पुन मगर समाज यु.के ले भूमे पुजा साथै बार्षिक भेटघाट मनाए
- uday garbuja
- May 24, 2018
- 7 min read
पुन मगर समाज यु.के ले भूमे पुजा साथै बार्षिक भेटघाट मनाए
अङ्ग गर्बुजा

लण्डन। हाम्रो सस्कार हाम्रो पहिचान हाम्रो गौरब !! आफ्नो मौलिकता को परिवेश मा उभिएर जातियता को आफनै मौलिक भेष-भुषा मा सजिएर आफ्नो सस्कार,सस्कृति र पहिचान लाई जोगाई राख्नु जमर्को गर्दै पुन मगर समाज यु.के ले पाचौं भूमे पुजा साथै बार्षिक भेटघाट २०१८ भब्यता को साथ मनाए का छन। कार्यक्रम हुने स्थान मा एक दिन अगाडि शनिवार १९ मे को दिन देखि नै टेन्ट लगाएर बन्दोबस्त गरिए को थियो। यसरी टेन्ट टाङ्गनु को लागि कार्यसमिति का सदस्य रन पाईजा,सदस्य खुम पुर्जा,सचिव तुलचन्द्र तिलिजा,एभरेस्ट आर्चरी कलब का साथिहरु लगायत अध्यक्ष तेज राम्जाली ज्यु को अगुवाई मा एक आपस्त मा मिलेर टेन्ट लगाए का थिए। पुन मगर समाज यु के का सदस्यहरु ले ५ बर्ष देखि मनाउँदै आई रहेको भूमे पुजा पर्व लाई यसरि नै बर्षनी बेलायत मा परापुवकाल देखि चलि आएको चलन अनुसार विधिपूर्वक पुजा गर्ने गर्दछन। यो कार्यक्रम आईतवार २० मे २०१८ को दिन बेलायत स्थित फारन्वोरो,कोडि,आर्चरी, कलव,आर्मस्टोरोङ्ग, जि.यु.१४ 0.एल.पि को प्रागन मा आयोजना गरिए को थियो।
यस कार्यक्रम लाई दुई भाग मा बिभाजन गरीए को थियो। पहिलो चरण मा भूमे पुजा गरियो भने दोश्रो चरण मा बार्षिक भेटघाट कार्यक्रम भयो। भूमे पुजा को लागि लिङ्गो को बन्दोबस्त रन पाईजा र खुम पुर्जा ले गर्नु भए को थियो। त्यस लिङ्गो मा झुण्डयाउँने ठुलो चेतुवा रातो सेतो धजा र दर्शक हरु ले थान मा पुजा गर्दा चराउने रातो सेतो जोर धजाहरु,अक्षेता,फुल,धुप-बत्तिहरु सबै सामानहरु को बन्दोबस्त निवर्तमान अध्यक्ष बिल पुर्जा,र अङ्ग गर्बुजा को परिवारहरु ले बन्दोबस्त गरेका थिए।

यसरि अक्षेता,रोटि,नोम्बेक,फलफुल,दुध,र चोखो पानीहरु लिल गर्बुजा ले बनाए का थिए। साथै भूमे देउता लाई चराउने (जाँड) छयाँङ्ग क्षेयामा देबी गर्बुजा ले बनाए कि थिईन। कार्यक्रम को पहिलो चरण को पुजा शुरु गर्दा पुर्ख्यौली सोरेठि समूह अध्यक्ष बल पुर्जा र (सोरेठि) पुर्ख्यौली कलाकार साथिहरु ले भैच साईलो गित गाउदै धौलागिरि नौमती बाजा समूह यु.के का अध्यक्ष बिल पुर्जा,सचिव अमृत गर्बुजा साथै कोअरडीनेटर रन पाईजा र साथीहरु को बाजाताल मा नगरा हान्दै गर्दा ति ३ जना पुजारीहरु लिल गर्बुजा,गम गर्बुजा,कन्या केटा एल्भिस राम्जालि, क्षेयामा देबी गर्बुजा,महिला उपाध्यक्ष अम्बु गर्बुजा,अध्यक्ष तेज राम्जाली ज्युहरु ले भूमे पुजा को लिङ्गो मा धजा अक्षेता फलफुल चराउदै धुपबत्ति बाल्दै पुजा को शुरुवात गर्नु भए को थियो।
