top of page

लण्डन स्थित नोर्थोल्ट मा पुन मगर समाज यु के ले साँस्कृतिक कार्यक्रम सहित तिहार मनाए।

लण्डन स्थित नोर्थोल्ट मा पुन मगर समाज यु के ले साँस्कृतिक कार्यक्रम सहित तिहार मनाए।

१४ अक्टोबर २०१७ लण्डन

बेलायतवासी पुनमगर हरु ले हिन्दूहरु को महान चाड बिजया दशमी तथा शुभ दिपावली को अवसर मा एक संस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरु संगै शुभकामना आदान प्रदान गरेका छन। पुन मगर समाज यु के का महिला उपाअध्यक्ष अम्बु गर्बुजा लगायत आमा समूह का दिदीबहिनीहरु द्वारा विशेष व्यवस्थापन गरिए को देउसी भैलो भेटघाट कार्यक्रम मा पुनमगर समाज यू के ले विविध कार्यक्रम का साथ लक्ष्मी पूजा का दिन भन्दा अगाडि को हप्ता नै गत १४ अक्टोबर शनिवार को दिन नोर्थोल्ट पार्क सोसिएल कलव मा तिहार को देउसी भैलो कार्यक्रम धुमधाम का साथ मनाए को हो। शनिवार दिउसो साढे १२ बजे शुरु गरि बेलुकी साँझ १० बजे सम्म संचालन भए को कार्यक्रम मा प्रमुख अतिथि मगरसंघ यु के का महिला उपाध्यक्ष सिता पुनमगर र उहाँ कि श्रीमान भव बहादुर पुनमगर, अतिथिवर्ग भोजपुर समाज यु के का बर्तमान अध्यक्ष कृष्ण बहादुर राई, गोर्खा स्पाईस ओर्ल्ड का महाप्रबन्धक कृष्ण बहादुर तुलाचन, मगर संघ यु के वेस्ट लण्डन ब्रान्च का सल्लाहकार थमन थापामगर र उहाँ का श्रीमती लालशुवा थापामगर, श्रीमती टोमी थापा मगर, संथापक अध्यक्ष बिल पुर्जा, श्रीमती मिना कुमारी पुर्जा, अध्यक्ष तेज राम्जाली, श्रीमती पूर्णमाया राम्जाली, उपाध्यक्ष बल पुर्जा, श्रीमती फकतिसा पुर्जा, महिला उपाध्यक्ष अम्बु गर्बुजा, श्रीमती पार्वती पुनमगर, श्रीमती बिमला गर्बुजा, केशकुमारी गर्बुजा, कोषाअध्यक्ष ललित गर्बुजा, श्रीमती धनमाया गर्बुजा ,सहकोषाध्यक्ष लिल अर्मजा, श्रीमती डिल कुमारी अर्मजा, सल्लाहकार मन्बिर पाईजा निवर्तमान उपाध्यक्ष रग प्रसाद पुर्जा, सल्लाहकार मन पुर्जा, सल्लाहकार हर्क खोरजा, सल्लाहकार डिल पुर्जा ज्युहरुलाई कार्यक्रम शुरु हुनु अघि हल मा प्रवेश गराए का थिए।

