top of page

तिहार देउसी भैलो कार्यक्रम १९ अक्टुबर २०१९।

पुन मगर समाज यु के को महिला समूह को आयोजना मा बेलायत स्थित बोर्नटोक को ओरेन्जहिल कमुनिटि हल मा शुभ दिपावली को अवसर मा देउसी-भैलो र संस्कृतिक कार्यक्रम शनिवार १९ नोबेम्बर २०१९ को दिन मा भव्यता संग मनाए। यो देउसी भैलो गित परापूर्वकाल देखि खेल्दै,रमाईलो गर्दै आएको चलन हो। यस को सुरुवात भने बलिराजा ले गरे को भन्ने सुन्न मा आएको पाईन्छ। यसरि समुह मा सबै मिलेर गाईने गित देउसी भैलो हो। जुन तिहार को बेला मा मात्र यो गित गाईन्छ। हिमाली देश नेपाल को यो एउटा पुरानो संस्कृति हो जस मा पुरुष र महिलाहरु जम्मा भएर आफ्नो छर छिमेकीहरु को घर-घर मा गएर देउसी,भैलो गित गाउदछन। देउसी भैलो खेल्न युवा केटाकेटी मात्रै होईन, प्रौढ र पाका उमेर का सबै मान्छेहरु पनि निकै रमाईलो मान्दछन। ति मद्धय का टोली नाईके ले लय हालेर नाटकीय शैली ले देउसी,भैलो भट्टयाउने र उपस्थित सहभागीहरु सबै ले देउसीरे भन्दै सामुहिक रुप मा नाँच्ने चलन नेपाल को मौलिक विशेषता हो। यसरि नाँच्ने क्रम मा यस घर को मन ठुलो छ,दान पनि ठुलै हुन्छ, देउसी,भैलो लाई मुठी खोलेर दान दिन्छन,मिठा-मिठा परिकार दिन्छन,छाना माथि घिरौला के के दिन्छन हेरौला भन्दै खुब फुर्काईन्छ। त्यसै क्रम मा हामी त्यसै आएका हैनौं, बलिराजा ले पठाए को भन्ने गरिन्छ। यो गित गाउँदा साधारणत: एक जना मुख्य भट्टयाउने ब्यक्ति नै टोलि प्रमुख हुन्छ। समुह का अरु-अरु ब्यक्तिहरु ले संगसगै देउसीरे भन्दै गित को अन्त सम्म गाउने गर्दछन। उधारण को लागि देउसिरे गित यसरि भट्टयाउने गरिन्छ। देउसी टोली को मुख्य ले भन्छ - आहै,देउसीरे भन भन भाई हो समुह का सबै ले एकै साथ - देउसिरे मुख्य - हे राम्ररी भन समुह - देउसिरे मुख्य - आहै,स्वर मिलाई भन समुह - देउसिरे मुख्य - आहै, भन न भन समुह - देउसिरे मुख्य - आहै देउसीरे खेल्न समुह - देउसिरे मुख्य - आहै आएका हामी समुह - देउसिरे भन्दै यस्तै अनुसार दरदेउताहरु लाई सम्झिदै मुख्य टोलि प्रमुख ले भट्टायाउने गरिन्छ। यस्तै प्रक्रिया चल्दै गए पछि देउसी खेलन गए को घरबाट नाङ्गलो मा धुप बत्ति बालेर,चामल,रुपैया पैसा,सेलरोटी पिउने पदार्थहरु जस्तै चिया,पानि,जाँड,रक्सि आदि प्रकार का चिजहरु दिन्छन। यसरि नै सबै देउसी भैलो खेल्नु हुने उपस्थित महानुभावहरु ले दिन वा रातभरि रमाईलो गर्दै गाउँ छिमेक का सबै घरहरु मा डुल्ने गरिन्छ। मुख्य ब्यक्ति टोलि प्रमुख ले गित को अन्त मा गए को घर का सबै जना लाई शुभकामना र आशिष दिन्छन। समुह का मान्छे हरु देउसिरे भन्दै गर्छन। बेलायतवासी पुनमगर हरु ले हिन्दूहरु को महान चाड शुभ दिपावली को अवसर मा देउसी भैलो र संस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न स्थानिय कलाकारहरु संग शुभकामना आदान प्रदान गरेका थिए। समाज का महिला उपाअध्यक्ष अम्बु गर्बुजा लगायत आमा समुह का दिदीबहिनीहरु द्वारा विशेष व्यवस्थापन गरिए को देउसी भैलो भेटघाट