top of page

पुन मगर समाज यु के ले बार्षिक भेटघाट साथै भूमे पूजा मनाए।​

संचार सचिव:- अङ्ग गर्बुजा पुन मगर

फेल्थाम लण्डन। भूमे पुजा को लागि कार्यक्रम हुने स्थान मा एक दिन पहिला देखि नै तयारी गर्नु शुरु गरिएको थियो। टेन्ट टाङ्गनु को लागि सुक्रवार ३० जुन २०१७ मा बेलुकी १६:३० बजे शुरु गरिए को मा बेलुकी साँझ को २१;०० बजे सम्म काम गर्नु हुने ब्याक्तिहरु लिल अर्मजा,तेज राम्जाली,अङ्ग गर्बुजा,रन पाईजा, होम गर्बुजा,कृष्ण तिलिजा,लिल गर्बुजा,तिर्थ गर्बुजा र खुशिमान गर्बुजाहरु ले एक आपस्त मा मिलेर टेन्ट लगाएका थिए। पुन मगरहरु ले गत बर्ष देखि मनाउँदै आएको भूमे पूजा पर्व बेलायत मा पनि मनाएका छन। पुन मगर समाज यु के ले शनिवार ०१ जुलाई २०१७ को दिन लण्डन स्थित फेल्थाम कमुनिटि कलेज को प्रागनमा आयोजना गरेको कार्यक्रम दुई भाग मा बिभाजन गरीए को थियो। पहिलो चरण मा भूमे पुजा गरियो भने दोश्रो चरण मा बार्षिक भेटघाट कार्यक्रम भए को थियो। भूमे पुजा को लागि लिङ्गो को बन्दोबस्त रन पाईजा, तेज राम्जाली,र बल पुर्जा ज्युले बन्दोबस्तो गर्नु भए को थियो। भूमेपुजा को लागि फुल को बन्दो बस्त बिमला गर्बुजा ले गरेका थिईन। लोङ्गो को धजा र दर्शक हरु ले थान मा चराउने धजा बल पुर्जा,मेष्मान पुर्जा,बिल पुर्जा,र अङ्ग गर्बुजा ज्युहरु को परिवारहरु ले बन्दोबस्त गरेका थिए। कार्यक्रम मा विधिपूर्वक भूमि को पूजाआजा गरी "भैछ साईलो" गित गाउदै र उपस्थित सम्पूर्ण दर्शालु भक्तजनहरु नाच नाच्दै रमाईलो गर्दै भूमे पूजा गरिएको थियो।

कार्यक्रम मा पुर्ख्यौली सोरेठि समूह उपाध्यक्ष बल पुर्जा र साथीहरु लगायत धौलागिरि नौमती बाजा समूह यु के को अध्यक्ष बिल पुर्जा ज्यु, कोअरडीनेटर रन पाईजा ज्यु र साथीहरु को बाजा ताल मा नाच्दै भैछ साईलो गित गाउदै भेला भएको ठाउँ देखि मुल भूमे पुजा गर्ने भूमे थान तिर प्रस्थान गरेका थिए। त्यस पछि भूमे थान भए को ठाउँ मा पुगे र धौलागिरि नौमती बाजा ले नंग्रा हान्दै भूमे देउता लाई सरण पर्दै पुजारीहरु अम पुन मगर,लिल गर्बुजा,कन्य केटा पुजारी खुशिमान गर्बुजा ज्यु साथै खर्क पुर्जा पुन मगर ज्युहरु ले थान मा धजा,अक्षेता,रोटि,नोम्बेक,फलफूल,दुध,र चोखो पानीहरु चढाएर पुजा गरे र भेडा काटी भूमि पूजा गरेका थिए। पहिलो चरण को भूमे पुजा समाप्त भएको थियो।

