top of page

पुन मगर समाज यु.के को भूमे पुजा र बार्षिक भेटघाट भब्यतापूर्वक सम्पन्न भयो।

लेखक

अङ्ग गर्बुजा

पुन मगर समाज यूके दुवारा भूमी पुजा तथा बार्षिक भेटघाट कार्यक्रम आयोजना।

लण्डन। पुन मगर समाज यूके ले पुर्खा को पाला देखि गरिदै आएको प्राकृतिक भूमि पूजा सम्पन्न गरेको छ। पुनमगर हरु को आफनै मौलिक भेष-भुषा मा सजिए र आफ्नो सस्कार सस्कृति र पहिचान लाई जोगाई राख्नु र भाविपुस्ताहरु लाई सिकाउनु को लागि पुनमगर समाज यु.के ले छैटौ भूमे पुजा साथै बार्षिक भेटघाट गत आइतबार २६ मे २०१९ का दिन फार्नबोरो स्थित सामुयल कोडि स्कुल को प्रागन मा विधिवत रुप मा भब्यतापूर्वक भूमि पुजा गरिए को हो। पुनमगर समाज यु के ले बिदेशी भूमि बेलायत मा बसेता पनि ६ बर्ष अगाडि देखि नै बर्षनी भूमेपुजा परापुवकाल देखि चलि आएको चलन अनुसार विधिवतपूर्वक भूमिपुजा गर्ने गर्दछन। बेलायत मा रहेका पुन मगरहरु को बाक्लो उपस्थिति रहेको कार्यक्रम मा परम्परा देखि गरिदै आएको आजापूजा तथा भूमी पूजा गरिए को थियो।

