top of page

Meeting

पुन मगर समाज यु के को तिहार उत्सव देउसी भैलो कार्यक्रम तयारी बैठक सम्पन्न भए को छ।शनिवार २८ सेप्टेम्बर २०१९ मा Gurkha Spice World Restaurant Green ford को हल मा अध्यक्ष तेज राम्जाली ज्यु को सभापतित्व मा बैठक दिउसो को समय १३:०० बजे देखि १७:०० बजे सम्म सम्पन्न भए को हो।बैठक मा समाज का सल्लाहकारहरु मनबिर पाईजा, हर्क खोरजा, समाजका उपाध्यक्ष बल पुर्जा, कार्यसमितिका सदस्यहरु, अन्य आजिवन सदस्यहरु लगायत आमाबुवा, दाजुभाईदिदीबहिनीहरु को बाक्लो उपस्थिति थियो। बैठक मा कार्यक्रम संचालन पुन मगर समाज यु के का सचिव तुल चन्द्र तिलिजा संचालन गरेका थिए। भने बैठक को सुरु मा स्वास्थ्य र सुरक्षा को बारेमा जानकारी दिएका थिए त्यस पश्चात समाज का अध्यक्ष तेज रामजाली ज्यु ले कार्यक्रम लाई अगाडी बढाउनु को लागि (अनुमति)निर्देशन दिएका थिए। सामाज का कार्यसमिति का महिला उपाध्यक्ष अम्बु गर्बुजा को संयोजकत्व मा तिहार उत्सव को देउसी भैलो आउदो शनिवार १९ अक्टुब र २०१९ को दिन Walting Community Hall 145 Orange Hill ROAD Edgware HA8 0TR London हल मा संचालन हुने जानकारी दिए। हल खुल्ने समय १२:३० बजे हल सेट अप सुरु गरेर पार्टी सुरु १३:०० देखि २३:०० बजे तिहार देउसी भैलो पार्टी अन्तय हुने जान्कारी दिए। देउसी भैलो कार्यक्रम लाई भब्यता संग मनोरञ्जन दिनु को लागि भान्जी हरु विभिन्न नाच, आमापार्टी को नाच, बाबाटोली को नाच, पुर्ख्याउली सोरेठिसमूह लगायत देउसी भैलो त्यार पार्ने र सचिब तुल चन्द्र तिलिजा लगायत साथिहरु ले देउसी भैलो भट्टयाउने त्यार पार्ने निर्णय गर्नु भयो। यस तिहार कार्यक्रम लाई संचालन गर्नु को लागि महिला बिभाग का उपाध्यक्ष अम्बु गर्बुजा र मन कुमारी पुर्जा लाई जिम्मेवार दिनु भए का थियो। यो तिहार पार्टी को सबै बन्दोबस्त (आमापार्टी) महिलासमूह ले जिम्मेवार लिनु भएका छन। यस कार्यक्रम मा उपस्थित आजिवन सदस्य का सम्पूर्ण परिवारहरु लाई भरपुर मनोरञ्जन दिलाउने साथसाथै नयाँ आउनु हुने आजिवन सदस्यहरु लाई पुन मगर समाज यु के मा स्वागत गर्दै दर्ता गराउने काम पनि जारी नै हुनेछ। तसर्थ यहाँहरु ले आफु ले चिने जाने का हरु लाई समाज म सदस्यता ग्रहण गराउनु पनि अपिल गर्दछौ। यो तिहार पर्व मा आमा समूह ले आयोजना गर्नु हुने देउसी भैलो कार्यक्रम मा सम्पूर्ण सदस्यहरु उपस्थिति भै कार्यक्रम लाई भब्बय र सब्भय सफल पारि दिनु हुन को लागि यहाँहरु संग हार्दिक निमन्त्रणा गर्दछौ। जय पुन मगर समाज यु के।

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page