त्यस पछि दोस्रो चरण को कार्यक्रम मा समाजका उपसचिव गङ्ग खोरजा ज्यु ले हेल्थ एन्ड सेफ्टी को बारे मा जानकारी गराए लगत्तै सचिव तुलचन्द्र तिलिजा ज्यु ले कायक्र संचालन मा अध्यक्षता ग्रहण,आशन ग्रहण, गरेका थिए। अध्यक्ष तेज राम्जाली ज्यु ले समाजसेवी नेपाल मगर संघ का संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर को तस्बिर मा खादा ओढाई दिएका थिए। यसै गरि उपस्थित प्रमुख अतिथि नेम थापा मगर,महिला बरिष्ठ अतिथि शान्ति थापा कुँवर,बरिष्ठ सल्लाहकार रिटाएर्ड क्याप्टेन डिसिएम बिर बहादुर पाईजा पुन मगर, बरिष्ठ अतिथि दधि आचार्य, गायक गगन पुर्जा मगर, मेजन पुन मगर ले संयुक्तरुप मा दीप प्रज्वलन गरी समाज को सम्पुर्ण सदस्यज्युहरु को सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र दीर्घायुको कामना गर्दै राष्ट्रिय गीत र स्वागत गीत गाएर कार्यक्रम शुभारम्भ गरिएको थियो। यसै क्रम मा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रम मा समाज का उपाध्यक्ष बल पुर्जा ज्यु ले उपस्थित सबै लाई धन्यवाद दिँदै स्वागत मन्तव्य दिए का थिए।

आयोजित औपचारिक कार्यक्रम मा उपस्थित प्रमुख अतिथि मगर संघ यु के का अध्यक्ष नेम थापामगर र उहाँ को श्रीमती, नेपाल जनजाति महासंघ यु के का अध्यक्ष तुल प्रसाद छन्त्याल ज्यु र उहाँ का श्रीमती,पूर्व अध्यक्ष दुत पुनमगर,मगर महिला संघ यु के का अध्यक्ष छविमाया पुनमगर, तमुधिं यु के का अध्यक्ष ग्याम गुरुङ्ग ज्यु र श्रीमती, नेपाल मगर संघ को युरेप र अमेरिका संयोजक, एनआर एन ए यु के का महिला उपाध्यक्ष तथा मगर संघ यु के को सल्लाहाकार शान्ति थापा कुँवर, प्रवत वेल्फर सोसाईटी यु के का अध्यक्ष दधि आचार्य, नेपाल पत्रकार महासंघ यु के का अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल देखि आउनु भएका कलाकारहरु गगन पुर्जा मगर,जमुना राना मगर, रेयाँ फिलिम का प्रोडुसर डाईरेक्टर तथा नेपाल चलचित्र मगर संघ का उपाध्यक्ष मेजन पुन मगर लगायत ले भूमे पूजा को शुभकामना दिएका थिए। पुन मगर समाज यु के का अध्यक्ष तेज राम्जाली पुनमगर ज्यु को अध्यक्षता र सचिव तुल चन्द्र तिलिजा पुनमगर को संचालन मा भएको सो कार्यक्रममा संयोजक अंग गर्बुजा ज्यु ले भूमे पूजाको महत्व दर्शाए का थिए। बर्षा याम शुरु भएपछी बाढी, पहिरो,आँधीबेहरी जस्ता प्रकोप बाट असर नपरोस, लगाए को बालीनाली नष्ट नहोस र जमिन मा आए का किराक्रिंङ्गि (किटपतङ्ग) हरु मारिए मा पाप नलागोस भनी भूमे पर्व मनाउने गरिन्छ। यसै प्रकार ले राप्ती, भेरी र धवलागिरी क्षेत्र का मगरहरु ले जेष्ठ मसान्त देखि असार महिना को संक्रान्ति का दिन पहिलो हप्ता सम्म सो पर्व मनाउने गरिन्छ।

समाज का कोषाध्यक्ष ललित गर्बुजा ज्यु र उहाँ को श्रीमती लगायत साथै साथीहरु हरु ले प्रवेश दुवार मा उपस्थित सदस्यज्युहरु लाई टिकट बितरण गर्दै नयाँ सदस्य ज्युहरु लाई सदस्यता दर्ता रजिष्ट्रेसन फोरम वितरण गर्नु भएको थियो। सहकोषाध्यक्ष लिल अर्मजा ज्यु र चित्र प्रकास गर्बुजा ज्यु लगायत साथीहरु ले पेयपदार्थ मा मद्दत गरेका थिए। भूमे पुजा को मिठो (छयाँग) जाँड श्रीमती माँयादेबि गर्बुजा ले एक महिना अगाडि नै राखे का थिईन। र पुजा को दिन मा सम्पुर्ण उपस्थित दर्शकवर्ग ज्युहरु र पाहुनावर्गज्युहरु लाई गलास मा लगाएर माँयादेबी गर्बुजा,र गंगा पुन मगर ले बितरण गरेका थिईन। सबै दर्शक हरु ले मिठो मन्दै जाँड (छयाँग) पिउनु भए को थियो। राफल्ड्रोव मा महिला उपाध्यक्ष अम्बु गर्बुजा मगर र सहसचिव गङ्ग खोर्जा ज्यु ले संचालन गर्नु भएको थियो। क्रमश बिज्यता सदस्य ज्यु हरु लाई पुरुश्कार बितरवन गर्नु भए को थियो।