यस कार्यक्रम लाई दुई भाग मा बिभाजन गरीए को थियो।

पहिलो चरण मा बिधिवतपुर्वक भूमेपुजा गरियो भने। दोश्रो चरण मा बार्षिक भेटघाट कार्यक्रम शुरु गरेका थिए। भूमेपुजा को लागि लिङ्गो मा झुण्डयाउँने ठुलो चेतुवा रातो,सेतो धजा र भूमेनी लाई बोरको को धजा बनाएका थिए। उपस्थित दर्शक हरु ले थान मा पुजा गर्दा चराउनु को लागि रातो सेतो जोर धजाहरु चोखोपानी,दुध,अक्षेता, फलफुलहरु,धुप-बत्तिहरु बन्दोबस्त गरीए को थियो। थान मा चराउनु को लागि अक्षेता,रोटि,नोम्बेक,फलफुल,दुध,र चोखो पानीहरु समाज को सिनिएर पूजारी लिल गर्बुजा ले बनाए का थिए। साथै भूमे देउता लाई चराउने (जाँड) छयाँङ्ग क्ष्यमा देबी गर्बुजा ले गरेकी थिइन। सो कार्यक्रम मा सचिव तुलचन्द्र तिलिजा ले उपस्थित सम्पुर्ण पाहुनावर्गहरु,देर्शकहरु लगायत सदस्यहरु लाई भूमे पुजा किन र कसरि गरिन्छ भनेर भूमेपुजा को महत्व बारे मा जानकारी गराउनु भयो। समय अनुसार मौसम बदलि हुदै गर्दा बर्षायाम शुरु भएर बाढी,पहिरो,आँधीबेहरी जस्ता प्रकोप बाट असर नपरोस लगाए को बालीहरु राम्रो संग भित्र्याउनु पाईयोस कुनै नष्ट नहोस र जमिन मा आए का किराक्रिंङ्गिहरु ले बालीहरु सखाप नपारि दिउस भनी भूमेपुजा गर्दै भूमि देउता लाई मनाउने गर्दछौ। यसै प्रकार ले राप्ती,भेरी र धवलागिरी बाग्लुङ्ग,म्याग्दी,पर्वत क्षेत्र का पुनमगरहरु ले जेष्ठ मसान्त देखि असार महिना को संक्रान्ति का दिन पहिलो हप्ता सम्म सो भूमिपुजा गरेर पर्व मनाउने गर्दछन। कार्यक्रम को पहिलो चरण को भूमेपुजा मा उपस्थित पाहुनावर्गहरु,दर्शालु भक्तजनहरु,सम्पूर्ण दर्शकबृन्दहरु ले पुर्ख्याउली सोरेठी कलाकारहरु संग भैच साईलो गित गाउदै धौलागिरि नौमती बाजा समूह यु.के को बाजाताला मा नगरा को धुन संगै सबै जम्मा भए को ठाउँ मा लिङ्गो गाडेर पुजा को शुरुवात गरे पश्चात त्यस ठाउँ देखि अगाडि थान भए को ठाउँ तिर प्रस्थान हुँदै गर्दा सबै सदस्यहरु नाच्दै लाईन लागेर त्यो ठुलो लिङ्गोहरु मा झुण्डयाए को धजा बोकेर भूमे पुजा को लागि बनाए को मुल थान भए को ठाउँ तिर प्रस्थान गरे का थिए। भूमे थान भए को ठाउँ मा पुगे लगतै धौलागिरि नौमती बाजा ले नगरा हान्दै भूमे देउता लाई शरण पर्दै सम्पुर्ण दर्शालु भक्तजन हरु ले भूमेथान लाई दायाँ तिर पार्दै भूमिथान को वरिपरि घुमेका थिए। यसरि ३ जना पुजारीहरु लिल गर्बुजा, युवराज पुर्जा,कन्या केटा एल्भिस राम्जालि र क्षेयामा देबी गर्बुजा,अध्यक्ष तेज राम्जाली ज्युहरु ले भूमे पुजा को लिङ्गो मा पुजारीहरु ले धजा झुण्डयाउदै भूमेथान मा अक्षेता,रोटि,नोम्बेक,फलफुल,कुण्ड मा दुध,र चोखो पानीहरु चढाएर(जाँड) छयाँङ्ग चराउदै धुपबत्ती बाल्दै परम्परा देखि चलि आएको चलन अनुसार भूमेपुजा गर्नु भए को थियो। कार्यक्रम का प्रमुख अतिथि, बिशेषअतिथिहरु,अतिथिवर्गहरु,पुर्खयौली समूह,धौलागिरी नौमती बाजा,नेपाल देखि आउनु भएका कलाकारहरु लोक तथा दोहोरी गायक कुमार पुन मगर, गायिका कुमारी चेपाङ्ग,आधुनिक तथा पपगायिका निखिता थापा लगायत उपस्थित सम्पूर्ण दर्शालु भक्तजन हरु ले धजा,अक्षेता,फलफुलहरु चराउदै धुपबत्ति बालेर भूमेपुजा गर्नु शुरु गरेका थिए। त्यस पछाडि पुजारीहरू ले भेडा को साँढ लाई मन्छाएर भेडा को साँढ काटी भूमिदेउता लाई भेडा को पाठा को टाउको चराएका थिए। यसरी नै पहिलो चरण को भूमेपुजा यहि नै समाप्त भए को थियो।

कायक्रम को दोस्रो चरण मा अध्यक्ष तेज राम्जाली को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम समाज का सचिव तुलचन्द्र तिलिजा ले हेल्थ एन्ड सेफ्टी को बारे मा जानकारी गराए लगत्तै सचिवज्यु ले कायक्रम सञ्चालन मा अध्यक्षता ग्रहण आशन ग्रहण गराएका थिए।

औपचारिक कार्यक्रम मा उपस्थित प्रमुख अतिथी मगर संघ यूके का बर्तमान अध्यक्ष ले.रि.सुनिल रानाज्यु र उहाँ को धर्मपत्नी गोमा रानाज्यु को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा एन.आर.एन.ए. यूके अध्यक्ष योगकुमार फगामी र उहाँ को श्रीमती शर्मिला फगामी ज्यु,नेपाल आदिवासी जनजाति महासंघ बेलायत अध्यक्ष जंग सुनुवार र

