top of page

पुन मगर समाज यु के को पहिलो अधिवेशन ०७ जनवरी२०१७

अल्डरसोट

गत शनिबार ०७ जनवरी २०१७ को दिन माअल्डरसोट स्थित एम्पाईर बान्कुईटिंग हल यु के भवन को तेस्रो तल्ला मा सम्पन्न पुन मगर समाज बेलायत को पहिलो अधिवेशन मा बिल पुर्जा ज्युको अध्यक्षता मा प्रमुख अतिथि कृष्ण गर्बुजा पुन मगर ज्यु र बिशेष अतिथि मान बहादुर खोरजा पुन मगर ज्यु रहनु भएको थियो। कार्यक्रम को शुरुवात मा उपसचिव तुल चन्द्र तिलिजा ज्यु लेहल को बारे मा र हेल्थ एण्ड सेफ्टी को बारेमा उपस्थित सदस्यज्युहरु लाई जानकारी गराउनु भएको थिए। त्यस पछाडी सचिव तेज राम्जाली पुन मगर ज्यु ले कार्यक्रम सञ्चालन गरेका थिए।

पुन मगर समाज बेलायत को पहिलो साधारणसभा लाई पुन मगर समाज यु के का संस्थापक अध्यक्ष बिल पुर्जा पुन मगर ज्यु,प्रमुख अतिथि कृष्ण गर्बुजा पुन मगर ज्यु र बिशेष अतिथि मानबहादुर खोरजा पुन मगर ले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उदघाटन गरेका थिए। पुन मगर समाज यु के का अध्यक्ष बिल पुर्जा पुन मगर ज्यु को अध्यक्षता मा सम्पन्न भएको पहिलोअधिवेशन को साधारणसभा मा वरिष्ठ उपाध्यक्ष रग प्रसाद पुर्जा पुन मगर ज्युले स्वागत मन्तब्य प्रकट गरेका थिए। उपाध्यक्ष रग प्रसाद पुर्जा ज्यु ले उपस्थित माहानुभाव हरु र सम्पूर्णसदस्यज्यु हरु लाई स्वागत गर्दै यहाँ हरु को उपस्थिति ले गर्दा आज को कार्यक्रम को शोभा बढाई दिएको मा खुशी ब्यक्त गर्दै धन्यबाद दिनु भएको थियो।

यसै कर्म मा पुन मगर समाज यु के मा नयाँ सदस्य बन्नु भएका सदस्य ज्युहरु लगायत गत तिन बर्ष मा समाज भित्र मनधन लगाएर आर्थिक भौतिक र नैतिक मद्दत पुर्याउनु हुने सम्पूर्ण सदस्यज्युहरु लाई प्रमुख अतिथि कृष्ण गर्बुजा पुन मगर ज्यु र अध्यक्ष बिल पुर्जा पुन मगर ज्युहरु ले खादा लगाएर स्वागत गर्दै धन्यबाद दिनु भएको थियो। पुन मगर समाज यु के का सदस्यज्युहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम मा सचिव तेज राम्जाली पुन मगर ज्युले वार्षिक प्रतिवेदन पेश गरेका थिए। र कोषाध्यक्ष ललित गर्बुजा ज्यु ले समाज को कोष बारेमा आएबेय सम्पूर्णहरहिसाबहरु को प्रतिवेदन पेश गरेका थिए। उपाध्यक्ष रग प्रसाद पुर्जा पुन मगर ज्यु ले हामि पुन मगरहरु को संस्कार तथा संस्कृतिको बारेमा बोलेका थिए। त्यस्तै आमा समूहकी अध्यक्षअम्बु पुर्जा पुन मगर ज्युले र समाजसेवी अन्जना पहरे पुन मगर ज्युले पनि आ–आफ्नो भनाई हरु राखेका थिए। त्यस्तै गरि युवा कलाकार सुश्री मनु गर्बुजाज्यु ले समाज को लागि सुझाव रसल्लाहाहरु दिनु भएको थियो।

अध्यक्ष बिल पुर्जा ज्यु ले आफ्नो कार्य अवधि सम्म मा समाज ले के कस्ता राम्रा कामहरु गरियो भनेर उपस्थित सम्पूर्ण माहानुभावहरु लाई जानकारी गराउदै उहाँ को कार्यसमिति ज्युहरु साथैसम्पूर्ण सदस्यज्युहरु लाई धन्यबाद दिदै कार्यक्रम मा अध्यक्ष ज्यु ले सबै को साथ र सहयोग ले गर्दाआफुले प्रतिबद्ध गरेका केही कुराहरु पुरा गरिए को बताउँदै आफ्नो कार्यकाल मा सहयोगगर्नुहुने आजीवन सदस्य, सल्लाहकार, कार्यसमिति,आमा समूह, युवा र अग्रजहरु सम्पुर्ण मा हार्दिक धन्यवाद दिँदै अध्यक्ष बिल पुर्जा ज्यु ले अव हुनेवाला नयाँ अध्यक्ष ज्यु लगायत नयाँकार्यसमिति ज्युहरु लाई पनि सम्पूर्ण सदस्यज्युहरु ले मलाई जस्तो गरेरअझै राम्रो सहोग गर्नु हुनेछन भनि म बिश्वास गर्दछु भन्दै साधारण सभालाई बिघटन गर्नु भए को थियो। अध्यक्ष ज्यु लेपहिलो चरण को कार्यक्रम समापन गरेका थिए।

