परिचय

 

पुनमगर जाति

नेपाल को मगर जाति एक प्रमुख राष्ट्रिय जाती हो। पुनमगर पनि यहि मगर जाति मा पर्दछ। नेपाल को मध्य पश्चिमान्चल तथा पश्चिमाञ्च का पहाडस्थित रुकुम, जाजरकोट, प्युठान, रोल्पा, पाल्पा, नवलपरासी को उत्तरी क्षेत्र, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप, स्याङजा, पाल्पा, नवलपरासी, काँस्की, चितवन, धौलागिरि, गण्डकी, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत लगायत का प्रमुख ठाउँहरु र क्षेत्रहरु मा बसोबास गर्दछन। पुनमगर को बसोबास स्थितिलाई नियाल्दा नेपालको१४ अञ्चल ७५ वटै जिल्ला मा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको स्वदेशी आदिबासी जनजाती (indigenous) हो। मगर जातिलाई १२ मगरात र १८ मगरात गरि मुख्य दुई भाग मा विभाजित गरिएको छ। पृथिबी नारायण शाहा ले १८ रौं शताब्दी मा नेपाल एकिकरण भन्दा अघि मगरात क्षेत्र १८ र १२ राज्यहरु मा विभाजित भएको थियो। कालि गण्डकी देखि पश्चिम मा १८ राज्यहरु भएको ले १८ मगरात कालिगण्डकी देखि पूर्व मा १२ राज्यहरु भएको ले १२ मगरात भन्ने जनाउँछ। बाह्र मगरात का मगरहरु को मुख्य थर थापा, राना र आले हो। अठार मगरात का मगरहरु को मुख्य थर पुन, घर्ती, बुढा र रोका हो। यसरी मगर जाति भित्र अहिले ७ थरहरु थापा, राना, आले, घर्ती, बुढा, पुन र रोका छन। पुनमगर थर को पनि थुपरै थरहरु रहेका छन। जस्तै यस प्रकारछन। गर्बुजा, पुर्जा, राम्जाली, तिलिजा, चोचांगी, अर्मजा, पाईजा, फगामी, बुदुजा, रन्तिजा, थानेपुन, पहरेपुन, सुतपुन, दुतपुन, शेरपुन्जा, खोरजा, जुकजाली, थजाली, र खामे, आदि ईत्यादि।

 

भाषा

१८ मगरात ले बोल्ने भाषा लाई खाम र काईके भाषा भनिन्छ भने १२ मगरात ले बोल्ने भाषा लाई ढुट भाषा भनिन्छ। मगर समुदाय भाषागत आधार मा तिन प्रकार मा बाँडिए को हुन्छ। कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिम को मगर खाम बोल्ने मगर र डोल्पा जिल्ला का मगर काईके बोल्ने मगरहरु हुन। पुनमगर हरु ले खाम कुरा बोल्ने गर्दछन। कालीगण्डकी पूर्वलार्इ बाह्र मगरात र पश्चिम लार्इ अठार मगरात भनेर चिनिन्छ।

 

भेष-भुषा

पुनमगरहरु को पुरुषहरु को पहिरन भोटो-कछाड, जाङ्गे सँगै पटुकी र भाङ्ग्रा, (गादा)शीरमा टोपी र गहना मा औठी, दुर्बिली, बालो लगाउदछन। यसै गरि महिलाहरु ले मखमली चोली, छिटको गुन्यु, टिकि, पहेलो वा निलो पटुकी, लुंगी, सारी, फराक बलाउज, चोलो, मुजेत्त्रो, खास्टो, गलामा निलो, पहेलो, हरियो पोते (कन्ठा) कण्ठमाला, मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी, ढुंग्री, नाक मा बुलाकी, टुकी, फुली, मारुली, जन्तर, बुलाकी, रिङ्ग, औठी, टप, सिरबन्दि, ईत्यादि आदि पहिरन मा सजिएर डाँडा–पाखा, देउराली,उकाली ओराली गर्दै साईनो गाँस्दै हिडने आकर्षक विशेषता भएका पुनमगरहरु हुन।