यसरि नै त्यहि स्थान मा उपस्थित सम्पूर्ण प्रमुख अतिथि,बिशेषअतिथिहरु,अतिथिहरु,कलाकार साथीहरु, पत्रकार साथिहरु लगायत दर्शालु भक्तजनहरु ले धजा,अक्षेता,फलफुल चराउदै धुपबत्ति बाल्दै पुजा गर्नु शुरु गरेका थिए। सो कार्यक्रम मा सन्चार सचिव अंग गर्बुजा ज्यु ले भूमे पूजा को महत्व बारे मा किन यो भूमे पुजा गरिन्छ र कसरि गर्दछौ भनेर उपस्थित दर्शकहरु लाई जानकारी गराउनु भए को थियो। यसरी बर्षा याम शुरु भए पछी बाढी,पहिरो,आँधीबेहरी जस्ता प्रकोप बाट असर नपरोस, लगाए को बालीनाली नष्ट नहोस र जमिन मा आए का किराक्रिंङ्गिहरु मारिए मा पाप नलागोस भनी भूमे पर्व मनाउने गरिन्छ। यसै प्रकार ले राप्ती,भेरी र धवलागिरी क्षेत्र का मगरहरु ले जेष्ठ मसान्त देखि असार महिना को संक्रान्ति का दिन पहिलो हप्ता सम्म सो पर्व मनाउने गरिन्छ। यसरी सम्पुर्ण उपस्थित दर्शालु भक्तजनहरु ले पुजा गरि सके पछि त्यस ठाउँ देखि सबै उपस्थित दर्शकबृन्दहरु ले पुर्ख्याउली सोरेठी साथिहरु कलाकारहरु संग भैच साईलो गित गाउदै बाजा ताल मा नाच्दै लाईन लागेर त्यो ठुलो लिङ्गो मा झुण्डयाए को धजा बोकेर भूमे पुजा को लागि बनाए को ठुलो मुल थान भए को ठाउँ तिर प्रस्थान गरे का थिए। त्यस पछि भूमे थान भए को ठाउँ मा पुगे लगतै धौलागिरि नौमती बाजा ले नगरा हान्दै भूमे देउता लाई शरण पर्दै सम्पुर्ण दर्शालु भक्तजन हरु ले भूमेथान लाई दायाँ तिर पार्दै ३ पटक सम्म भूमि थान को वरिपरि सबै घुमे का थिए। यसरि पुजारीहरु लिल गर्बुजा,गम गर्बुजा कन्य केटा एलभिस राम्जालि हरु ले भूमेथान मा धजा,अक्षेता,रोटि,नोम्बेक,फलफुल,दुध,र चोखो पानीहरु चढाएर (जाँड) छयाँङ्ग चराउदै धुपबत्ती जलाउदै पुजा गरे र भेडा को साँढ काटी भूमिपुजा गरे का थिए। यसरी नै पहिलो चरण को भूमे पुजा समाप्त भए को थियो।
त्यस पछि दोस्रो चरण को कार्यक्रम मा समाज का सचिव तुलचन्द्र तिलिजा ले हेल्थ एन्ड सेफ्टी को बारे मा जानकारी गराए लगत्तै सचिव ज्यु ले कायक्रम सञ्चालन मा अध्यक्षता ग्रहण,आशन ग्रहण,गराएका थिए। अध्यक्ष तेज राम्जाली को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम सचिव तुल चन्द्र तिलिजा ले सञ्चालन गरेका थिए। सास्कृतिक कार्यक्रम सास्कृतिक सचिव खिम पुनमगर ले सञ्चालन गरेका थिए। अध्यक्ष तेज राम्जाली ज्यु ले समाजसेवी नेपाल मगर संघ का संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर