र उहाँ लाई बोलाउने नाम भुमे हो। बराह्थान, शिद्धथान, भुमेथान, भैरमथान, माईथान, मन्डलिथान, यि सबै थान भन्ने शब्द जोडिएका शब्दको अर्थ अहिले मन्दीर भने जस्तै हुन। थान त्यो समयमा अहिले को मन्दिर जस्तो भब्य नभएर मात्र पातलो खाल को छपनी ( चेप्टो ढुँगा) २ ढुँगा ठाडो र १ छपनी को छाना भएको हुन्छ त्यसलाई नै थान भनिन्छ ।

भूमि अर्थात जमिन बाट अपभ्रमसित भएर आएको हो। खाम क्षेत्र का पुन मगर हरु कुनै देवी देउता को भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिक को बढी पुजा गर्दछन। जस्तै :- भूमि,बराहा,सिद्ध बराहा आदिको पुजा गर्नु यस का उदाहरण हरु हुन। यसै क्रम मा हरेक वर्ष को बर्षा ऋतु लाग्नु भन्दा पहिले खाम मगर हरुले बाढी,पहिरो,हुरी बतास,जस्तो दुख दिने प्राकृतिक प्रोकोप बाट बच्नलाई र राम्रो खेति-पाती को कामना गर्दै भूमिमाता को लागि असार सक्रान्ति मा यो पुजा गरि रमाईलो गर्ने गाउँले हरु को चलन छ। यसरि नै यो समय मा आ-आफ्नो गाउँ हरु मा सानो-तिनो मेला नै लाग्दछ। त्यस कारण यस भूमे पर्व लाई कसै-कसै ले भूमे मेला भनेर पनि भन्दछन। यो भूमे पर्व र पुजा भने को आ-आफ्नो गाउँ-ठाउँ अनुसार भूमे पुजा गर्ने आ-आफनै चलन छ। र आफ्नै गाउँ-ठाउँ अनुसार को बिशेषता र कथा पनि छ।

किम्बदन्ती अनुसार पहिले गाउँ बाट गाउँ को नजिकै को खोला मा पानि भर्नु जाने क्रम मा हरेक दिन बेलुकी पख पानि भर्नु जाने आईमाई वा महिला हरु दिन का दिन हराउन थाले पछि गाउँले हरु छक्क पर्दै त्यो पानि भर्नु जाने आईमाई वा महिला कहाँ हराउदो रहेछ। कि वा कुन जनतुले खाँदो रहेछ भनेर गाउँ देखि नजिक को खोला सम्म को पानि भर्नु जाने बाटो मा गाउँले हरु ले ठाउँ-ठाउँ मा मानिस हरु लाई चियो गर्नु राखेछन। त्यसरी चियो गरेर बस्ने क्रममा एक दिनको कुरा हो बेलुकी पख को समयमा एउटी आईमाई घर देखि पानि को गाग्रो लिएर खोला मा गएर पानि भरेर गाग्रो बोकेर घरतिर आउदै गर्दा त्यहाँ नजिकै को ठुलो ढुँगा को कोपबाट(कोप्चेरा) देखि एउटा अजङ्ग (भयंकर) को ठुलो सर्प जस्तो जन्तु निस्केर ति पानि भरेर आउदै गरेको आईमाई लाई च्याप्प समातेर क्वाप्प खाएको देखेछन। र त्यो देखे पछि ति चियो गरि बसेका ब्याक्ति ले गाउँ मा गएर आफ्नो गाउँ को सबै जनता हरु लाई उक्त घटना को बारेमा बताएछन।

त्यसपछि त्यो भयंकर को सर्प जस्तो जनवार (जन्तु) लाई कसरि तह लगाउने भनेर गाउँ ले हरु गाउँ मा जम्मा भएर सल्लाह गरेछन। गाउँ ले हरु को सल्लाह हुँदा गाउँ को एउटा निकै शुरो र बलियो ब्याक्ति कामि हुनु हुन्छ। त्यस कामीले त्यो अजङ्गको जन्तु वा जनावर लाई समाउन सक्नु हुन्छ होला भनेर गाउँले हरुले सल्लाहा गरेछन। त्यहि गाउँका जनताहरु को सल्लाह अनुसार त्यस कामि ले एउटा ठुलो र बलियो फलाम को सनासो बनाई त्यस जन्तु ले आईमाई लाई त्यस भयान्कर को सर्प जस्तो जनावर ले खाने बेला मा त्यस सर्पको घाँटीमा सनासो ले समातेर मार्ने भन्ने जुक्ति गाउँ का जनता हरुले निकालेछन। त्यस मुताबिक त्यहि बलियो कामि ले गाउँका अन्नय कामिहरु संग मिलेर सबैको सहयोग मा फलाम को एउटा ठुलो सनासो बनाएछन। त्यसरी सनासो बनाई सके पछि एक दिन को कुरा हो दिउँसो सबेरै त्यो ठुलो ढुँगा को पछाडी त्यस सनासो लिएर त्यो बलियो कामि लुकेर बसेछन। यस अनुसार अरु-अरु ब्याक्ति हरु पनि बाटो को दायाँ-बायाँ लुकेर बसेछन।

