top of page

पुन मगर समाज यू के को साधारण सभा सम्पन्न।



पुन मगर समाज यू के को साधारण सभा सम्पन्न।


अल्डरसट । गत ६ जनवरी २०२४ शनिबार को दिन अल्डरसट स्थित सुसिमोटो रेष्टुरेन्ट हल 47 Union Street अल्डरसट मा पुन मगर समाज यू के को अध्यक्ष बल बहादुर पुर्जा मगर को अध्यक्षतामा चौथो कार्यसमिति को प्रथम वार्षिक साधारण सभा सभ्य र भव्यता रुपमा सम्पन्न भएको छ।

समाजका सचिव तुलचन्द्र तिलिजा ले संचालन गरेको कार्यक्रम मा यस अवधिभरी केही आपतकालीन समस्या आईपरे मा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी बारेमा जानकारि दिएका थिए। आयोजित कार्यक्रम को पहिलो चरणमा आमन्त्रित नयाँ सदस्यहरु लाई र उपस्थित सदस्यहरु लाई आशनग्रहण गराउदै कार्यक्रम सुरु भएको थियो। समाजका सिनियर सदस्य कृष्ण बहादुर गर्बुजा ८९ बर्षका बाबा र समाज को बहालवाला अध्यक्ष बल बहादुर पुर्जा मगर ले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रम उदघाटन गर्दै करपकेली बाबा को फोटो मा सम्मान स्वरुप खादा लगाई माल्यार्पण गर्नु भएको थियो।

कार्यक्रम मा सचिव तुल चन्द्र तिलिजा ले समाज को सदस्यहरु गुमाएको सम्झना मा १ मिनेट मौनधारण गरेका थिए। त्यस पश्चात उपाध्यक्ष ममता पुन मगर कार्यक्रम मा उपस्थिति हुनु असमर्थ भएको हुना ले  सचिव आफै ले नै कार्यक्रम लाई सम्बोधन गर्दै स्वागत मन्तव्य दिनु भएको थियो।

त्यस पछि कार्यक्रम सिधै विषयवस्तु मा प्रवेश हुँदै कोषाध्यक्ष चन्द्रराम खोरजा ले बर्ष भरी भएका आम्दानी र खर्चहरु को आर्थिक प्रतिवेदन पेस गरेका थिए। त्यस लगतै महासचिव तुलचन्द्र तिलिजा ले वर्षभरी भएका र गरिएका वार्षिक प्रतिवेदन बताउनु भयो। प्रतिवेदनहरु बारे सभामा उपस्थित महानुभावहरु ले सर्वसम्मतले ताली बजाई सहमति जनाएका थिए।

चौथो अधिवेशन मा ३१ जना कार्यसमिति का सदस्यहरु  गत बर्ष १८/०३/२०२३ को दिन लण्डन मा गठन गरिएको थियो। त्यस पश्चात अध्यक्ष बल पुर्जा मगर को प्रतिवेदन मा विभिन्न संघसंस्थाहरु,सपना रोका, देबि गर्बुजा फाउन्डेसन र नेपाल पुन मगर समाज लाई आर्थिक सहयोग दिएको र अहिले सम्म गरेका र भविष्यमा गरिने भावी योजनहरु को बारेमा सम्पूर्ण उपस्थित सदस्य हरु लाई जान्कारी गराउनु भएको थियो।

दिउँसो को १३:३० बजे टिपनटापन शुरु गरेका थिए। उपस्थित सदस्यहरु ले SUSHI MOTO रेस्टुरेन्ट मा पेयपदार्थ पिउदै एक घण्टा सम्म भलाकुसारी गर्दै टिपन टापन लिएका थिए।

दोस्रो चरण मा साधारण बार्षिक सभा को बैठक को एजेन्डा पोईन्ट मा पर्वेश गरेका थिए। बिधान सम्बन्धि,  भुमे पुजा कहिले र कसरी गर्ने, तिहार देउसी भैलो बारे, हेम बहादुर पुन मगर को शालिक राख्ने बारे छलफल गरियो। यस AGM लाई सफलता पार्नु को लागि मनकारी सदस्यहरु ले यसरी सहयोग गरेका थिए।

१. सदस्य दिलमायाँ गर्बुजा १ बोतल हुस्की

२. सदस्य कृष्ण बहादुर गर्बुजा १ केस कोकोकोला

३. कोषाध्यक्ष चन्द्रराम खोर्जा पेयपदार्थ £ 90.50p

४. सल्लाहकार हर्क खोरजा   £ 70

५. सदस्य तिर्थ बहादुर गर्बुजा  £100.00

६. अध्यक्ष बल पुर्जा मगर  £67.00

७. सदस्य गणेश बुढाथोकी   £ 67.00

यसै गरेर पुन मगर समाज यू के को एउटा PROJECTOR and Screen किन्नु को लागि आर्थिक सहयोग गर्नु हुने मनकारीहरु सह-कोषाध्यक्ष लिल बहादुर अर्मजा £50, सदस्य अङ्ग गर्बुजा £50,बल चोचाङ्गी र पुष्पा चोचाङ्गी £50, ईन्द्रमान खोर्जा £50 र नेत्र गर्बुजा £50 यहाँहरु ले आर्थिक सहयोग गर्दै कोषाध्यक्ष चन्द्रराम खोरजा लाई हस्तान्तरण गरेका थिए। हाम्रो समाज को सल्लाहकार तेज राम्जाली र उहाँको श्रीमती पुर्ण मायाँ आले राम्जाली पुन मगर ले समाज को भूमे पुजा मा रांगा हान्ने भोजपुरे खुकुरी सौजन्य गर्ने हुने भएको छ।


सभामा उपस्थित साधारण सदस्यहरु को संस्थाप्रती को चासो,जिज्ञासा र प्रश्नहरु बारे मा अध्यक्ष बल पुर्जा मगर र सचिव तुलचन्द्र तिलिजा ले सुल्झाएका थिए।

बिहान ११: ५० बजे बाट सुरु भएको कार्यक्रम बेलुकी को ५ बजे सम्म भएको थियो।

कार्यक्रम को अन्तयमा समाज का अध्यक्ष बल बहादुर पुर्जा मगर ले उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै  साधारण सभा बिसर्जन गरेका थिए।

निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रम पश्चात गरिएको मनोरञ्जन कार्यक्रममा सचिव तुलचन्द्र तिलिजा ले उपस्थित दाजुभाई दिदिबहिनीहरु लाई छमछम्ती नचाएर सबै ले भरपुर मनोरञ्जन लिएका थिए। 


जये पुन मगर समाज यू के

Comentários


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page