पुर्जा पुन मगर को तस्बिर मा खादा ओढाई फुल को गुच्छा दिए का थिए। यसरि नै अध्यक्ष तेज र महिला उपाध्यक्ष अम्बु गर्बुजा ले सम्पुर्ण उपस्थित प्रमुखअतिथि योग कुमार फगामी र श्रीमती शर्मिला फगामि, बिशेषअतिथि नेम थापा,दधिराम आचार्य, श्रीमान र श्रीमती हिकमतसिङ रोका, अतिथिहरु शान्ति थापा कुवँर,छबिमायाँ पुनमगर,श्रीमान र श्रीमती अनिता राना,दुत गर्बुजा,दल जुग्जाली, लिला गर्बुजा, बेला बुराथिको,लाल पुन,धन बुढा,दल बहादुर बुढा,बोम सुर्यवांसी थापा,पदम बुढा,अर्जुन तिलिजा,हरि बुढा,कुमार फगामी, भिम पुनमगर लगायत सम्पुर्ण पाहुनावर्गहरु लाई रातो सेतो धजा मा पुन मगर समाज यु.के को लोगो भए को खादा लगाएर स्वागत गर्दै सम्मान गर्नु भयो। यसै गरि उपस्थित प्रमुख अतिथि एन.आर.एन.ए यु.के का अध्यक्ष योग कुमार फगामी ज्यु लाई सेतो (धोरो) पगरी गुताउदै स्वागत गर्नु भयो।

प्रमुख अतिथी योग कुमार फगामी,मगर संघ यु.के का बर्तमान अध्यक्ष नेम थापा मगर, बिशेष अतिथि पर्वत वेल्फर सोसाईटी यु.के का अध्यक्ष दधिराम आचार्य, १८ मगरात खाम भाषी यु.के का अध्यक्ष हिकमतसिङ रोका मगर, महिला अतिथि आई सी सी मेम्बर एन.आर.एन.ए यु.के नेपाल मगर संध को केन्द्रिय सदस्य र युरोप/अमेरीका को कोडीनेटर मगर सधं यु.के को सल्लाहकार शान्ती थापा कुवँर, महिला मगर संघ यु.के का अध्यक्ष छबिमाँया पुन मगर, मगर संघ यु के का महिला उपाध्यक्ष अनिता राना मगर, मोना यु.के का उपाध्यक्ष दल जुगजाली, लोक तथा दोहोरी गायिका कल्पना गुरुङ पुनमगर ले संयुक्तरुप मा पानस मा दिप प्रज्वलन गरी समाज को सम्पुर्ण सदस्यज्युहरु को सुस्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगति को कामना गर्दै राष्ट्रिय गित गाएर दोस्रो चरण को कार्यक्रम शुभआरम्भ गरिए को थियो। यसै क्रम मा समाज का केहि सदस्यहरु गुमाए को मा उहाँहरु को सम्झना मा एक मिनेट मौनधारण गरिए को थियो। समाज का उपाध्यक्ष बल पुर्जा ज्यु ले उपस्थित सबै लाई यहाँ हरु ले हाम्रो निमंत्रणा लाई स्विकार गरेर आफ्नो अमुल्य समय लाई नष्ट गर्दै यो भूमेपुजा मा उपस्थित भै कार्यक्रम को शोभा बढाई दिनु भए को मा सम्पुर्ण लाई हृदय देखि नै मेरो ब्यक्तिगत तर्फ र पुनमगर समाज यु.के को सम्पुर्ण सदस्यहरु को तर्फ देखि मुरी-मुरी को धन्यवाद दिँदै स्वागत मन्तब्य दिए का थिए।