 

रहन सहन

पुनमगर समुदाय मा पनि अन्य जनजातिहरु जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश पुनमगर समुदायहरु खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन। विकट भेक का पुनमगर हरु डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानी बाट ओत लाग्न तिते निङ्गला, घुरे निङ्गला, मालिङगो को निगाला को वा बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढने स्यागु (घुम) भकारी, सोली बुन्ने गर्दछन। यसका साथै पुनमगर हरु घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन। घर निर्माण र खेती किसानी का अतिरिक्त सेनामा समेत पुनमगरहरु को बाहुल्यता रहेको पाईन्छ। हालका दिनहरु मा केही शिक्षित पुनमगर हरु अस्पताल, ईन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानूनी, विकास निर्माण, राजनैतिक क्षेत्रहरु मा पनि संलगन रहेको पाईन्छ।

 

साँस्कृतिक

पुनमगर समुदाय भित्र साँस्कृतिक विविधता पाईन्छ। यिनिहरु साँस्कृतिक रुपमा निकै सम्पन्न छन। अझैं पनि पुनमगर समुदाय ले नाच्ने सोरठी, साईलो भाका, झ्याउरे, रोदी र नाचको छुट्टै लोक प्रिय रहेको छ। विशेषतः यिनिहरूको रोदी बस्ने र गित गाउने सालैजो गित र सोरेठी गित, यानीमाया, सुनीमाया गितहरु गाउने गरिन्छ। र नाच एकदमै लोकप्रिय रहेको छ। नाचको बीच मा ४/५ वटा ठूलो मादल बजाई रनकाउने गरिन्छ। त्यहि मादल को तालमा ताल मिलाउँदै नाच्ने गर्दछन।

 

बिबाह

पुनमगरहरु को बिबाह प्रसङ्ग एकदमै रोचक रहेको छ। पुनमगरहरु बिबाह गर्दा आफ्नो जातभित्रै गर्ने गर्दछन। दुई किसिम को बिबाह गरिन्छ। (१) मागी बिबाह गरिन्छ। गाउँ का कुरा गर्नु जान्ने सिपालु ब्याक्ति हरु ३ वा ४ जना सारदे हरु लिएर बेलुकी साँझ मा रात परे पछि केटि को घर का परिवार हरु सबै सुति सके पछाडी गएर केटि माग्ने गरिन्छ भने (२) आर्को प्रेम बिबाह गरिन्छ। प्रेम बिबाह भन्ना ले केटा-केटि आफै मिलेर जाने गर्दछन। मामा-चेली र फूपू-चेला बीच वैवाहिक सम्बन्ध हुने गर्दछन। पुनमगरहरु एकै थरमा भने सके सम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन। मगर समुदाय भित्र “केटी छोप्ने” चलन छ। जसमा १६ वर्ष देखि १८ बर्ष पुगेका केटीहरु लाई उमेर पुगिसके की युवति लाई झुक्याएर बल जबर जस्ती समातेर घिच्याउँदै गरेर बिबाह गरिदिने गरिन्छ।बिबाह भईसके पछि केटाकेटीहरु तिन दिन पछि दुर्जुन फर्काउनु को लागि ससुराली घर मा जाने गर्दछन। त्यस समय मा "सजाय" अनुसार को दस्तुर तिर्ने गरिन्छ। दस्तुर तिर्ने भनेको केटीलाई बाबु-आमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरुप तिरिने सुन को गहना र रुपैयाँ हो। दस्तुर तिरिसके पछि मात्र पाईलो फर्काउन केटी को माईत जानु पर्छ। र त्यसै बेला मात्र वैवाहिक कर्म गरिन्छ। अनि छोरीज्वाइँ लाई माईती ले विदा गरिन्छ। पुनमगर समुदाय को मृत्यू संस्कार भने गाडेर वा जलाएर गरिने चलन छ। पुनमगरहरु मृत्यू मा जुठो बार्ने र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन।