सुश्री बम कुमारी बुढा मगर संग भेटघाट कार्यक्रम
- uday garbuja
- Jun 19, 2020
- 5 min read
Updated: Nov 25, 2020

लेखक:- अंग गर्बुजा मगर
१८ मगरात का पुर्व सांसद,मगर महिला संघ नेपाल को संस्थापक,आदिवासी जनजाति महिला संघकी संस्थापक अध्यक्ष तथा मगरहरु को जिउँदो इतिहासविद सुश्री बम कुमारी बुढा मगर को प्रमुख आतिथ्य मा सम्पन्न भेटघाट कार्यक्रम पुन मगर समाज यु के का सल्लाहकार तेज रामजाली, सहकोषाध्यक्ष लिल अर्मजा, निवर्तमान उपाध्यक्ष रगप्रसाद पुर्जा लगायत संचारकर्मी अङ्ग गर्बुजा हरु को उपस्थिति मा सुक्रबार १३ मार्च बेलुकी को ६ बजे देखि १० बजे सम्म औपचारिक भेटघाट कार्यक्रम (मोर्डन शहर) Princess of Indian Restaurant at Modern मा भए को थियो।सल्लाहकार तेज राम्जाली ज्यु ले पुन मगर समाज यु के को सम्पूर्ण सदस्यहरु को तर्फ बाट टार्टन को मुजेत्तोरो उपहार सहित खादा ओढाई सम्मान गरिएको थियो। त्यस्तै सहकोषाध्यक्ष लिल खोर्जा ले फुल (पुष्प) दिएर सम्मान गर्नु भयो। रगप्रसाद पुर्जा र अङ्ग गर्बुजा ले समाज को रातो-सेतो खादा ले स्वागत गर्दै मिठा-मिठा गफहरु गर्नु भयो। भेटघाट कार्यक्रम मा पिउने पेयपदार्थ र भोजन को लागि निवर्तमान उपाध्यक्ष रग प्रसाद पुर्जा मगर ज्यु ले बन्दोवस्त गर्नु भए को थियो। उक्त कार्यक्रम मा सुश्री बम कुमारी बुढा मगर संग समाजसेवी तिल बहादुर थापा मगर र शोभाराम बुरा मगर हरु को उपस्थिति थियो।
यसै क्रम मा निवर्तमान अध्यक्ष तेज राम्जाली ज्यु ले उहाँ बम कुमारी ज्यु संग केही कुराहरु राख्नु भए को थियो।त्यस मा केही बिषय मा छलफलहरु भएका थिए। मगर जाती को बारे मा जब सम्म हामी ले आफ्नो ईतिहास जान्दैनौ। तब सम्म हामि ले आफ्नो बर्तमान अवस्था को बारे मा पुर्ण रुप मा थाहा पाउन सक्दैनौ। र हामि ले हाम्रो बर्तमान अवस्था थाहा पाएनौ भने हाम्रो र भावी सन्तति को भविष्य कता तिर जाँदैछ भन्ने कुरा को सहि विश्लेषण गर्न सक्दैनौ। मगरहरु को मुल थरहरु सातवटा हुन। घर्ती, बुढा, राना, आले, पुन, थापा, रोका। गण्डकी नदि को क्षेत्र मा एउटा रिडि भन्ने ठाँउ छ। त्यहाँ बस्नु हुने मगरहरु ले पानी भने को “रिडि”। १८ मगरात ले पानी लाई #रि# भन्दथे। र १२ मगरात ले पानी लाई #डि# भन्दथे। यसरी त्यस भेग मा यो पानी भने को #रि+डि# दुईवटा शब्दहरु लाई सयुक्तरुप मा #रिडि# भनेर गण्डकी नदि को क्षेत्र मा बस्ने मगरहरु ले नामाकरण गरेका थिए।
त्यो “रिडि” भन्ने ठाउँ मा माँघेसक्रान्ती मा ठूलो जात्रा लाग्दछ। मानिसहरु त्यहाँ रिडि मा जान्छन र भेला भएर तिर्थ को रुप मा मेला लाग्ने गर्दछन। त्यो रिडि भन्ने ठाउँ मध्य मगरहरु सांस्कृतिक स्थल हो। यस गण्डकी क्षेत्र को पश्च्छिम तिर १८ मगरात र गण्डकी क्षेत्र को पुर्व तिर १२ मगरात पर्दछ। यसरी १८ मगरात को पहिला राज्य शुरु हुनु अगाडि १८ मगरात लाई कालाक्षेत्र (कालापल्टन) भन्दथे। र १२ मगरात को पहिला राज्य शुरु गर्नु अगाडि १२ मगरात लाई गोराक्षेत्र (गोरापल्टन) भन्ने गर्दथे। अहिले रोल्पा को जङकोट भन्दछौ। त्यस जङकोट लाई कालाशेष को केन्द्र भन्ने गर्दछन। अहिले गोर्खाराज्य भने को नै गोर्खा को लाई गोराशेष भन्दछौ। अनि पहिला मगर लाई हेपाहा शब्द मा पहिला (उहिले-उहिले) कालाशेष, गोराशेष, मान्छे खाने देश भन्ने गर्दथे। यसरी नै कालिगण्डकी क्षेत्र को प्राकृतिक श्रोत कालाशेष ले प्रयोग गर्ने र सेती गण्डकी क्षेत्र को प्राकृतिक श्रोत गोराशेष ले प्रयोग गर्ने गरि दुई भाई मगरहरु मिलेर बसेका थिए। विशेष गरेर मगरहरु मध्य पहाडि भेग रुकुम को ओनाखार भन्ने र पेल्माखार भन्ने ओडारहरु बाट मगरहरु को बिकास हुदै अलिकती शब्भयता भएर अगाडि बढे को थियो।सल्यान जिल्ला को कोटमौला देखि बिकास भएको थियो।

१८ मगरात मा १८ अठार राज्य र १२ मगरात मा १२ बाह्रा राज्य थियो। र २२ सयौ २४ सयौ राज्य पाला मा ठकुर र मगर को बिच मा साईनो जोडिए को छन। मगर लाई हजुर (कस्मा) के हो भन्दा मामा र ठकुरी लाई हजुर कस्मा हो भन्दा खेरि भान्जा हो भन्ने चलन बाईसयौ र चबिसयौ राज्य पाला देखि नै चली आएको छ। नेपाल मा पहिला मुलवासी मगरहरु नै बसोबास गरेका हुन। धेरै बर्ष पछाडि मात्र बाहुन क्षेत्री नेपाल मा प्रवेश गरेका थिए। यहाँ का सम्पुर्ण राजा र प्रजा मंगोल का नै थिए। मकवानपुर मा सेनवंशी मंगोल राज्य थियो। मकवानपुर का मंगोल राजा दिग्वंधन सेन को बहिनी पृथ्बी नारायण शाह ले स्वार्थ पूर्ण हिसाब ले बिहे गरेका थिए। एक पटक पृथ्वी नारायण शाह ले आफ्नो जेठान दिग्वंधन सेन को सुरक्षा अवस्था बुझ्नु को लागि आफ्नो श्रीमती (दिग्बंधनकि बहिनी) लाई माईत पठाईयो। उनि माईत पुगे पछि माईत आउनु को रहस्य दिग्बंधन सेन ले बुझि सके पछी आफ्नी बहिनी लाई फर्कन दिएनन।फर्कन नदिए पछी पृथ्वी नारायण शाह ले पटक-पटक आफ्नो श्रीमती फर्काउनु भन्यो। तर दिग्बंधन सेन ले आफ्नी बहिनी नपठाए पछी पृथ्वी नारायण शाह ले मकवानपुर मा आक्रमण गरी अत्यन्त षडयन्त्र पुर्वक र कायरता पुर्वक राजा दिगवंधन सेन लाई हरायो। तात्कालिन समय मा आज का कामी, दमाई, सार्की, च्यामेहरु मकवानपुर का होनाहार सेना र सेनापतिहरु थिए।लडाई मा आत्म समर्पण नगरे को रिस ले राज्य हडपि सके पछी त्यहाँ का सेना र सेनापतिहरु लाई सजाय स्वरुप सेना को जुत्ता सिउने सार्की,कपडा सिउने दमाई,हतियार बनाउने कामी भनेर घोषणा गरेर अछुत बनाई पशु भन्दा तल्लो दर्जा मा राखे का थिए। खस आर्य को स्पष्टि करण मा खस आर्य भन्ना ले बाहुन, क्षेत्री, ठकुरी र दशनामी लाई बुझ्नु पर्ने छ भनी लेखिए को छ। कथित दलित बनाईए का समुदायहरु बाहुन, क्षेत्री, ठकुरी र दशनामी कुनै पनि समुदाय मा नपर्ने हुना ले आर्य होईनन र मंगोल नै हुन भन्ने कुरा यहाँ बाट पनि स्पष्ट हुन्छ। हिन्दु भन्ने शब्द नै सिन्धु नदि बाट आएको हो। दक्षिण एसिया को आज भन्दा करिब ५००० वर्ष पुरानो सिन्धु घाटि को सभ्यता को थोरै ईतिहास जान्न जरुरी हुन्छ।त्यहाँ विशेष गरेर मोहन जोदाडो र हडप्पा को सभ्यता रहेको थियो। त्यही सिन्धु नदि लाई पारसबासी अथवा इरानीहरु ले हिन्दु नदि भन्थे। किन की उनिहरु को वर्णमाला मा "स"भन्ने अक्षर हुँदैन थियो। र "स" भन्दा उनीहरु "ह" भन्दथे।