औपचारिक कार्यक्रम मा उपस्थित प्रमुख अतिथी योग कुमार फगामी, बिशेष अतिथि मगर संघ यु.के का बर्तमान अध्यक्ष नेम थापा मगर, बिशेष अतिथि पर्वत वेल्फर सोसाईटी यु.के का अध्यक्ष दधिराम आचार्य, बिशेष अतिथि १८ मगरात खाम भाषी यु.के का अध्यक्ष हिकमतसिङ्ग रोका मगर, अतिथि नेपाल देखि आउनु भएका कलाकारहरु वरिष्ठ गायक बिमलराज क्षेत्री,गायिका ईन्द्र गुरुङ, गायिका कल्पना गुरुङ पुनमगर लगायत ले भूमे पूजा को शुभकामना दिए का थिए। कार्यक्रम मा अध्यक्ष तेज राम्जाली ज्यु ले सम्पूर्ण सहभागी अतिथिवर्गहरु लगायत उपस्थित सबै सदस्यज्युहरु लाई धन्यबाद मन्तब्य दिनु भए को थियो।
समाज का कोषाध्यक्ष ललित गर्बुजा,धन कुमारी गर्बुजा,बालिका तिलिजा,रग प्रसाद पुर्जा, लगायत का साथीहरु हरु ले प्रवेश दुवार मा उपस्थित सदस्यज्युहरु लाई टिकट बितरण गर्नु भए को थियो। सहकोषाध्यक्ष लिल अर्मजा,तिर्थ गर्बुजा, लक्ष्मी गर्बुजा, पूनम खोर्जा मगर, उदिमाँया पुर्जा लगायत का साथीहरु ले पेयपदार्थ मा मद्दत गरेका थिए। पुजा गर्ने धजा,अक्षेता,फलफुल धुपबत्ती बितरण देबी गर्बुजा,कृष्णमाँया पाईजा,उदिमाँया पुर्जा,खनमाँया पुन,मायाँ देबी गर्बुजा,शान्ति पुर्जा हरु ले दर्शालु भकतजनहरु लाई सानो पेलेट मा पुजा को सामानहरु राखेर बाँडनु भए को थियो।

भूमे पुजा को मिठो (छयाँग) जाँड श्रीमान बिल पुर्जा र श्रीमती निम कुमारी पुर्जा ले एक महिना अगाडि देखि नै (छयाँग) राखे का थिईन। र पुजा को दिन मा सम्पुर्ण उपस्थित दर्शकवर्गहरु र पाहुनावर्गहरु लाई अध्यक्ष ज्यु को श्रीमति पूर्णमाया राम्जाली, निवर्तमान अध्यक्ष ज्यु को श्रीमती निम कुमारी पुर्जा,बिमला गर्बुजा,पार्वती पुन,पूनम खोर्जा मगरहरु ले गलास मा लगाएर दर्शक हरु लाई (छयाँग) बाँडे का थिए। सबै दर्शक हरु ले मिठो मान्दै जाँड (छयाँग) पिउनु भए को थियो। भूमे पुजा को प्रसाद खानु को लागि खिर बिल पुर्जा र अध्यक्ष तेज राम्जालीहरु ले पकाउनु भए को थियो। साथै बहिनी बालिका तिलिजा ले मिठो र स्वादिलो सेल रोटि पोल्नु भए को थियो।
मिनिबस गाडी को बन्दोबस्त चित्र प्रकाश गर्बुजा ले फेरी सर्भिस अल्डरसोट,फारन्ब्रोव र रेल्वेए स्टेसन देखि दर्शक हरु लाई ल्याउने अनि पुर्याउने गर्नु भयो। ठुलो बस ४९ सिट भए को गाडि बन्दोबस्त उपाध्यक्ष बल पुर्जा ले मिलाउनु भै बोर्नटोक,नर्थओल्ट,होउन्स्लोव का सदस्यज्युहरु लाई ल्याउने लैजाने गरेका थिए। यस कार्यक्रम मा सांकृतिक सचिव खिम पुन मगर ले औपचारिक कार्यक्रम पश्चात उपस्थिति सबै को लागि संस्था को स्थानिय कलाकारहरु ले एकल नृत्य मा सुश्री जुन्कु पुनमगर,सुश्री नुनु थापा,सुश्री श्रीष्टि पुनमगर,श्रीमती बिमला गर्बुजा,श्रीमती पार्वती पुनमगर हरु ले नृत्य देखाउनु भए को