श्रीप्रसाद चिचाङ्गी ज्यु र तुलचन्द्र तिलिजा ज्यु ले जमुना राना मगर संग मिठो स्वर मा दोहोरी गाएर उपस्थित दर्शकवर्ग हरु लाई छमछमि नचाएका थिए। भेनगाडी को बन्दोबस्त चित्र प्रकाश गर्बुजा,चन्द्रराम खोर्जा, उपाध्यक्ष बल पुर्जा,र अध्यक्ष तेज राजाली ज्यु ले गरेका थिए।श्री मति बिमला गर्बुजा ज्यु ले नेपाल देखि आउनु भएका कलाकार साथीहरु र धौलागिरि नौमती बाजा समूह यु के लाई दर्शक हरु सामु गै सहयोग रकम संकलन गरेर समाज लाई धेरै मद्दत पुराए का थिईन। सचिव तुलचन्द्र तिलिजा ज्यु ले स्पोन्सर स्वरुप आर्थिक पाउण्ड गर्नु हुने सम्पूर्ण सदस्य ज्युहरु लाई सहयोग गर्नु भएको मा सचिव तुलचन्द्र ज्यु ले नामावली सुनाउदै समाज को तर्फ देखि सबै लाई धन्यबाद दिनु भए को थियो। यस कार्यक्रम मा सांकृतिक सचिव खिम पुन मगर र सांकृतिक सचिव उपसचिव सुश्री मनु गर्बुजा ले औपचारिक कार्यक्रमपश्चात उपस्थिति सबै को लागि संस्था को कलाकारहरु ले एकल नृत्य मा गिता पाईजा,सांस्कृतिक सहसचिव मनु गर्बुजा लगायत श्रीमती बिमला गर्बुजा श्रीमती पार्वती पुन मगर हरु ले नृत्य देखाउनु भए को थियो।

गायक गगन पुर्जा मगर ज्यु ले लोक,पोप,सालैजो,यानीमाया गित गाएका थिए। जमुना राना ले मार्मिक बाजाताल का गित,सालैजो लोक गित साथै दोहोरि गित गाएर उपस्थित दर्शकहरु लाई भरपुर मनोरन्जन दिलाएका थिए। यस कार्यक्रम मा मनोरञ्जानार्थ आकर्षक सांगीतिक नाचगान प्रदर्शन गरेका थिए। भिडियो,फोटोग्राफर मा सुन पुर्जा ज्यु र होम गर्बुजा ज्युहरु ले गरेका थिए। साउण्ड सिस्टम मा लामाज्यु ले गर्नु भए का थिए। खाना को बन्दोबस्त खडग पुर्जा मगर ज्यु ले गर्नु भए को थियो। उक्त सांगीतिक कार्यक्रम लाई गगन पुर्जा मगर ज्यु र जमुना राना मगर ज्यु ले प्रस्तुत गरेपश्चात सम्पूर्ण सहभागी कलाकारहरु लाई अध्यक्ष तेज राम्जाली ज्यु को बाहुली बाट प्रशंसा प्रदान गरिएको थियो। अध्यक्ष तेज राम्जाली ज्यु ले अर्को वर्ष पनि यसरी नै भेटघाट गरेर रमाइलो गर्ने बाचाको साथ कार्यक्रम अन्त गरिएको थियो। संस्था को सचिव तुल चन्द्र तिलिजा ज्यु ले सञ्चालन गर्नु भए को कार्यक्रम साँझ २०:३० बजे समापन भएको थियो।

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page