जब आर्यहरु ले यो सभ्यता को नष्ट गरि हैकम जमाए। त्यसै समय पहिलो पटक दक्षिण एसिया मा जात ब्यवस्था को निर्माण हुन पुग्यो। यस को प्रमाण चै आज भन्दा ३५०० वर्ष अगाडि ब्यास ले लेखे को ऋग्वेद हो। यस मा १० मण्डलहरु छन। जस मध्ये को अन्तिम मण्डल चै ब्यास ले लेखे को भनिन्छ। त्यहाँ (१) ब्रम्हा को मुख बाट ब्राह्मण (२) पाखुरा बाट क्षेत्री (३) जाङ बाट वैश्य र (४) खुट्टा बाट शुद्र को जन्म भए को अवैज्ञानिक कुरा लेखिए को छ। तर यहाँ भए को श्रम विभाजन पनि बाहुन क्षेत्रीहरु ले जात ब्यवस्था को आधार मा गरे। बाहुन ले पुरोहित काम गर्ने, क्षेत्री ले राज्य सञ्चालन गर्ने, वैश्य ले व्यापार गर्ने र शुद्रहरु ले चाहिँ सम्पुर्ण प्राविधिक, मनोरञ्जन र सेवा का कामहरु गर्ने भनी क्षेत्र तोकियो। पछि आएर भारत को वैशाली भन्ने ठाउँ बाट हिन्दु समाजद्वारा प्रशिक्षित लिच्छवि हरु ले नेपाल मा शासन गरे , त्यसै बखत परम्परागत रुप मा जात व्यव्स्था लागु भयो। पछि जयस्थिती मल्ल को पाला मा यस लाई बढावा दिईयो। र राम शाह हुँदै पृथ्वी नारायण शाह ले १८२५ मा नेपाल एकिकरण को नाम मा आफ्नो हिन्दु साम्राज्यवाद फैलाउन सफल भए। त्यस पश्चात यस लाई कानुवद्द रुप मा लागु गरियो।
जंग बहादुर राणा को पाला मा नेपाल का मुलबासी मंगोल समुदाय लाई यसरी कानुनी रुप मा विभेद र अमानवीय निति लागु गरियो कि त्यस को प्रभाव आज सम्म पनि नेपाली समाज मा जबर जस्ति रहि आए को छ। एउटै काम को सजाय मा बाहुन ले ३ रुपैयाँ तिर्दा हुने र मंगोलहरु लाई शंखमुल मा लगेर काटिने जस्ता नितिहरु पहिलोमुलुकी ऐन १९१० मा जंग बहादुर राणा को पाला मा बने। आज को २१औँ शताब्दि को नेपाली समाज को संरचना पनि हिन्दु शास्त्र को वर्णाश्रम पद्धति मा आधारित छ। अझै पनि समाज मा उच्च र निच जात छुट्टाईन्छ। जातिय परम्परा मानेन भने देवि देवता रिसाउँछ्न भन्ने प्रवित्ती र अन्ध विश्वास ले मानवता स्थापित हुन सकेको छैन। अन्य कारण नभएर कुलदेवता रिसाउँछ्न, पुजा कोठा मा पसलान, पुजा सामाग्री छोईन्छ, अनुहार देख्दा साईत बिग्रीन्छभनेर नै हो। नेपाल मा लोकतन्त्र आए संगै निर्माण भए को हाल को संविधान मा पनि कसै लाई भेदभाव गर्न पाइदैंन। कसै लाई अछुत भन्न पाईदैन। तर पनि मुलुक मा अप्रिय र अमानविय घटना किन घटि रहन्छ्न त भन्दा मानिसहरु मा संस्कारगत परिवर्तन नभएर हो। संविधान मा नै किटाण का साथ छुवाछुत र भेदभाव गर्ने लाई कारवाही गरिनेछ भनेर लेखिएता पनि यस को जरा अझै मेटिए को छैन।
नेपाल को पहिलो मुलुकीऐन श्री ३ जंग बहादुर राणा प्रधानमंत्री थिए। बिक्रम सम्वत १९०९ मा बेलायत को भर्मण गरे पश्चात नेपाल फर्के पछाडि श्री ३ जङ्ग बहादुर राणा ले १९१० को पहिलो मुलुकी ऐन लेखेका हुन। श्री ३ जङ्ग बहादुर राणा प्रधानमंत्री हुदा उनकै पाला मा यो कानुनी प्रिक्रिया शुरु भए को थियो। "जये पुन मगर समाज यु के"
Anga Garbuja Magar
Recent Posts
See Allलेखक:- उपाध्यक्ष तुलचन्द्र तिलिजा पुन मगर लण्डन पुन मगर समाज यु के को बैठक सम्पन्न। झन्डै २ बर्ष पछि पुन मगर समाज यु के को पहिलो बैठक...