उहाँ को श्रीमती, बाग्लुङ समाज यूके अध्यक्ष तथा मगर संघ यूके उपाध्यक्ष छबिमाया पुन र उहाँकि श्रीमान,मगर संघ यूके वरिष्ठ उपाध्यक्ष सिता पुन र उहाँकि श्रीमान,मगर संघ यूके उपाध्यक्ष लाल पुन मगर,खाम भाषी समाज यूके का अध्यक्ष हिकमतसिङ रोका ज्यु उहाँ को धर्म पत्नी,मगर संघ यूके पूर्वअध्यक्ष दुत पुन (चिमखोले काईला) र उहाँ को श्रीमती जमुना गर्बुजा,मगरसंघ यु.एस.एच.बि साखा अध्यक्ष श्रीमति हेमा राना ज्यु,मगरसंघ केण्ट साखा का अध्यक्ष क्याप्टेन राम बहादुर पुन ज्यु,खाम भाषी समाज का सल्लाहकार दल बहादुर बुढा ज्यु,मोना यु के का उपाध्यक्ष कुमार फगामी अनि उहाँ को धर्म पत्नी ज्यु,नेपाल देखि भर्मण मा आउनु भए का नेपाल पुन मगर समाज का उपसचिव सुबेदार लेख बहादुर फगामी ज्यु र उहाँ को श्रीमती ज्यु,मगर मोना यूके का कोषाध्यक्ष पदम गर्बुजा ज्यु,मोना यूके का महिला उपाध्यक्ष लिला पुन ज्यु,मोना यूके क सास्कृती सचिब गंग पुर्जा ज्यु, राखु समाज यूके का अध्यक्ष रतन साही ज्यु, एभ्रेष्ट आर्चरी कल्ब यूके का सचिब मन्दिप जुक्जाली ज्यु,मालिका गाउँपालिका मोना यूके का सचिब साम गुरुङ ज्युहरु सबै लाई आशन ग्रहण गराएका थिए।

समाज का उपाध्यक्ष बल पुर्जा ज्यु ले उपस्थित सबै लाई यहाँ हरु ले हाम्रो निमनत्रणा लाई स्विकार गरेर उपस्थित भै भूमेपुजा कार्यक्रम को शोभा बढाई दिनु भए को मा सम्पुर्ण लाई हृदय देखि नै मेरो ब्यक्तिगत तर्फ र पुनमगर समाज यूके को हामि कार्यसमिति का पदाधिकारीहरु लागायत सम्पुर्ण सदस्यहरु को तर्फ देखि मुरी-मुरी को धन्यवाद दिँदै स्वागत मन्तब्य दिए का थिए।

सो कार्यक्रम मा प्रमुख अतिथि ले.रि.सुनिल राना,उपस्थित बुद्धिजीवी ब्याक्तित्वहरु एन.आर.एन.ए.यूके अध्यक्ष योगकुमार फगामी,नेपाल आदिवासी जनजाति महासंघ बेलायत अध्यक्ष जंग सुनुवार,खामभाषी यूके का अध्यक्ष हिकमतसिङ्ग रोका, बाग्लुङ समाज यूके अध्यक्ष तथा मगर यूके उपाध्यक्ष छबिमाया पुन,मगर संघ यूके वरिष्ठ उपाध्यक्ष सिता पुन, मगर संघ यूके उपाध्यक्ष लाल पुन,मगर संघ यूके पूर्वअध्यक्ष दुत पुन (चिमखोले काईला) हरु ले आ-आफ्नो मन्तब्बय दिनु भए को थियो। कर्यक्रम मा पुर्खेयाउलि समूह, धौलागीरि नौमती बाजा,लोक तथा दोहोरी गायक कुमार पुन,लोक तथा दोहोरी गायिका कुमारी चेपाङ्ग,आधुनिक तथा पपगायिका निखिता थापा, नापथ्य ब्यान्ड का सुरेश पुर्जा,साथ मा असाद्धय राम्रो कबिता बाचन लक्ष्मी गर्बुजा ले गरेर उपस्थित सबै लाई भरपुर मनोरन्जन दिएका थिए।

समाज का कोषाध्यक्ष ललित गर्बुजा,उपसचिव गंगा खोरजा लगायत का साथीहरु हरु ले प्रवेश दुवार मा उपस्थित सदस्यज्युहरु लाई टिकट बितरण गर्नु भए को थियो। सहकोषाध्यक्ष लिल अर्मजा र उहाँ को श्रीमती,तिर्थ गर्बुजा र श्रीमती लक्ष्मी गर्बुजा लगायत का साथीहरु ले पेयपदार्थ मा मद्दत गरेका थिए। पुजा गर्ने धजा,अक्षेता,फलफुल धुपबत्ती बितरण बिमला गर्बुजा,पार्वती पुनमगर,खनमाँया पुन,निम कुमारी पुर्जा हरु ले दर्शालु भकतजनहरु लाई सानो पेलेट मा पुजा को सामानहरु राखेर बाँडनु भए को थियो।

