top of page

बेलायत को लण्डन स्थित फेल्थाम कलेज को मैदानमा पुन मगर हरु ले भूमे पुजा मनाए।


बेलायतको लण्डन स्थित फेल्थाम कम्यूनिटी कलेज खेल मैदान मा २५ जुन २०१६ शनिवार को दिन मा पुन मगर समाज यु के ले भूमे पुजा पर्व बिधिबत तरिकाले धुमधाम को साथ सम्पन गरेयो।

पुन मगर समाज यु के ले सबै ईस्ट्रमित्र हरु लाई बर्षमा एकपटक एकै ठाउँमा भेला भै बर्षभरिको दुःख,सुख को कुराहरु एकआपसमा साटासाट गर्ने उद्देश्यले जनवरी २०१४ देखि बार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। गत वर्ष जस्तै यस वर्ष पनि समाजको बार्षिक कार्यक्रम योजनाअनुसार पुन मगर समाज यु के को सबै सदस्यज्यू हरु एकै छतभित्र रहेर रमाईलो वातावरण सहित गृष्मकालीन समयमा आफ्ना ईस्ट्रमित्र ज्यूहरु मा भेटघाट,चिनजानआदि कुराहरुलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको थियो। बर्ष दिन पछिको भेटघाट हुन पाउँदा सबै बाबा-आमा,दाजुभाइ,दिदी-बहिनीहरु र भान्जा-भान्जीहरु खुशी हुँदै एकआपसमा भलाकुसारीमा व्यस्त देखिन्थे।

बिहानै देखि कार्यक्रम संयोजक अंग गर्बुजा पुन मगर ज्यु तथा उनको टिमले टाढाबाट आउने ईस्ट्रमित्र ज्यूहरु लाई सुविधा होस भनी कार्यक्रम स्थल लाई राम्रो सँग तयार बनाएको थियो। समय र मौसम ले पनि एकदमै साथ दिएको हुना ले घमाईलो मौसम मा यस कार्यक्रम योजना अनुसार नै अघि बढेको थियो। लण्डन का टोली बिहानै देखि कार्यक्रम स्थल मा तयारी को लागि जुटेका थिए। भने टाढा-टाढा बाट आउने ईस्ट्रमित्र ज्यूहरु पनि झन्डै सबैजना बिहान ११ बजे भित्र मा जम्मा भैसके का थिए। कार्यक्रम संयोजक अंग गर्बुजा पुन मगर ज्युले कार्यक्रमस्थल को छोटो जानकारीबाट कार्यक्रम शुरु भएको थियो। प्रायः नेपालीहरुले नेपालमा धेरै वर्षदेखि आ-आफ्नो गाउँ-ठाउँ हरुमा भूमे पुजा मनाउने चलन भएता पनि यहाँ बेलायत को लण्डन जस्तो ठाउँ मा यसरि भूमे पुजा को पर्व पुन मगर समाज यु के ले सुरुवात गरेको यो पहिलो बर्ष हो।

त्यस दिन मा बिहान ११ बजे शुरु भएको कार्यक्रम को सभापतित्व पुन मगर समाज यु के का अध्यक्ष बिल पुर्जा पुन मगर ज्यु ले गरेका थिए। मगर संघ यु के का अध्यक्ष नेम थापा मगर प्रमुख अतिथि रहेको कार्यक्रम पुन मगर समाज यु के का बरिष्ठ सचिव तेज राम्जाली पुन मगर ज्यु ले सन्चालन गर्नु भएको थियो। यसरि नै औपचारिक रुप मा कार्यक्रम शुरु हुनु अगावै समाज का सह-सचिव तुलचन्द्र तिलिजा पुन मगर ज्युले स्वास्थ र सुरक्क्ष्या सम्बन्धिमा उपस्थित सम्पुर्ण सदस्यज्यूहरु लाई जानकारी गराउनु भएको थियो। यस कार्यक्रम मा मगर संघ यु के,मगर महिला संघ यु के, पुन मगर समाज यु के का बरिष्ठ सल्लाहकार केयाप्टेन रिटाएरड डिसिएम बिर बहादुर पाईजा पुन मगर ज्यु र उहाँ को श्रीमती, नेपाल पुन मगर समाज का बर्तमान अध्यक्ष हर्क बहादुर पुन मगर ज्यु र उहाँको श्रीमती, खाम भाषी समाज यु.के का अध्यक्ष हिकमतसिङ्ग रोका मगर ज्यु,मगर संघ यु के का महिला उपाध्यक्ष सिता पुन मगर ज्यु,मगर संघ यु के का सचिव बिर प्रसाद घर्ति मगर ज्यु,मगर संग यु,के का नि-बर्तमान अध्यक्ष दुत बहादुर गर्बुजा पुन मगर ज्यु, मोना यु के का उपाध्यक्ष श्रीमती लिला पाईजा पुन मगर ज्यु, थकाली समाज यु के का हितप्रसाद थाकाली ज्यु,ड्रागोन प्यालेस का प्रोपोराईटर श्री झुमकाजी गुरुङ्ग ज्यु,डोनकास्टर देखिआउनु भएका सम्पूर्ण सदस्य ज्यु हरु र उहाँ हरुको कलाकार साथिहरु साथै खाम भाषी सम्पूर्ण सदस्य ज्युहरु लगायत दरशालु भक्तजनहरु र पुन मगर समाज यु के का सम्पूर्ण सदस्यज्यूहरु तथा अन्य विभिन्न समुदायका सदस्यहरु को बाक्लो उपस्थित रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि वर्ग ज्यूहरु लाई अध्यक्ष बिल पुर्जा पुन मगर ज्युले पुन मगर समाज यु के को लोगो भएको खाता र व्याज लगाई स्वागत तथा सत्कार गरेका थिए।