यसरि नै दोस्रो चरण को बन्द सत्र निर्णायक मण्डल का निर्वाचन समिति का संयोजक सचिव मन पुर्जा ज्यु ले दोस्रो चरण को निर्वाचन कार्यक्रम सन्चालन गर्नु भएको थियो। निर्वाचन समिति

का सचिव मन बहादुर पुर्जा पुन मगर ज्यु को संयोजकत्व मा मनबिर पाईजा पुन मगर ज्यु र हर्क खोरजा पुन मगर ज्यु सदस्य रहेको निर्वाचन समितिले निर्वाचन तालिका अनुसार निर्वाचनसम्पन्न गराएका थिए। त्यस दिन मा पुन मगर समाज यु के को पहिलो अधिवेशन ले नयाँ कार्यकारिणी पदाधिकारिहरु चयन गरेको छ। पुन मगर समाज बेलायत का निबर्तमान सचिव तेजराम्जाली पुन मगर ज्यु लाई समाज ले अध्यक्ष को गरिमामय स्थानमा निर्विरोध चयन गरेको छ। उपाध्यक्ष बल पुर्जा पुन मगर ज्यु र महिला उपाध्यक्ष मा अम्बु पुर्जा पुन मगर ज्यु लाई निर्विरोधचयन गरेको छ। त्यस्तै गरेर सचिव मा तुलचन्द्र तिलिजा पुन मगर, उपसचिव मा गङ्ग खोराजा पुन मगर,कोषाध्यक्ष मा ललित गर्बुजा पुन मगर सह-कोषाध्यक्ष लिल अर्मजा ज्युहरु निर्विरोधनिर्वाचित भएका छन। सचिव तुलचन्द्र तिलिजा पुन मगर यसभन्दा अगाडी उपसचिव मा थिए। भने कोषाध्यक्ष ललित गर्बुजा पुन मगर पूर्वकोषाध्यक्ष मा हुनु हुन्थियो। त्यस्तै सदस्यहरु मा युवाको तर्फ देखि युथ टिम लिडर सुश्री मनु गर्बुजा ज्यु निर्वाचित हुनु भयो। र केन्द्रिय सदस्यज्यु हरु मा चन्द्रराम खोरजा मगर ज्यु, चित्र गर्बुजा ज्यु, रन पाईजा ज्यु, छक तिलिजा ज्यु, सुश्री अञ्जनापुर्जा ज्यु, पार्वती पुन मगर ज्यु, मनकुमारी पुर्जा ज्यु, बिमला गर्बुजा ज्यु र सांस्कृतिक सचिव खिम पुन मगर निर्विरोध निर्वाचित भएका छन। पुन मगर समाज बेलायत का सम्पुर्ण बाबा-आमाज्युहरु दाजु-भाईहरु तथा दिदी-बहिनीहरु को तर्फ बाट निर्वाचित नयाँ कार्यसमिति ज्युहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभ कामना ब्यक्त गर्दछौ।

यसै गरी निबर्तमान अध्यक्ष बिल पुर्जा पुन मगर ज्यु र निवर्तमान उपाध्यक्ष रग प्रसाद पुर्जा सल्लाहकार मा प्रवेस गर्नु भएको छन। साधारणसभा मा संस्थापक अध्यक्ष बिल पुर्जा पुन मगर,पूर्वउपाध्यक्ष रग प्रसाद पुर्जा पुन मगर,पूर्व सचिव तेज राम्जाली पुन मगर,पूर्व सहसचिव तुलचन्द्र तिलिजा पुन मगर,सलाहाकार मन पुर्जा पुन मगर ज्युहरु ले शुभकामना मन्तब्य दिएका थिए।

दोस्रो चरण को कार्यक्रम पश्चात निर्वाचन समितिका संयोजक मन बहादुर पुन मगर ज्यु को संयोजकत्व मा मनबीर पाईजा पुन मगर ज्यु र हर्क खोरजा पुन मगर ज्यु सदस्य रहेको निर्वाचनसमितिले निर्वाचन तालिका अनुसार निर्वाचन समिति ले निर्वाचन प्रकृया लाई सुचारु रुप ले अगाडि बढाएका थिए। सो अवसर मा साधारणसभा मा भाग लिनु भएका सदस्य ज्युहरु लेआगामी नेतृत्व चयन का बारेमा आ–आफ्नो भनाई हरु राखेका थिए। त्यस पश्चात निर्वाचन समितिका संयोजक मन पुन मगर ज्युले पुन मगर समाज युके को दोस्रो कार्यसमिति को सबै पदमानिर्विरोध निर्वाचित भएको जानकारी गराउँदै नयाँ कार्यसमिति को नाम सुनाएका थिए।