भूमे पुजा मा दर्शक हरु लाई पिलाउने जाँड (छयाँग) बिल पुर्जाज्यु का श्रीमती निम कुमारी पुर्जा ले (छयाँग) राखे का थिईन। पुजा को दिन मा सम्पुर्ण उपस्थित दर्शकवर्गहरु र पाहुनावर्गहरु लाई अध्यक्ष ज्यु को श्रीमति पूर्णमाया राम्जाली लगायत आमा समूह का महिलावर्ग हरु ले गलास मा लगाएर दर्शक हरु लाई (छयाँग) बाँडे का थिए। सबै दर्शक हरु ले मिठो मान्दै जाँड पिउनु भए को थियो। भूमे पुजा को प्रसाद खानु को लागि खिर निवर्तमान अध्यक्ष बिल पुर्जा ले पकाउनु भए को थियो। बस को लागि मानिसहरु लाई ल्याउनु र लैजानु को लागि सबै बन्दोबस्त उपाध्यक्ष बल पुर्जा ले मिलाएका थिए। यस कार्यक्रम मा सांकृतिक सचिव खिम पुन मगर ले औपचारिक कार्यक्रम पश्चात मनोरन्जन को लागि स्थानिय कलाकारहरु ले गित गाउनु र कबिता बाचन गरेका थिए। कार्यक्रम मा बरिष्ठ लोक तथा दोहोरि गायक कुमार पुन मगर ज्यु चर्चित लोक दोहोरि गायिका कुमारी चेपाङ्ग र आधुनिक तथा पपगायिका निखिता थापा,नापथ्य ब्यान्ड का सुरेश पुर्जा लगायत का साथीहरु ले रमाईलो गितहरु गाउनु भए को थियो। यसरि नै असाद्धय राम्रो कबिता लक्ष्मी गर्बुजा ज्यु ले बाचन गर्नु भएकि थिइन। साथै बाजाताल मा मिठो स्वर मा कुमार पुन मगर, कुमारी चेपाङ्ग ले दोहोरी गित,सालैजो गितहरु गाएर साथै पपगायिका निखिता थापा ले आधुनिक पपगितहरु गाए र उपस्थित दर्शकवर्ग हरु लाई छमछमि नचाए र भरपुर मनोरन्जन दिए का थिए। कार्यक्रम मा शैक्षिक क्षेत्रमा सफलता हासिल गरे का परिवार का नानिबाबुहरुलाई प्रमाणपत्र बितरण गरेर सम्मान गरिएको थियो। उपसचिव गंगा खोरजा ज्यु ले स्पोन्सर स्वरुप आर्थिक पाउण्ड गर्नु हुने सम्पूर्ण सदस्य ज्युहरु लाई सहयोग गर्नु भए को मा समाज को तर्फ देखि सबै लाई धन्यबाद दिनु भए को थियो। कार्यक्रम भरि भिडियो,फोटोग्राफर मा अमृत गर्बुजा र सुन पुर्जा ज्यु ले गरेका थिए। समाज का स्वादिष्ट भोजन खाना को बन्दोबस्त खगेन्द्र पुर्जा ले गरेका थिए। साथै साउण्ड सिस्टम मा असाध्य राम्रो मिउजिक बजाई दिनु हुने प्रोपोराईटर लेख राना र ओबिन पुनमगर ले गर्नु भए का थिए।

यसरि कार्यक्रम को अन्तिम चरण मा कलाकार हरु ले प्रस्तुत गरे पश्चात सम्पूर्ण सहभागी कलाकारहरु लाई अध्यक्ष तेज राम्जाली ज्यु को बाहुली बाट सानो चिनो प्रदान गर्दै कलाकार साथीहरु लाई यसरि कार्यक्रम मा उपस्थित भै मनोरन्जन गराई दिनु भए को मा पुन मगर समाज यूके को सम्पूर्ण सदस्यहरु को तर्फ देखि धेरै धन्यबाद भन्नु भए को थियो। अध्यक्ष तेज राम्जाली ज्यु ले अर्को वर्ष पनि यसरी नै भेटघाट गरेर रमाईलो गर्ने बाचा को साथ कार्यक्रम अन्त भए को जानकारी गराउनु भए को थियो। संस्था को सचिव तुल चन्द्र तिलिजा ज्यु ले सञ्चालन गर्नु भए को कार्यक्रम साँझ २१:३० बजे समापन भए को थियो।

अङ्ग गर्बुजा

संचार सचिव

पुन मगर समाज यु।के

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page