भूमे पुजामा मूल पुजारीको निर्देसन अनुसार भूमे पुजा शुरु गरिन्छ। यो दिनमा भैच साईलो भन्ने गित गाउदै पुर्खेउली नाच नाच्दै धौलागिरिनौमती बाजा समूह यु के ले बाजा बजाउदै सबै लाई नचाउदै भूमे को थान सम्म गईन्छ। यसरि भूमे पुजाको थान मा पुगेर धौलागिरिनौमती बाजा समूह यु के ले नगरा लगाउदै पुजारी लगायत सम्पूर्ण भक्तजनहरु ले भूमे देउताको थान लाई दायाँ पार्दै भूमे थान को वरिपरि तिन पटक सम्म घुम्दै भैच साईलो भाकामा गित गाउदै र पन्चे बाजा को नगरा को ताल मा भूमे देउता को शरण पर्दै सम्पूर्ण दर्शालु भक्तजनहरु ले पुजा गर्दै भूमे देउता लाई खर्बुजाको बलि दिएर भूमे देवतालाई खुशी बनाउने काम भएको थियो। यसरि पुजा सम्पन भए पश्चात भूमे पुजा को खानपिन ब्यबस्थापन छामा हरिमाया पुर्जा पुन मगर ज्यु र आमा टोलीले बनाएको छ्यांग,जाँड र पुजाको खिर,र सेलरोटि प्रसाद गह्रण गरे पश्चात संस्था को औपचारिक कार्यक्रम शुरुभएको थियो।

भूमे पुजा साथै बार्षिक भेटघाट उत्सबलाई दुईभाग मा सन्चालन गरिएको थियो। पहिलो चरण को कार्यक्रम भूमे पुजा बिहान को ११:०० बजे देखि शुरु भै दिउँसो को १३:०० बजे सम्म भुमिदेउता लाई बिधिवत रुपमा सामूहिक पुजा गरिएको थियो।

त्यस पछि दोस्रो चरण मा बार्षिक भेटघाट कार्यक्रम गरिएको थियो। दियो मा दिप प्रज्वल्लन पुन मगर समाज यु के का जेष्ठ नागरिक भक्तसिङ्ग अर्मजा ज्यु,प्रमुख अतिथि मगर संघ यु के का अध्यक्ष नेम थापा,अधिवासी जनजाति माहासंघ यु के का अध्यक्ष तुल छन्त्याल,क्याप्टेन रिटाएर्ड डि.सि.एम बिर बहादुर पाईजा ज्युले पानस मा बत्ति बालेर कार्यक्रम को उदघाटन गरेका थिए। अध्यक्ष बिल पुर्जा पुन मगर ज्युले सभापति आसनग्रहणपश्चात्,उपाध्यक्ष रगप्रसाद पुर्जा पुन मगर ज्युको स्वागत भाषण साथै उक्त भूमे पुजा कार्यक्रम मा प्रमुख अतिथि मगर संघ यु के का अध्यक्ष नेम थापा मगर ज्यु ,बिशेस अतिथि हरु मा नेपाल पुन मगर समाज का अध्यक्ष हर्क बहादुर पहरे पुन मगर ज्यु,नेपाल आदिबासी जनजाति महासंघ यु के का अध्यक्ष तुल छन्त्याल ज्युहरु ले शुभकामना मन्तब्य दिएका थिए।

औपचारिक कार्यक्रम पस्चात संस्थाका सस्कृतिक सह-सचिब तुलचन्द्र तिलिजा पुन मगर ज्यु ले संचालन गरेको सो कार्यक्रम मा धौलागिरी नौमती बाजा समूह यु के,पुन मगर पुर्ख्येउलि समूह को साथ मा विभिन्न ईलाका देखि आउनु भएका कलाकार साथीहरु,आमाटोलि,भाई-बैनीहरु ले आकर्षक नृत्य हरु देखाउनु भएको थियो। कार्यक्रम को दोस्रो चरणमा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ साथै मिठो लोकभाका र लोकदोहोरी गीतहरु मा सबै दिदिबहिनी र दाजुभाईहरु कम्मर मरकाई-मरकाई नाचेका थिए। यसरि नै प्रतियोगिता मा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। उक्त सांस्कृतिक कार्यक्रममा हिजो हाम्रै गाउँ-घरमा गाईने गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो।यसको साथ मा नेपाल देखि आउनु भएका राष्ट्रिय लोकदोहोरी गायिका जुना श्रीस मगर र राष्ट्रिय लोकदोहोरी गायक बिरु लामा ज्युहरु संग घम्सा घम्सी दोहोरी ले भरपूर्ण मनोञ्जन दिए का थिए। यसैगरी,कार्यक्रम बडो सफलताको साथ सबै ईस्ट्रमित्रहरु ले रमाईलो मानेका थिए।