यसरि नै अतिथिवर्ग र उपस्थित दाजुभाई हरुलाई आमा समूह का दिदीबहिनीहरु लागायत कलाकार नानीहरु ले सयपत्री फुलमाला लगाउदै स्वागत गरि सके पछि अध्यक्ष र सल्लाहकारहरु ले अतिथिवर्गहरु र उपस्थित हुनु भएका सम्पूर्ण सदस्यज्युहरु संग नोर्थओल्ट सोसिएल कलव को बार मा पिउने पेयपदार्थ पिउदै र डाईनिङ हल मा टिपनटापन खाना खादै गर्दा महासचिव तुल चन्द्र तिलिजा ज्यु ले उपस्थित महानुभावहरु लाई आफ्नो र अतिथिज्युहरु को परिचय दिँदै कार्यक्रम को सुरुवात गरेका थिए। समाजका सल्लाहकारहरु, स्थानीय समुदाय का अगुवा, विशेष ब्याक्तित्वहरु र सबै उपस्थितवर्गहरु लाई समग्र मा आसनग्रहण को अनुरोध गरि सके पछि सुरक्षा र अरु व्यवस्थापन सम्बन्धी बारे मा जानकारी गराउनु भए को थियो। कार्यक्रम मा ज्येष्ठ नागरिक महिला श्रीमती देउमति गर्बुजा पुनमगर, अध्यक्ष तेज राम्जाली, महिला उपाध्यक्ष अम्बु गर्बुजा ज्युहरु दुवारा पानस मा दिपप्रज्वलन गरेका थिए। यसरि बत्ती बालेर उदघाटन गरिए को कार्यक्रम मा बेलायत मा सकृय संघसंस्था का प्रतिनिधिहरु, गन्यमान्य, व्यावसायी, बुद्धिजीवी, कलाकारहरु, नेपाल र नेपाली प्रति सदभाव राख्ने स्थानीय बेलायति हरु तथा सर्ब साधारण को बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रम मा महिला उपाध्यक्ष श्रीमती अम्बु गर्बुजा ज्यु ले सहभागी सबै लाई स्वागत गर्दै स्वागत मन्तब्बय दिनु भए का थिए। उहाँ अम्बु गर्बुजा ज्यु ले नेपालीहरु को महानचाड दिपावली को उपलक्ष्यमा सबै लाई शुभकामना दिदैं बेलायत मा जन्मे हुर्के का नेपाली बालबालिका तथा यहाँ का स्थानीय बासिन्दाहरु लाई नेपाल र नेपाली को संस्कृति पहिचाहन गराउन र सिकाउनु को लागि कार्यक्रम आयोजना गरिए को बताएका थिईन। नेपालीहरु को तिहार पर्व बेलायतवासी पुनमगर हरु को आयोजना मा लण्डन को नोर्थओल्ट मा सम्पन्न कार्यक्रम मा तुलचन्द्र तिलिजा, मनु गर्बुजा, नुनु थापा, सिता पुर्जा, लकु पुर्जा, फानु राना, निसा पुन,निस्ता पुन, आमा समूह महिला उपध्यक्ष अम्बु गर्बुजा, बिमला गर्बुजा,पार्वती पुनमगर,मन कुमारी पुर्जा, टिका पुनमगर, हेमा चोचाङ्गि, किरण चोचाङ्गि, संस्थापक अध्यक्ष बिल पुर्जा, सल्लाहकार मन्बिर पाईजा, डिल पुर्जा,बल पुर्जा, पृथ पुर्जा,जस्ता गायक तथा स्थानीय बाल कलाकारहरु का माझ बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै महान चाड तिहार रमाईलो संग मनाएका हुन।

कार्यक्रम मा अतिनै लोकप्रिय नृत्य युवा कलाकार भान्जा भान्जिहरु र आमासमूह ले नृत्य प्रस्तुत गरेका थिए। यस कार्यक्रम मा संस्थापक अध्यक्ष बिल पुर्जा, महासचिव गायक तुलचन्द्र तिलिजा ज्युले आधा दर्जन भन्दा बढी गाउँ घर तिर ओराली उकाली बन पाखाहरु मा गाईने चर्चित सालैजो गितहरु, सोरेठि, झ्याउरे,कौडा, भैचसाईलो यानीमाया जस्ता थुप्रै गितहरु गाएर श्रोता तथा दर्शकहरु को मन जित्न सफल भए का थिए।

