सरस्वति पूजा भब्यतापूर्वक मनाईयो।
“एउटा भनाई छ”
शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए,संस्कृति हराउँछ, संस्कृति हराए, मानिस को चिनारी नै हराउँछ। यहि मर्म लाई आत्म साथ गर्दै गत ०४ फेवरोवरी २०१७ शनिवार को दिन फारन्बोरोव कमुनिटि सेन्टर मा पुन मगर सोरठी (पुर्ख्यौली) समुह र धौलागिरि नौमती बाजा समुह को संयुक्त आयोजना मा भव्य र उल्लासमय तरिका ले यो साल को सरस्वती पूजा को कार्यक्रम सम्पन्न भयो। आफ्नो संस्कृति को जर्गेना र रक्षा गर्नु सबै को कर्तव्य हो। संस्कृति रहयो भने हामी रहन्छौं, हैन भने हाम्रो अस्तित्व धराप मा पर्दछ। आफ्नो संस्कृति र परम्परा अनि पहिचान जगेर्ना गर्न कै लागि पुन मगर समाज यु के का सोरठी (पुर्ख्यौली) समूह र धौलागिरि नौमती बाजा समूह यु के ले सामुहिक रुप मा भव्यता पूर्वक विद्याकी देवी सरस्वती को पूजा गरेर श्रीपञ्चमी मनाए का छन।
ज्योतिष शास्त्र मा फागुन र माघ महिना लाई शिशिर ऋतु मानिए का ले यो ऋतु मा पर्ने श्रीपञ्चमी लाई वसन्त पञ्चमी पनि भनिन्छ। माघ शुक्ल पञ्चमी का दिन शुद्ध स्नान,नुहाई-धुहाई गरेर नया सफा लुगा लगाई सरस्वती को मन्दिर गएर विधि पूर्वक सरस्वती को पूजा आराधना गरिन्छ। यस दिन पूजा पश्चात भगवती प्रति विद्या को वरदान माग्न प्रार्थना गर्नु का साथै आ-आफ्ना कला को प्रदर्शनी एवंम अभ्यास गरिन्छ। संगीत का पारखीहरु यस दिन वसन्त राग को गान गर्ने गर्दछन। सरस्वती को पूजा गर्नु भने को विद्या को प्राप्ति गर्नु हो। सरस्वती केवल पुष्प, चन्दन, भेटि,धजा,अक्षता ले पुजा गरेर मात्र खुशी हुन्नन। जस ले विद्या को साधना गर्छ उसै का मुख मा सरस्वती को वास हुन्छ।
श्रीपञ्चमी र विद्याकी देवी सरस्वती को महिमा अपार छ। ज्ञान को दिव्यज्योति प्रज्ज्वलित गराई संसार को सागर बाट पार लगाउने आद्य शक्ति सरस्वती माता उनै हुँन। सबै कला संस्कृति, ज्ञान की खानी सरस्वती लाई विद्या की देवी भनिन्छ। संसार ज्ञान कै आँगन मा अडिए को हुना ले ज्ञान अर्थात विद्या प्राप्ति का लागि सबै ले यस दिन सरस्वती को विशेष पूजा आराधना गर्ने गर्दछन। यो दिन बालबालिका हरुलाई (विद्या) शिक्षा आरम्भ गराउने,नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ। यस सम्बन्धित कार्य को आरम्भ गर्न उत्तम हुने ज्योतिष शास्त्र मा पनि वर्णन भए को पाईन्छ। यस दिन विवाह, व्रतबन्ध लगायत का धार्मिक कार्य गर्दा गराउँदा साईत पर्खन नपर्ने प्रचलन पनि छ।
बेलायत को अती ब्यस्त जिवन को कारण ले पनी ठयाँ क्कै श्री पञ्चमी कै दिन मा सरस्वती पूजा सम्पन्न गर्न अस्मर्थ भए को हुँना ले पनी त्यस पछी को सप्ताहन्त शनिबार को दिन मा कार्यक्रम को आयोजना गरिए को थियो। यसरी दुई सँस्थाहरु मिलेर संयुक्त तथा सामुहिक रुपमा सरस्वती पूजा गर्नु को मुख्य उद्देशय भने को हाम्रो सोरठी (पुर्ख्यौली) नृत्य मा सरस्वती को १६ टुक्का (हाँगा) गीत र मादलको २२ ताल बजाईन्छ। भने नौमती बाजा को नगरा हान्दा पनी सरस्वती जगाउने ताल मा बजाईन्छ। जुन बेला जो मान्छे को शरिर मा सरस्वती देबी जाग्दछ। त्यो ब्याक्ति को शरिर मा कम्पन आँउछ अथवा उहाँहरु कामने गर्दछन। साथै यो दिन सरस्वती देबी को विभिन्न रुप धारण मध्य विशेष गरेर "जगत माता" को रुप मा पूजा गर्ने चलन पनि छ।