top of page

घाईते गायिका सीता पाईजा थापा को उपचार मा पुन मगर समाज यू के बाट आर्थिक सहयोग।

घाईते गायिका सीता पाईजा थापा को उपचार मा पुन मगर समाज यू के बाट आर्थिक सहयोग।

By हरिकृष्ण गौतम December 1

लोक तथा दोहोरी गायिका सीता थापाको उपचारमा पुन मगर समाज यूकेले आर्थिक सहयोग गरेको छ । सांगितिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा स्टेजमै लडेकी थापाको उपचारमा संकलन गरिएको समाजले २ लाख १३ हजार समाजका सल्लाहकार मनवीर पाईजा पुन मगर, म्याग्दी कलाकार संघका उपाध्यक्ष सम्भोज मल्ल,सचिव राम गगन, कोषाध्यक्ष पूर्न थापाले अस्पतालमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

पश्चिम म्याग्दीको दरवाङमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको गत असोजको तेस्रो दोस्रो महाधिवेशनमा सांगितिक कार्यक्रम प्रस्तुत गर्दा गम्भीर घाईते भएपछि तत्काल उपचारका लागि पठाइएको थियो । म्याग्दीको बेनपा- १० वाखेत स्थायी घरभई हाल काठमाण्डौमा बस्नै थापा मगर समुदायको पहिचानको रुपमा चिनिने थाली नाचको सर्जक समेत हुन् ।

थाली नाचको प्रचारप्रसारमा सक्रिय रहेकी थापा घाईते भएपछि म्याग्दी काठमाण्डौ कलाकार मञ्चले समेत उपचारमा आर्थिक सहयोग जुटाइरहेको छ । काठमाण्डौको नर्भिक अस्पताल र थेरापी गरिरहेकी थापाको बायाँ हात खुट्टा अझै चलेको छैन् । थापाको उपचारमा थप सहयोगको आवश्यकता रहेको म्याग्दी काठमाण्डौ कलाकार मञ्चले जनाएको छ ।

 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page