त्यसै गरी कार्यक्रम मा युवा भाई-बहिनिहरु किरण चोचाङ्गि सुश्री मनु गर्बुजा,र सुश्री सिता पुर्जा ज्यु को टिमहरु मनु गर्बुजा, सिता पुर्जा, लकु पुर्जा, फानु राना, नुनु थापा, सृजना पुनमगर, निशा पुनमगर, निस्ता पुनमगर,शुभम पुनमगर, सभ्यता पुनमगर आस्था पुर्जा, एलिसा पुनमगर, रियन गर्बुजा लगायत ले कुशल नृत्य प्रस्तुत गरेका थिए। यसरि नै पुनमगर समाज यु के का थुप्रै युवा कलाकारहरु दुवारा तिहार गित गाउदै अति नै मिठो लक्ष्मी नारायण को आरती प्रस्तुत गरी सामूहिक रुप मा लक्ष्मी को पूजा अराधना गरिए को थियो।

यसरि लक्ष्मी पुजा गर्दै र स्थानीय कलाकारहरु ले नै बिभिन्न राष्ट्रिय, लोक तथा आधुनिक गित मा असाध्य राम्रा-राम्रा नृत्यहरु प्रस्तुत गरे का थिए। समाज का महासचिव तुल चन्द्र तिलिजा ज्यु ले शुभकामना मन्तब्य व्यक्त गर्दै शुरु भए को कार्यक्रम मा सांस्कृतिक सचिव मुनु गर्बुजा ले भैलो कार्यक्रम को संयोजन गरेका थिए। कार्यक्रम मा निवर्तमान अध्यक्ष बिल पुर्जा ज्यु र सल्लाहकार मन्बिर पाईजा ज्यु ले देउसी भैलो भट्टयाए का थिए। त्यस्तै आफ्नो मौलिक संस्कृति लाई जगेर्ना गर्ने उद्देश्य ले उपस्थित सबै उमेर का सम्पूर्ण सदस्यज्युहरु ले देउसीरे भन्दै गित गाउदै र भैली खेल्दै असाध्य मनोरञ्जन लिएका थिए। देउसी भैलो को दानदक्षिणा हाल्नु को लागि महिला वर्ग आमा टोलि दुवारा नाङ्गलो मा बत्ति बालेर फुलमाला को साथ मा श्रीमती पूर्ण माया राम्जाली, मिन कुमारी पुर्जा, तिलकुमारी पुर्जा, मिना कुमारी पुर्जा, डबली पाईजा, दिल कुमारी खोरजा, बिमला गर्बुजा, पार्वती पुन, मनु गर्बुजा, केशकुमारी गर्बुजा, मन कुमारी पुर्जा,जानु गर्बुजा, गंगा पहरे पुनमगर, मायादेबी गर्बुजा, फक्तिसा पुर्जा, धनमाया गर्बुजा, कृष्ण माया पाईजा, मिना खोरजा, सबिता पुनमगर, केशमाया तिलिजा, उदिमाया पुनमगर, दिल कुमारी तिलिजा,सृजना अस्लामी लगायत ले महत्वपूर्ण भूमिका निभाए का थिए।

तिहार पर्व को झल्को दिने देउसी भैलो कार्यक्रम मा संस्थापक निवर्तमान अध्यक्ष बिल पुर्जा ज्यु र सल्लाहकार मन्बिर पाईजा ज्यु ले परंपरागत रुप मा देउसी भट्टाए र असादध्य रमाईलो गरेका थिए। सहभागीहरु लाई माछा,खसी, कुखुरा को मासु, सेलरोटी सहित को स्वदिस्ट भोजन उपाध्यक्ष बल पुर्जा दुवारा गोर्खा स्पाईसओर्ल्ड देखि बन्दोबस्त गराईए को थियो। दिदि बहिनि हरु संस्थापक अध्यक्ष ज्यु का श्रीमती मिना कुमारी पुर्जा, बर्तमान अध्यक्ष ज्यु को श्रीमती पूर्णमाया राम्जाली, महासचिव ज्यु को श्रीमती बालिका तिलिजा हरु ले मिठा-मिठा सेल रोटि पोलेर उपस्थित सम्पूर्ण पाहुनावर्गहरु र सदस्य ज्युहरु खुलाएका थिए। समाज का कोषाध्यक्ष ललित गर्बुजा ज्यु ले साउण्ड सिस्टम मा तिहार को देउसी भैलो गितहरु साथै गाउँघर तिर उकाली-ओराली मेलापात गर्दा गाईने सालैजो गितहरु बजाएर दर्शक हरु लाई भरपुर मनोरंजन दिलाए का थिए। कार्यक्रम को झलकहरु क्यामरा मा राख्नु को लागि सुन पुर्जा, पृथ पुर्जा,र होम गर्बुजा ज्युहरु ले फोटो खिचे का थिए। साथै उहाँहरु ले भिडियो ग्राफर पनि गरेका थिए।