यस सरस्वति पूजा को सम्पूर्ण धार्मिक बन्दो बस्त सामाग्रीहरु रङ्गिन फुलहरु,रातो-सेतो टिका,रातो-सेतो धजा,अक्षेता,कलस मा पन्चामृत, खिर फलफूल का फलारहरु जस्तो सामानहरु जुटाई भक्तजनहरु लाई सुविदा दिलाउनु हुँने हाम्रो पुर्ख्यौली समुह का संरक्षक तथा धौलागिरी नौमती बाजा का अध्यक्ष श्री बिल पुर्जा ज्यू तथा उनकी धर्मपत्नि मिन कुमारी पुर्जा ज्यु लाई पनी धेरै धेरै धन्यबाद दिन चाहान्छौँ। यसै गरेर सरस्वति पूजा को जल पान को बन्दो बस्त गर्नु हुने नौमती बाजा का सँस्थापक संयोजक श्री ईन्द्रमान खोरजा ज्यु तथा उनकी धर्मपत्नि लगायत सहयोगी सम्पूर्ण साथीहरु लाई र साथै असाध्दय मिठो र स्वादिलो खाना खुलाउनु हुने गुर्खाकिचन का प्रोपोराटर ज्यु लगायत गुर्खा क्याट्रीङ्ग का सम्पूर्ण साथीहरु मा पनी हामीहरु को तर्फ देखि बिषेश धन्यबाद दिन चाहन्छौँ।यसै कारण ले गर्दा पनी (सोरठी) पुर्ख्यौली समुह र नौमती बाजा समुह मिलेर बर्षेनी यो सरस्वती पूजा गरने गरिन्छ। तर बिगत का दिनहरु मा त्यती सक्रिय रुप मा आयोजना गर्न सकिए को थिएन त्यसै ले गर्दा यो साल पहिलो पटक संयुक्त रुप मा सरस्वति पूजा गरेका थियौ र यो कार्यक्रम एक्दम सफल रहयो।
यस सरस्वति पुजा को कार्यक्रम धौलागिरि नौमती बाजा समूह का सचिव अमृत गर्बुजा ज्यु ले सन्चालन गर्नु भए का थिए। उपाध्यक्ष बल पुर्जा ज्यु ले स्वागत मन्तब्य प्रकट गर्दै कार्यक्रम मा उपस्थित हुनु भै कार्यक्रम सफल पारि दिनु भए को मा सम्पूर्ण उपस्थित श्रदालु भक्तजनहरु लाई मुरीमुरी को धन्यबाद दिनु भए को थियो। यसरि नै बिल पुर्जा ज्यु को अध्यक्षता मा सम्पन्न भए को कार्यक्रम को प्रमुख अतिथी माननीय म्याग्दी जिल्ला का पूर्ब सांसद श्री नर बहादुर पुन मगर ज्यु ,बिशेष अतिथि मान बहादुर खोरजा ज्यु, र पुन मगर समाज यु के का बर्तमान अध्यक्ष तेज राम्जाली पुन मगर ज्यु ले संयुक्त रुप मा दिप प्रज्ज्वलन गरी धौलागिरि नौमती बाजा ले नगरा हान्दै कार्यक्रम को उदघाटन गरेका थिए। पुन मगर समाज यु के सोरठी (पुर्ख्यौली) समुह का संरक्षक तथा धौलागिरी नौमती बाजा समुह का अध्यक्ष श्री बिल पुर्जा ज्युले सरस्वति पुजा किन गरिन्छ भन्दै उपस्थित सदस्यज्यूहरु लाई जानकारी गराउनु भएको थियो।
सरस्वती पूजा को सुरुवात सोरठी पुर्ख्यौली समुह का संरक्षक श्री बिल पुर्जा ज्यू को अगुवाई र जेष्ठ मादले श्री मन्बिर पाईजा ज्यू को मादल को ताल मा पुर्ख्यौली नृत्य बाट सुरु गरिए को थियो। त्यस पछी को सांस्कृतिक कार्यक्रम को सुरुवात धौलागिरि नौमती बाजा समूह को बाजा ताल बाट गरिए को थियो। जस मा हाम्रा साथीहरु ले "लौरी तिते को, थाहा छैन कसै लाई जुनी बिते को" भन्ने जस्ता ति नै लोक प्रिय पुरानो लोक भाकाहरु गाँउदै उठ्ठेयो बस्यो ताल मा नाँचे का थिए। यसरि नै अरु समुदायहरु को पनि बाकलो उपस्थिति थियो। यस ले सरस्वति पुजा क्रमशः साझा पर्व बन्न थाले को आभास दिए को थियो।पुन मगर जाति को परम्परागत भेष-भूषा मात्रै नभए र लोक संस्कृति का विविध लाई पनि यसरि नै संग - सगै लैजाने जमर्को गरे का छौ। हरेक वर्ष माघ को शुल्क पन्चमी को दिन मा यो पूजा गर्ने गरिए को छ। सबै पुन मगरहरु एकै ठाउँ भेला भएर सामूहिक रुप मा यो सरस्वति पूजा मनाए का हुन। कार्यक्रम को अन्त मा धौलागिरि नौमती बाजा समूह यु के का अध्यक्ष श्री बिल पुर्जा पुन मगर ज्यु ले उपस्थित सम्पूर्ण सदस्य ज्युहरु लाई मुरी-मुरी को धन्यबाद दिदै फेरी आर्को साल यसरि नै भेटौला भन्दै कार्यक्रम समापन गरे का थिए।
“जय सोरठी (पुर्ख्यौली) समूह यु के” ,
“जय धौलागिरि नौमती बाजा समूह यु के” ,
“जय पुन मगर समाज यु के”
लेखक:- अङ्ग गर्बुजा