top of page

भूमेपुजा

ree

एभरेस्ट टाइम्स युके का प्रबन्ध निर्देशक दुत पुन मगर।

पुन मगर समाज युके को भूमेपुजा भब्यरुप ले सम्पन्न।


शनिबार २८ जुन २०२५ - बेलायत। पुन मगर समाज युके को भूमेपुजा मेला बेलायत को फार्नबोरो मा बिधिपुर्वक भूमिको पुजा गरेर भब्यरुप ले सम्पन्न भएको छ।


भूमेपुजा मा मेजन पुन मगर दुवारा लिखित "पुन मगर" भन्ने पुस्तक मेलाको प्रमुख अतिथि तथा मगर संघ युके का अध्यक्ष लाल बहादुर पुन मगर (लालु) लगायत उपस्थित पाहुनाहरु ले लोकार्पण गरेका छन।


मेला मा नेपाल बाट बेलायत आएका लोकप्रिय कलाकारहरु प्रेम विवस घर्ती मगर, अनुपा रोका मगर, रमिला बुढा मगर र गगन पुन ले उपस्थित दर्शकहरु लाई भरपुर मनोरञ्जन दिएका थिए।


त्यस्तै स्थानीय कलाकारहरु गिता पाईजा,सोनिया पुन, मिलन थापा, आरुसी पुन, रोजि अधिकारी, जेनि चोचाङ्गी, अस्मिका पुन, हेमा पुन, टिका पुन, देबि पुन स्मिता पुन, जस्लिन पुन, देजि पाईजा र अन्जना पुन ले आ-आफ्नो नृत्य प्रस्तुत गरेका छन।


भूमेपुजा मेला मा संस्थापक अध्यक्ष बिल पुर्जा को नेतृत्व मा पुन मगर हरु को पुर्ख्यौली नृत्य र धौलागिरी नौमती बाजा आ-आफ्नो नृत्य तथा कला प्रस्तुत गरेका छन।


पुन मगर समाज युके ले भूमेमेलामा नयाँ सदस्यहरु लाई स्वागत गरेका छन भने रोयेल मिलिटरी एकाडेमी मा स्याण्डहर्ष्ट बाट कमिसन भएका लेफ्टेनेन्ट कमल पुन मगर लाई सम्मान गरेका छन।


भूमेपुजा मा मगर संघ युके का अध्यक्ष तथा प्रमुख अतिथी लाल बहादुर पुन मगर (लालु) र निवर्तमान अध्यक्ष सीता पुन मगर शुभकामना मन्तब्य दिएका छन। भूमेपुजा कार्यक्रम सचिव तुल चन्द्र तिलिजा पुन मगर ले संचालन गरेका छन भने सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव खिम पुन मगर ले संचालन गरेका छन।


अध्यक्ष बल बहादुर पुर्जा मगर को अध्यक्षता मा सम्पन्न भूमेपुजा को प्रमुख अतिथी मगर संघ युके को अध्यक्ष लाल बहादुर पुन मगर थिए भने विशेष अतिथिमा बेलायत का लागि नेपाली दूतावास का तेस्रो सचिब झुपलाल पुन मगर थिए।


त्यस्तै अन्य अतिथिहरु मा तमु धिं युके का अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, खामभाषी मगर समाज युके का अध्यक्ष लिला पुन मगर, फोनिज युके का अध्यक्ष बम सुर्यवंशी थापा मगर, मगर संघ युके का संरक्षक धन थापा मगर, कृष्ण थापा मगर, मगर संघ युके का पुर्व अध्यक्षहरु कुल बहादुर थापा मगर, दुत पुन मगर, नेम थापा मगर, सुनिल राना मगर, निवर्तमान अध्यक्ष सिता पुर्जा पुन मगर, ट्रष्टी जमुना पुन मगर, वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, उपाध्यक्ष गुमानसिङ थापा मगर, महा सचिब गोमन पुन मगर, पुर्व उपाध्यक्ष अनिता राना मगर, सुईन्डन साखा का पुर्व अध्यक्ष कुमार राना, बागलुङ समाज का अध्यक्ष खडग थापा मगर, पुर्व अध्यक्ष छवि माँया पुन मगर, म्याग्दी जिल्लाको भुतपुर्व सांसद नर बहादुर पुन मगर, मगर संघ युके युएज एसबिजी साखा का गणेश बुराथोकी, नेपाल मगर संघ म्याग्दी को संस्थापक अध्यक्ष मुक्ति रोका, मेजर राम पुन, पर्वत वल्फेर सोसाइटी युके का अध्यक्ष सुरज पौडेल र मगर संघ अमेरिका का पुर्व अध्यक्ष क्याप्टेन दल बहादुर रोका मगर लगायत धेरै अतिथिहरु को उपस्थिति रहेको थियो।


भूमेपुजा मेलामा अध्यक्ष बल बहादुर पुर्जा मगर ले भूमेपुजा को जाँड बनाउने छामा समुह, पेय पदार्थ समुह, खानपिन समुह, प्रवेशद्वार कन्ट्रोल समुह, सांस्कृतिक समुह, पाहुना सत्कार समुह, धौलागिरी नौमती बाजा समुह, पुर्ख्यौली समुह, पुजाउरे समुह, कलाकारहरु, उपस्थित पाहुनाहरु र आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगदाताहरु धेरै धन्यवाद दिएका छन भने सम्पुर्ण नयाँ सदस्यहरु र लेफ्टेनेन्ट कमल पुन मगर लाई हार्दिक बधाई भनेका छन। 


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page