थियो। स्थानिय कालाकार भाई,बहिनीहरु,आमा समूह ले राम्रा-राम्रा नृत्यहरु देखाउनु भए को थियो। अमृत गर्बुजा को महिला भेष मा नाचेकी दर्शकहरु ले आश्चार्य मान्दै हास्दै हेर्नु भयो। पर्वत का बरिष्ठ लोक तथा दोहोरि,आधुनिक गायक बिमलराज क्षेत्री ज्यु ले राम्रा राम्रा गितहरु गाउनु भए को थियो। साथै ईन्द्र गुरुङ्ग र कल्पना गुरुङ्ग संग बाजाताल मा मिठो स्वर मा बिमलरज क्षेत्री ले दोहोरी गाएर उपस्थित दर्शकवर्ग हरु लाई छमछमि नचाए र भरपुर मनोरंजन दिए का थिए। यस कार्यक्रम मा मनोरञ्जानार्थ आकर्षक सांगीतिक नाँच गान प्रदर्शन गरे का थिए। भिडियो,फोटोग्राफर मा अमृत गर्बुजा,सुन पुर्जा ज्यु र होम गर्बुजा हरु ले गरेका थिए। महिला उपाध्यक्ष अम्बु गर्बुजा, श्री मति बिमला गर्बुजा,र श्रीमती निम कुमारी पुर्जा हरु ले नेपाल देखि आउनु भएका कलाकार साथीहरु र धौलागिरि नौमती बाजा समूह यु के लाई संकलित सहयोग रकम को लागि दर्शक हरु सामु गएर सहयोग रकम संकलन गरेर समाज लाई धेरै मद्दत पुराए का थिईन। स्वादिष्ट भोजन खाना को बन्दोबस्त साथै साउण्ड सिस्टम मा असाध्य राम्रो मिउजिक बजाई दिनु हुने थकाली भान्छा घर का प्रोपोराईटर हेमन्त गौचन थकाली ज्यु ले गर्नु भए का थिए।
उक्त सांगीतिक कार्यक्रम लाई नेपाल देखि आउनु भएका पर्वत का असाध्य खुंखार बरिष्ठ गायक बिमलराज क्षेत्री ज्यु,पोखरा रामबजार का बरिष्ठ लोक दोहोरि गायिका ईन्द्र गुरुङ्ग ज्यु र बरिष्ठ लोक दोहोरि गायिका कलपना गुरुङ्ग पुनमगर ले प्रस्तुत गरे पश्चात सम्पूर्ण सहभागी कलाकारहरु लाई अध्यक्ष तेज राम्जाली ज्यु को बाहुली बाट सानो लिफा प्रदान गर्दै कलाकार साथीहरु लाई यसरि कार्यक्रम मा उपस्थित भै मनोरन्जन दिनु भए को मा पुन मगर समाज यु के को तर्फ देखि धेरै धन्यबाद भन्नु भए को थियो। सचिव तुलचन्द्र तिलिजा ज्यु ले स्पोन्सर स्वरुप आर्थिक पाउण्ड गर्नु हुने सम्पूर्ण सदस्य ज्युहरु लाई सहयोग गर्नु भए को मा समाज को तर्फ देखि सबै लाई धन्यबाद दिनु भए को थियो। अध्यक्ष तेज राम्जाली ज्यु ले अर्को वर्ष पनि यसरी नै भेटघाट गरेर रमाईलो गर्ने बाचा को साथ कार्यक्रम अन्त भए को जानकारी गराउनु भए को थियो। संस्था को सचिव तुल चन्द्र तिलिजा ज्यु ले सञ्चालन गर्नु भए को कार्यक्रम साँझ २१:०० बजे समापन भए को थियो।
अङ्ग गर्बुजा
संचार सचिव
पुन मगर समाज यु.के
Recent Posts
See Allलेखक:- उपाध्यक्ष तुलचन्द्र तिलिजा पुन मगर लण्डन पुन मगर समाज यु के को बैठक सम्पन्न। झन्डै २ बर्ष पछि पुन मगर समाज यु के को पहिलो बैठक...