जव बेलुकी पख पानि भरेर घरमा फर्कदै गरेकी आईमाई लाई त्यो अजङ्ग को सर्प जस्तो जन्तु ले नजिकै ढुँगा को काप (कोप्चेरा) देखि निस्केर त्यस आईमाई लाई मुख ले च्याप्प समातेर खान थालेयो। त्यसै बेला ढुँगा को पछाडी लुकेर बसेको त्यो शुरो र बलियो कामी ले ढुँगा पछाडी देखि आएर त्यस (जन्तु) जनावर को घाँटी मा उक्त फलाम को सनासो ले च्याप्प समातेर त्यस जन्तु लाई छोडदै छोडेनछन। त्यस पछि अरु-अरु लुकेर चियो गरि बसेका गाउँ का अन्नय गाउँले साथि हरु पनि निस्केर त्यहाँ आउनु भै त्यस कामीलाई मद्दत गरेर सघाएछन। यसरि सबै मिलेर सनासो लाई त्यस जन्तुको घाँटी मा समातेर छोडदै छोडेनछन। त्यस पछि गाउँले हरुले जनावार लाई नछोडे पछि उक्त भयानक सर्प जस्तो जनावर को केहि लागेन छ। अनि गाउँका गाउँले हरु ले त्यस (जन्तु) जनावर लाई त को होस भनेछन। अनि हाम्रो गाउँ का पानि भर्नु आउने आईमाईहरु लाई यसरि खाने भनेर सोधेछन। र यसरि सोध्दा सर्प जस्तो जन्तु ले जवाफ दिएछ कि। म यस धर्ति वा जमिनको भूमि देउता हुँ भनेछ।

अव भूमि देउता हुँ भने पछि। त्यसलाई मार्नु सकने कुरो पनि आएन।

तर त्यसलाई छोडनु सकने कुरो पनि आएन। यसरि जन्तु लाई छोडन पनि नसके पछि। त्यसलाई गाउँ का सबै गाउँ ले हरु ले पालैपालो गरेर समातेर छोडेनछन। त्यसरी गाउँ ले हरु ले छोडदै नछोडे पछि। त्यस भूमिदेउता ले अन्तमा आएर गाउँ ले हरु संग हार खाएपछि। भूमिदेउता ले भनेछन कि। भयो अव मैले तिमीहरुले भनेको मान्नेछु। अहिले बरु मलाई छोडिदेउ भनेर भन्नु भयो। त्यस पछि गाउँले हरुले अव देखि गाउँ को आईमाई हरु कसैलाई पनि नखाने र गाउँ लाई कुनै पनि दु:ख नदिने भए पछि मात्र छोडनेछौ भनेर शर्तमा राखेछन। त्यस पछि भूमुदेउता आफु ले गाउँले हरु को शर्त लाई मान्ने छु। तर मेरो एउटा माग छ। तिमीहरु गाउँले मिलेर हरेक बर्ष को असार सक्रान्ति मा बुकी देखि चोखो पानि र बुकी को फुल लयाएर आफु लाई एउटा भेडा को बलि दिएर पुज्ने माग गरेछन। त्यसो भनि भूमिदेउता को उक्त मागलाई गाउँले हरु ले सहर्ष स्विकारेछन। र उक्त भूमिदेउता लाई अव उप्रान्त कुनै मानिस वा आईमाई हरु लाई नखाने र गाउँले हरु लाई कुनै दु:ख नदिने बाचा बन्धन गराई छाडी दिएछन।

त्यसै बेला देखि हरेक बर्षको असार सक्रान्ति मा भूमिदेउता को पुजा गरि एउटा भेडा को साँढे ले भोग दिने चलन छ। त्यसरी भूमिदेउता माथि को बिजय प्राप्त गरि उनले दिने गरेको दु:ख बाट गाउँले हरु मुक्ति पाएपछि। त्यस को उपलक्क्ष्य मा गाउँले हरुले यसरि पुजा गरेर नाँच-गान गरेर रमाईलो गर्दै खुशियाली मनाउने चलन बसेको हो भनिन्छ।

