top of page

पुन मगर समाज यू के को अध्यक्ष मा बल पुर्जा


लण्डन

पुन मगर समाज यू के को अध्यक्ष मा बल पुर्जा चयन भएका छन।

गत शनिवार ०८ फेव्रोवरी २०२० का दिन मा सम्पन्न हाररो स्थित फुटबल कलव मा साधारणसभा र तेस्रो अधिवेशन बाट अध्यक्ष मा निर्विरोध निर्वाचित भएका हुन। नयाँ कार्यसमिति को उपाध्यक्ष मा तुल चन्द्र तिलिजा महिला उपाध्यक्ष मा मन कुमारी पुर्जा महासचिव मा कमल पाईजा कोषाध्यक्ष मा चन्द्रराम खोरजा सहसचिव मा रुद्र चोचाङ्गि सहकोषाध्यक्ष मा लिल अर्मजा सांस्कृतिक सचिव मा खिम पुन र सांस्कृतिक सहसचिव मा हिमानी चोचाङ्गि चयन भएका छन। त्यस्तै सदस्यहरु मा रन पाईजा छक तिलिजा अञ्जना पुर्जा चित्र गर्बुजा मेषमान पुर्जा पार्वती पुन गम गर्बुजा लिल पुर्जा बल पुर्जा कृष्ण तिलिजा खिम पुन र मेडिया सचिव मा अंग गर्बुजा चयन भए का छन। बल पुर्जा को अध्यक्षता मा २१ सदस्यीय कार्यसमिति चयन भएको थियो।

सल्लाहकारहरु मा संस्थापक अध्यक्ष बिल पुर्जा निवर्तमान अध्यक्ष तेज राम्जाली निवर्तमान महिला उपाध्यक्ष अम्बु गर्बुजा क्याप्टेन कृष्ण पुन क्याप्टेन राम पुन हर्क खोरजा मन पुर्जा मन्बिर पाईजा र भिम चोचाङ्गि चयन भए का छन। नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमिति का पदाधिकारी तथा सदस्यहरु र सल्लाहकारहरु सबै लाई प्रमुख निर्वाचन आयुक्त श्री हर्क खोरजा पुन मगर सचिव मन बहादुर पुर्जा पुन मगर ले शपथग्रहण गराए का थिए। निर्वाचन समितिहरु मा मन पुर्जा हर्क खोरजा र बिल पुर्जा आयुक्त थिए। कार्यक्रम मा नवनिर्वाचित अध्यक्ष बल पुर्जा ले समाज लाई दरिलो संग अगाडि लैजाने र संस्था लाई आर्थिक रुपमा सवल बनाउने लगायत का बचनबद्धता ब्यक्त गर्दै सबै लाई धन्यबाद दिए।

कार्यक्रम का प्रमुख अतिथि भिम चोचाङ्गि विशेष अतिथि बहु चर्चित कलाकार सरु थापा र अध्यक्ष तेज राम्जाली ले पानस मा दिप प्रज्ज्वलन शुभारम्भ भए को कार्यक्रम मा विशेष अतिथि सरु थापा ले साधारणसभा र अधिवेशन पूर्णरुप मा सफलता को शुभकामना दिदै आफु ले पुन मगर समाज यू के संग आउँदो समर भेटघाट कार्यक्रम मा भेटने बाचा प्रतिवध्दता ब्यक्त गरेकी थिईन।यस कार्यक्रम मा सचिव तुल चन्द्र तिलिजा नेपाल छुट्टी मा भए को हुना ले अध्यक्ष तेज राम्जाली ले वर्षभरि गरिए को वैदिक कार्यक्रम साथ समाज का गतिविधिहरु को सम्पूर्ण विवरण पेस गरेका थिए। त्यस्तै कोषाध्यक्ष ललित गर्बुजा को स्वास्थ्य मा अलि बिरामी हुनु भए को ले गर्दा उहाँ को प्रतिबेदन तेज राम्जाली ले संस्था को आय-व्यय प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण सदस्यहरु लाई जानकारी गराए।

कार्यक्रम मा ६५ जना भन्दा बढि सदस्यहरु को बाक्लो उपस्थ्ति रहे को साधारणसभा मा आगामी दिन हरु मा काम गर्न सहज होस भन्ने उद्धेश्य अनुरुप सर्वसम्मत ले बिधान मा संशोधन गरिए को थियो। कोषाध्यक्ष चन्द्र राम खोरजा मगर ले पुन मगर समाज यूके को ठुलो भेनर बनाई दिने बचन दिनु भए को छ। अधिवेशन सफल गराउनु को लागि आर्थिक सहयोग गर्नु हुने मनकारीहरु मा सल्लाहकार क्याप्टेन कृष्ण पुन £१००अध्यक्ष बल पुर्जा £१०० निवर्तमान अध्यक्ष तेज राम्जाली £५० सोममायाँ पुर्जा £५० सुन पुर्जा £३० बिमला गर्बुजा £३० र दिलमायाँ चोचाङ्गि £२० दिनु भै समाज लाई मद्धत पुराए का थिए। खाजा को लागि सेलरोटी र आलुदम बनाउनु हुने दिदीबहिनीहरु मिनकुमारि पुर्जा मगर फकतिसा पुर्जा मगर लुलदेबि गर्बुजा र दिल कुमारी तिलिजा ले गर्नु भए को थियो। साथै (मेसिङ्ग)भात मासु दाल र चटनी को लागि मायाँपब का मन पुर्जा दुवारा बन्दोबस्त गरेर स्वादिलो र मिठो भोजन खुलाउनु भयो। साउण्ड स्यस्टेम मा ज्ञयान थापा ले मद्धत गर्नु भयो। वेबमास्टर उदय गर्बुजा र युथकोर्डिनेटर सुदिप पुर्जा मगर ले युवावर्ग लाई पनि कुनै प्रोग्रामहरु राख्नु दिनु होस। र समाज मा घुलमिल भएर युवावर्ग लाई पनि सिकाउदै लैजाने र सिकने अवसर दिनु होस भन्नु भयो। पुन मगर समाज यू के को अध्यक्ष तेज राम्जाली को अध्यक्षता मा सम्पन्न कार्यक्रम लाई महासचिव कमल पाईजा ले सञ्चालन गरेका थिए।

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page