कार्यक्रम मा स्थानिय कलाकारहरु संग पुनमगर समाज यू के ले विबिध कार्यक्रम का साथ लक्ष्मी पूजा का दिन भन्दा अगाडि को हप्ता नै गत शनिवार को दिन १९ नोबेम्बर २०१९ बोर्नटोक को ओरेन्जहिल कमुनिटि सेण्टर हल मा तिहार को देउसी भैलो कार्यक्रम धुमधाम का साथ मनाए का थिए। शनिवार दिउसो १३ बजे शुरु गरि बेलुकी साँझ २२:३० बजे सम्म कार्यक्रम संचालन भए को थियो। सचिव तुलचन्द्र तिलिजा ज्यु ले कार्यक्रम को सुरुवात गरेका थिए। सुरक्षा र अरु व्यवस्थापन सम्बन्धी बारे मा सचिव ज्यु ले उपस्थित सम्पूर्ण लाई जानकारी गराउनु भयो। समाजका सल्लाहकारहरु,स्थानीय समुदाय का अगुवाहरु,विशेष ब्याक्तित्वहरु र सबै उपस्थितवर्गहरु लाई समग्र मा आसनग्रहण को अनुरोध गरि सके पछि कार्यक्रम मा अध्यक्ष तेज राम्जाली ज्यु र महिला उपाध्यक्ष अम्बु गर्बुजा ज्युहरु दुवारा पानस मा दिपप्रज्वलन गर्दै कार्यक्रम उदघाटन गरीए को थियो। यसरि बत्ती बालेर उदघाटन गरिए को कार्यक्रम मा बेलायत मा सकृय संघसंस्था का प्रतिनिधिहरु,गन्यमान्य,व्यावसायी,बुद्धिजीवी,कलाकारहरु,नेपाल र नेपाली प्रति सदभाव राख्ने स्थानीय बासिहरु तथा सर्ब साधारण को बाक्लो उपस्थिती रहेको थियो। महिला उपाध्यक्ष श्रीमती अम्बु गर्बुजा ज्यु ले सहभागी सबै लाई स्वागत गर्दै नेपालीहरु को महानचाड दिपावली को उपलक्ष्यक मा उपस्थित भएर तिहार कार्यक्रम को शोभा बढाई दिए को मा सबै लाई धन्यबाद दिदैं बेलायत मा जन्मे हुर्के का नेपाली बाल बालिकाहरु तथा यहाँ का स्थानीय बासिन्दाहरु लाई नेपाल र नेपाली को धर्म,संस्कार,संस्कृति लाई नै पहिचाहन भनिन्छ। यहि पहिचान भाविपुस्ता का युवावर्गहरु लाई सिकाउनु को लागि कार्यक्रम आयोजना गरिए को थियो। सम्पुर्ण स्थानिय कलाकारहरु पुर्खेयाउलि समुह,आमा समुहहरु,बाबा समुहहरु,भान्जाभान्जि हरु,लगायत बालकलाकार नानीहरु को उपस्थिति ले गर्दा हामि महिला समितिहरु लाई धेरै हौसला आउनु को साथसाथै गौरव लागे को छ भन्नु भयो। यसरि नै उपस्थित सबै दाजुभाईहरु लाई सयपत्री फुल को माला लगाउदै स्वागत गरि सके पछि उपस्थित हुनु भएका सम्पूर्ण सदस्यज्युहरु का सपरिवार हरु,दिदीबहिनीहरु,भान्जाभान्जिहरु लाई सयपत्री फुल को माला लगाउदै आमासमुह ले स्वागत गरेका थिए। पिउने पेयपदार्थ पिउदै र डाईनिङ हल मा टिपनटापन खाना खादै गर्दा सन्चालिका श्रीमती मन कुमारी पुर्जा ज्यु ले उपस्थित महानुभावहरु लाई आफ्नो परिचय दिँदै सांस्कृतिक कार्यक्रम को सुरुवात गरेकी थिईन। कार्यक्रम मा अतिनै लोकप्रिय नृत्य बोर्नटोक का स्थानिय बालकलाकारहरु रोहिना चोचाङ्गि,सोनी पाईजा, रकसना फगामी,यासना पुन,भान्जा नगेन्द्र खोरजा,भान्जिहरु सिता पुर्जा,ललिता पुर्जा,रशमी फगामी,पुनम पुन,जेनी चोचाङ्गि,सृष्टि पुर्जा,आमा समुह हेमा चोचाङ्गि, टिका पुन, समिता चोचाङ्गि हरु ले राम्रा राम्रा कुशल नृत्य प्रस्तुत गरेका थिए। त्यस लगतै पुर्खेयाउलि समुह का प्रमुख उपाध्यक्ष बल पुर्जा,संस्थापक निवर्तमान अध्यक्ष बिल