भुमे पुजा कसरी गरिन्थेयो

हाम्रो सामजिक नियम हरु त्यो उहिले को समयमा पनि ब्यबस्थीत थिए। गाउँ घर मा यसरि सामुहिक रुपमा मेला मनाएको हो भूमे पूजा। खास गरेर भुमे पुजा बाली-नाली मा किरा नलागोस, असिना पानी ले नबिगारोस । उत्पादन भएको अन्नको सह होस, अन्नले खान पुगोस भनेर भूमिलाई पूजा गरेको हो ।यस्का आफ्नै बिधिहरु थिए र अझै चलन मा छन । आ-आफ्नो गाउँ घर को चलन अनुसार पूजा गरिन्छ। तर मुख्य भने को (छाङ) छ्याङ्ग चढाउनु यो पुजा को युनिकता हो। नेपाली समाज बिभिधता मा एकता भएको समाज हुनाले अरुले अन्य तरिका ले गरे भने पनि त्यो अलग पूजा होईन। स्थान्तरणको फरक नियम मात्रै हो पूजा आखिर भूमि पूजा नै हो ।

बन बार्ने के हो

यो पूजा गाउँ-ठाउँ हेरेर कुनै-कुनै आ-आफ्नो गाउँ-ठाउ हरु मा बैसाख मा पर्दछ। कुनै गाउँ-ठाउँ मा जेष्ठ र असार महिना मा पर्दछ। र यो पनि मगँलबार नै पर्दछ। यो पुजा गर्ने साईत पर्ने दिन लाई जोख भनिन्छ। भूमे पुजा गरिने दिन भन्दा १ महिना पहिला बन बार्ने चलन छ। तर कुनै गाउँ घरमा त्यहि भूमे पुजाको दिनमा मात्र बन बार्ने गर्दछन। त्यो दिन कसैले पनि जँगल मा गएर दाउरा घाँस गर्न पाउदैनन। यो बन बार्नु को मुख्य अर्थ भुमे देउता आउदैनन भन्ने हो। यो दिन बिहानै घोक हाल्नु (कटुवाल कराउने- सबैले सुन्ने गरी सामुहिक/सार्बजानिक सन्देश ठुलो स्बर मा कराएर सुनाउने) काम उच्च ठाउँ मा गएर कटुवाल ले सूचना दिने गर्दछन।

घोक हाल्ने/ औरास्ने के हो

अग्लो डाँडा मा बसेर गाउँले हरु सबैले सुन्ने गरी सामुहिक सूचना खबर सुनाउने सन्देश लाई नै घोक हाल्ने भनिन्छ। यो सन्देश लाई सुनाउने काम गरे बापत कटुवालले गाउँ का जनताहरु देखि घर घर बाट अन्न पाउदथे। यसरी कराएर सन्देश सुनाउने कामलाई औरास्ने पनि भनिन्थ्यो। औरास भनेको कुनै समय को खबर,निम्तो, सन्देश भन्ने शब्द हो।

घोक मा के भनिन्थ्यो ओ.......यस बेलायत गाउँ का सम्पूर्ण नेपाली पुनमगर गाउँलेहरु आज हाम्रो गाउँ मा भुमे पुजा को लागी बन बार्ने दिन हो कसैले पनि फलाना पाखा देखी यता फलाना पाखा देखि उता छचाकछुचुक (दाउरा घाँस) नगर्ने। कसैले पनि खनी-खोरसी नगर्ने,खेतहरु नजोत्ने,घाँस दाउरा नकाटने,यो कसैले सुनेन भन्न पाउने छैन हो...................। यसरी घोक सुने पछि गाउँले हरु भुमे पुजा को लागी तैयारी को जाँड बनाउन थाल्दथे। यो जाँड लाई छाँङ भनिन्छ। घर-घर मा या अन्न उठाएर सामुहिक छाङ तैयार गरिन्छ भूमे पूजा को लागी भनेर। हाम्रो पुर्खाहरु त्यो बेला मा पनि सामुहिक भोज गर्दथे भन्ने प्रमाण भूमे पूजा देखि नै थाहाँ हुन्छ । भूमे पूजा को दिनमा कसैले पनि जमिन जोत्दैनन थिए त्यो बेला। घाँसपात पनि अधिल्लो दिन मा नै गरिएको हुन्थे।