भने साँझ दिदीबहिनी दाजुभाइहरुको नाचगानसहित एकदमै रमाइलो मनोरञ्जन गरेका थिए। पुन मगर समाज यु के काअध्यक्ष बिल पुर्जा पुन मगर को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम सञ्चालन समाजका महासचिव तेज राम्जाली पुन मगर ज्युले गरेका थिए। कार्यक्रम सहज हुनेगरी जिम्मेवारी बाँडफाँड गरिएको थियो। जसअनुसार टिकट बिक्रीमा कोषाध्यक्ष ललित गर्बुजा पुन मगर ज्यु,उहाँ को श्रीमती र साथीहरु,सहकोषाध्यक्ष अन्जना पहरे पुन मगर,धार्मिक भूमे पूजा को पुजारीहरू मा अम बहादुर पुन मगर,लिल बहादुर गर्बुजा पुन मगर,गम बहादुर गर्बुजा पुन मगर,साथै भुटुवा र खिर पोकाएर मदत गर्नु हुने बल पाईजा, कमल पुर्जा,छबिलाल खोरजा,बल पुर्जा पुन मगर,पेय पदार्थमा लिल अर्मजा पुन मगर र उहाँ को श्रीमती दिल कुमारी अर्मजा, छ्याङ्ग राखेर मिठो छ्याङ्ग बाडनु हुने हरिमाया पुर्जा र मिन कुमारी पुर्जाको खलक हरु साथै आमा समूह का दिदि बहिनीहरु ले असल तरिकाले छ्याङ्ग छान्दै बाडनु भएको थियो।

असाद्धाय राम्रो र मिठो सेलरोटि पोलेर मदत गर्नु हुने हाम्रो पाउदुवारि जिम्माल का खलक श्रीमती पम्फा तिलिजा पुन मगर, श्रीमती बालिका तिलिजा पुन मगर, श्रीमती कृष्णा तिलिजा पुन मगर,र खाना मा मिठो खाना पकाएर खुवाउनु हुने क्याट्रीङ्ग ग्रुपका श्री दिलला तामाङ्ग ज्यु लगायत उहाँ को सहयोगी साथीहरु,साथै साउण्ड स्यस्टममा शुरु देखि अन्तिम सम्म मिठो धुन दिएर मनोरन्जन दिलाउनु हुने हाम्रो श्री चन्द लामा ज्यु ,राफल ड्रमा पुन मगर समाज यु के का महिला अध्यक्ष अम्बु पुर्जा पुन मगर लगायत थप सहयोगमा आमा समूहका सम्पूर्ण आमा समूह खटेका थिए। मनोरञ्जनमा सह-सचिव तुलचन्द्र तिलिजा पुन मगर ज्युले विभिन्न स्थान बाट आउनु भएका कलाकार साथीहरु लाई पालैपालो गित गाउने र नाँच नचाउने गरेका थिए।

पूजाको लागि आवश्यक पर्ने सबै पूजा–सामग्री अध्यक्ष बिल पुर्जा पुन मगर ज्यु उहाँ को श्रीमती मिन कुमारी पुर्जा पुन मगर ज्यु को तर्फबाट प्रायोजन गरेका थिए। कार्यक्रममा समावेश गरिएको राफल ड्रको पुरस्कार प्रथमदेखि सातौ पृष्कार सम्म क्रमशः प्रमुख सल्लाहकार क्या डिसिएम बिर बहादुर पाईजा पुन मगर र उहाँ को श्रीमती, ललित गर्बुजा, सुन पुर्जा पुन मगर,श्रीमती जयाकला पुन मगर,श्रीमती मायाँ देवी गर्बुजा पुन मगर ज्यु, पुन मगर समाज यु के आमा समूहहरु ले, प्रायोजन गरेका थिए। कार्यक्रममा नयाँ आजीवन सदस्यहरुलाई स्वागत गर्दै आजीवन सदस्यको सदस्यता नम्बर दिदै अध्यक्षज्युले खाता लगाई दिएका थिए।कार्यक्रममा उपस्थित सम्पूर्ण लाई धेरै धन्यबाद टक्राउदै हाम्रो सिमे भूमे ले हामी सबै को रक्षा गरुन भन्दै अध्यक्ष बिल पुर्जा पुन मगर ज्युले आफ्नो शिर झुकाउदै जमिनलाई ढोग्दै आर्को साल फेरि यसरि नै भेटने बाचा राख्दै कार्यक्रम अन्त भएको घोषणा गर्नु भएको थियो।

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page