मगर यु के का पदाधिकारी ज्युहरुआर्को कार्यक्रम मा भाग लिनु परेको हुनाले उहाँहरुअन्तिम समय मा पुन मगर समाज बेलायत को कार्यक्रम मा उपस्थित हुनु भएको थियो। प्रमुख अतिथि मगर संघ यु के का अध्यक्ष नेम थापा,निबर्तमान अध्यक्ष दुत गर्बुजा, श्रीमती जमुना गर्बुजा, माहा

सचिव लाल पुन, सदस्य धन बुढा मगर, मोना यु के का महिला उपाध्यक्ष लिला पुन, मोना यु केका माहासचिव योग कुमार फगामीज्युहरु को उपस्थिति थियो। मगर संघ यु केका अध्यक्ष नेम थापा मगर ज्यु ले सबै संघ संस्थाहरु खोल्नु सक्दछ र यदि मगर भित्र पर्दछ भने मगर झण्डाअगाडी बोकेर हिडनु सक्नु पर्दछ। बल्ल मात्र मगर संघ यु के र नेपाल मगर संघ ले पछाडी देखि सहयोग गर्नु मिल्दछ। र हामीहरु मद्दत दिनु र सहयोग गर्नु पनि आतुर भएका छौ भन्नु भयो।अन्तमा नवनिर्वाचित अध्यक्ष तेज राम्जाली ज्यु लगायत सम्पूर्ण निर्वाचित पदाधिकारीज्यूहरु र कार्यसमितिका सदस्यज्युहरु लाई मगर संघ यु के को तर्फ देखि खादा लगाईदिदै बधाई दिनुभयो।

तेज राम्जाली पुन मगर लाई यसरि चिनिन्छ।

पुन मगर समाज यु के मा तेज राम्जाली पुन मगर ज्यु को नाम नौलो होईन। बेलायत को नेपाली समाज जुन सुकै होस उहाँ तेज राम्जाली ज्यु को उपस्थिति देखिएकै हुन्छ। मगर संघ यु के, हेलिंगडोन गोरखा कमुटी का अध्यक्ष, म्याग्दी मोना यु के, राहुघाँट सेरेफेरो समाज यु के, होउन्स्लोव मगर संघ यु के,नेपाली समाज यु के,यस्तै थुप्रै-थुप्रै बिभिन्न संघसंस्थाहरु मा आबध्द भएरकाम गरी सक्नु भएको छ। तेज राम्जाली भन्ने बित्तिकै उहाँ को नाम अग्रपंक्ति मा आउने गर्दछ। पुन मगर समाज यु के को पहिलो निर्वाचन को सचिव कार्यकाल मा सफल जिम्मेवारी पछिउनी पुन मगर समाज यु के को दोस्रो अधिवेशन ले कार्यसमिति को अध्यक्ष पद मा निर्विरोध निर्वाचित भएका हुन। उहाँ पुन मगर समाज यु के सँग-सँगै एन.आर.एन.ए. यु के,हेलिंगडोनगोरखा कमुटीका अध्यक्ष मा पनि त्यत्तिकै सक्रिय र सधैभरि ब्यस्त नै देखिन्छन।

म्याग्दी जिल्लाको भुरुङ्ग गाउँ मा जन्मे हुर्के का तेज राम्जाली भुरुङ्ग तातो पानी श्री सर्वोदय उच्च मा बि भुरुंग देखि पढाई शिक्षा को शुरुवात गर्नु भै पढाई को शिलसिला मा पढाई लाईनिरन्तरता रुपले अगाडी बडाउदै भुरुङ्ग तातोपानी श्री सर्वोदय उच्च मा बि भुरुंग देखि घार मुक्तिमार्ग हाईस्कुल मा शिक्षा हासिल गर्दै त्यहाँ देखि पोखरा को पृथ्वीनारायण बहुमुखी क्याम्पसपोखराबाट शिक्षा शास्त्र बिभाग को मुख्य अग्रेजी विषय मा प्रविणता प्रमाणपत्र तह सम्म को अध्यन गरेका छन। अध्यन कै क्रममा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका तेज राम्जाली गोरखाट्रान्सपोर्ट रेजिमेनट मा (बाबुजी) क्लर्क डिपार्टमेन्ट मा काम गर्नु भएका थिए। उहाँ ले सेनाबाट अवकाश लिएपछि बेलायत मै आफ्नै परिवार संग नर्थफिल्ड पार्क हेज लण्डन मा बस्दै आएकाछन। आफ्नो काम को सिलसिला सँगसँगै थुप्रै संघसंस्था हरु मा समेत संग्लगन रहेका तेज राम्जाली ज्यु ले समाज सेवामा पनि त्यत्तिकै समय दिँदै आएका छन। अत्यन्त मेहनती र सरलस्वभावका अरु लाई धेरै मद्दत गर्ने बानी भएका तेज राम्जाली हाल उहाँ को श्रीमती पुर्ण माया राम्जाली पुन मगर ज्यु र छोरा एल्भिस राम्जाली पुन मगर सँग नर्थफिल्ड पार्क हेज लण्डन माबस्दैछन।

“जये पुन मगर समाज यु के”

भवदीय

अङ्ग गर्बुजा पुन मगर

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page