के हुन्छ भूमे पुजा को दिनमा

भुमेथान मा ठुलो रुखहरु हुर्काईएको हुन्थियो। कसैले पनि त्यो रुख को घाँस काटने दाउरा काटने गर्दैनन। गाउँ भरिका महिला ले ठुलो चौर मा बसेर छाँङ छान्ने गर्दछन। घर-घर बाट चामल उठाईन्छ र सबै गाउँले र पाहुनाहरु लाई पुग्ने गरी भात पकाईन्छ। थाली- कचौरा (कटौरा), गिलास सबैले आफ्नै घर बाट आफ्नै लिएर आउने गर्दछन। बिहानै देखी सबैले घर-घर बाट दाउरा लगेर जान्छन र भात पकाउनु शुरु गर्दछन। भुमेलाई भेडा को सान (साँढे) बोका वा राँगो काटेर पुजा गर्दछन। र मासु पकाएर सबै गाउँलेहरुले छाङ र भात सँग भूमे देउता को पुजा को प्रसाद खाने गर्दछन। त्यो बेला पुजा गरिने बोका जँगल उपयोग गरे बापत बाख्रा गोठ राख्ने गाउँ बाहिरका गोठहरुले दिने गर्दथे। बिस्तारै जँगल को अभाव आहारा को कमि ले गोठ बस्ने चलन हराए पछि यो कुनै ठाउँ मा दामा-सामी रकम उठाएर र पनि भूमे पुजा गरिन्छ भने कुनै गाउँ ठाउँ हरु मा बनसमिति को झर्ना रुख बेचेको रकमले ले पनि भूमे पुजा गर्ने चलन अझै सम्म पनि छ।

पछिल्लो समय मा घर बाटै थाल-कटौरा लगेर भात-मासु फर्सीको वा कुबिन्डोको पातमा अथवा थाल मै खाए पनि उहिले को समय छदा भात पकाएर मान्ड्रो ( निगला ले बुने को फराकिलो चट्टी, गुन्द्री जस्तो) मा पात माथी राखिन्थ्यो। अनि भात लाई गाउँका त्यहाँ उपस्थीत मान्छे को सँख्या गनेर पुग्ने हिसाबले गोलो-गोलो डल्लो पारिन्छ। अनि पातमा भेडा को साँढ वा बोका को मासु र राँगा को मासु र भात को डल्लो सबैलाई भाग लगाईन्छ। पछि पछिल्लो समय मा गाउँ गाउँ का,टोल-टोलका मानिसहरु भूमे लाई जोर धजा को झण्डा, रातो र सेतो कपडा को धजा वा नेजा। यो आफ्नो आफ्नो गाउँको फरक-फरक नाम र तरिका फरक ढंग ले भूमे पुजा गरिन्छ। कसैले रातो मात्र धजा को नेजा ल्याउथे र गीत गाउदै आउथे। यहि बेला गाउने गीत हो

“भैछ साईलो भन्ने” गीत

वर्षको १ दिन मात्र गाउने गीत – भूमे पूजा गीत

“गाई भैसीलाई किन न दाम्लो, बाखरी लाई खोर साईलो”

हाम्रो परापुर्बकाल देखी को गीतलाई "गाई भैसीलाई किन न दाम्लो, बाखरी लाई खोर साईलो" यो गीत आजै को दिन मात्रै गाईन्थ्यो। एक किसिम को बिद्रोह थियो। यो गीत त्यो समाय मा। गाई भैसीहरु गोठमा नबाधिकन छाडिएका हुन्थे। भने बाख्रा लाई भने खोर भित्र थुनिएको हुन्थ्यो। सुरक्षा को हिसाब ले बाख्रालाई जँगली जनबार ले सजिलै आक्रमण गर्ने हुनाले खोर बनाएर राखिएको हुन्थे। त्यसैलाई महिलाहरुले प्रतिगात्मक रुपमा आफुलाई बन्धन मा राख्ने पुरुषहरुलाई गाई र भैसी (किन न दाम्लो) नबाधिएको फुकुबा को ठाउँ मा र बाख्रीलाई (आफुहरु) खोर (बन्धन भित्र) राखेको प्रतिकात्मक गीत हो। यो गीत को अर्थ बुझ्न साहरै जरुरि थियो। अहिल हुने मेला र महोत्सब मा देखिने झाँकी हरु को चलन हाम्रो मा सयौ बर्ष पहिले नै थियो। भूमे पूजा मा नेजा (झण्डा) लिएर आउने हरेक टोल र समुह बाट यस्तै यस्तै गीत हरु गाउँदै आउने गर्दछन। यी गीतहरु त्यो समय मा बनेका हुन जुन समयमा छोरी-बुहारीलाई गीत गाउँने नाँच्ने काम मा प्रतिबन्ध लाग्ने क्रममा थियो। हाम्रो पुर्खेउली गीत, खेली, सोरेठी मा पुरुष महिला बनेर नाँच्नु पनि यहि बन्देज को अबशेष हो। पुर्खेउली गीत, खेली, सोरेठी जस्ता गीत मा बढि भन्दा बढि भगवान को नाम मिसाईनु यो धार्मिक अतिक्रमण भएको भन्दा पनि महिलालाई पनि गीत सँगीत मा घर बाट गाउँन छुट दिलाउनु थियो। यसैलाई आधार बनाएर हाम्रो परापुर्बकाल देखी को गीत गाउने गरिन्थियो।

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page