पुर्जा ज्यु सक्रिय सदस्य पृथ पुर्जा र रन पाईजाहरु ले राम्रो पुर्खेयौली गित गाउदै मादाले र मारुनुहरु को राम्रो सोरेठि नाँच देखाउनु भयो। तिहार पर्व को झल्को दिने देउसी भैलो कार्यक्रम मा संस्थापक निवर्तमान अध्यक्ष बिल पुर्जा ज्यु ले परम्परागत रुप मा देउसी भैलो गित सुन्दर स्वर मा भटटयाए का थिए र असाध्य रमाईलो भए को थियो। आमासमुह का सम्पूर्ण दिदीबहिनीहरु मिलेर सयपत्री फूलमाला बनाउनु भए को थियो। संस्थापक अध्यक्ष का श्रीमती मिन कुमारी पुर्जा र उपाध्यक्ष का श्रीमती फकतिसा पुर्जा ले मिठा-मिठा सेल रोटि पोलेर उपस्थित सम्पूर्ण पाहुनावर्गहरु र सदस्यहरु लाई खुलाएका थिए। साथै भोजन मा माछा,खसी, कुखुरा को मासु,दालभात,तरकारी सेलरोटी सहित को स्वदिस्ट भोजन उपाध्यक्ष बल पुर्जा दुवारा गोर्खा स्पाईसओर्ल्ड देखि बन्दो बस्त गर्नु भए को थियो। समाज का अध्यक्ष तेज राम्जाली र ग्यान थापा मगरज्यु ले साउण्ड सिष्टम मा तिहार को देउसी भैलो गितहरु साथै गाउँघर तिर उकाली- ओराली मेलापात गर्दा गाईने बिल पुर्जाज्यु को नयाँ सालैजो गितहरु बजाएर दर्शक हरु लाई भरपुर मनोरंजन दिलाए का थिए। पेयपदार्थ को लागि सल्लाहकार हर्क खोरजा,निल पुर्जा,पृथ पुर्जा लगायत बोर्नटोक का स्दस्यज्युहरु ले ब्यबस्थापन गर्नु भयो। कार्यक्रम को झलकहरु क्यामरा मा राख्नु को लागि सुन पुर्जाज्यु ले फोटो लगायत भिडियो खिचे का थिए। यस कार्यक्रम मा संस्थापक अध्यक्ष बिल पुर्जा ले देउसी भैलो गित सुन्दर स्वरमा भटटयाए का थिए। उहाँ को देउसी भैलो गितहरु गाएर उपस्थित श्रोतावर्ग तथा दर्शकहरु को मन जितन र नचाउनु सफल हुनु भए को थियो। यो तिहार को देउसी भैलो कार्यक्रम मा दर्शक महानुभावारु ले २२०० बाईससय यु के पाउण्ड दान खसालेर झन ठुलो उर्जा र हौसला समाज का आमासमूह का दिदीबहिनीहरु लाई बढाई दिनु भए को छ। समाज का कोषाध्यक्ष ललित गर्बुजा ज्यु ले बिमला गर्बुजा,पार्वती पुन र अञ्जना पुर्जा संग देउसी भैलो मा उठेको सबै रकम गनेर उपस्थित सबै लाई सुनाउनु भयो। तिहार उत्सव कार्यक्रम को अन्त्य मा समाज का अध्यक्ष तेज राम्जाली ज्यु ले सम्पूर्ण सहभागी महानुभावहरु लाई धन्यबाद दिदै यो बर्ष २०७६ साल को तिहार पर्व भब्य र सभ्य संग सुसम्पन्न भए को मा महिलावर्ग दिदीबहिनीहरु सबै लाई र बोर्नटोक का सबै सदस्यहरु ले हल को सिङ्गार-पटार गर्नु देखि सास्कृतिक कलाकार हरु लाई नृत्य को लागि तालिम दिएर हामीहरु हरु लाई राम्रा नाचँ देखाउनु भए को साथै समाज को वेबमास्टर उदय गर्बुजा लगायत यहाँहरु सबै लाई म अध्यक्ष को ब्याक्तिगत तर्फ र समाज का कार्यसमितिहरु लगायत सम्पूर्ण सदस्यहरु को तर्फ देखि हृदय देखि नै मुरीमुरी को धन्यबाद दिनु भै फेरी आर्को साल भेटने बाचा राख्दै देउसी भैलो कार्यक्रम समापन गर्नु भयो। "जय पुन मगर समाज यु के" "जय पुन मगर समाज यु के" "जय पुन मगर समाज यु के"

संचारकर्मी

अंग गर्बुजा

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page