कार्यक्रम मा पुन मगर समाज यु के का सहभागी सम्पूर्ण दिदीबहिनीहरु लाई भोजपुर समाज यु के का अध्यक्ष कृष्ण बहादुर राई ज्यु ले छोरी चेलीहरु लाई धन्यवाद प्रकट गर्दै छोरी चेलीबेटी हरु को लागि भन्दै £ १०१ पाउण्ड दक्षिणा अध्यक्ष तेज राम्जाली ज्यु को श्रीमती पूर्णमाया राम्जाली ज्यु लाई दिनु भएको थियो। त्यस दिन को पार्टीहल को व्यवस्था उपाध्यक्ष बल पुर्जा ज्यु ले गर्नु भए को थियो। भने त्यस पार्टीहल मा लागे को खर्च, बिधार्थी भाई कमल पुर्जा ज्यु,र समाजसेवी अङ्ग गर्बुजा र श्रीमती मायादेबी गर्बुजा ज्यु ले हलमा लागे को खर्च बेहोरे का थिए। क्याटरिङ्ग ग्रुप का

महाप्रबन्धक कृष्ण बहादुर तुलाचन, बिकाश थापा लाई मद्धत गर्नु हुने मेषमान पुर्जा उपाध्यक्ष बल पुर्जा, श्रीमती फकतिसा पुर्जा, निवर्तमान अध्यक्ष का श्रीमती मिना कुमारी पुर्जा लगायत ले काम मा सहयोग गरेका थिए। त्यहि देउसी भैलो कार्यक्रम मा उपस्थित पाहुनावार्गहरु,दाजु-भाईहरु,आमा समूह का दिदी-बहिनीहरु,कलाकार साथीहरु,भान्जा-भान्जिहरु ले दानदक्षिणा £ पाउण्ड २५६२:६० पेन्स सङ्कलण गर्न सफल भएका थिए। लक्ष्मीपुजा को समान र सयपत्रिफुल माला को ब्यबस्था आमा समूह का दिदीबहिनीहरु र भान्जिहरु ले गरेका थिए। संस्थापक निवर्तमान अध्यक्ष बिल पुर्जा ज्यु र सल्लाहकार मन्बिर पाईजा ज्यु ले परंपरागत रुप मा देउसी भट्टाए।

समाज का अध्यक्ष तेज राम्जाली पुनमगर ज्यु को अध्यक्षता मा सम्पन्न भए को कार्यक्रम मा अध्यक्ष तेज राम्जाली ज्यु ले सम्पूर्ण सहभागी पाहुनावर्ग लागायत सबै सदस्यज्युहरु लाई धन्यबाद मन्तब्य प्रकट गर्दै आर्को बर्ष २०७५ मा पनि यसरि नै भेटने बाचा गर्दै कार्यक्रम बिसर्जन गर्नु भए को थियो। महिला उपाअध्यक्ष अम्बु गर्बुजा ज्यु ले स्वागत मन्तव्य दिए कि थिईन। महासचिव तुल चन्द्र तिलिजा ज्यु ले शुभकामना गर्दै कार्यक्रम शुरुवात गरेका थिए। भने सांस्कृतिक कार्यक्रम सुश्री मनु गर्बुजा ज्यु ले सञ्चालन गरेका थिईन। अत्यन्त पारिवारिक वातावरण मा सम्पन्न भए को कार्यक्रम मा देउसी भैलो समेत खेलेर मनोरञ्जन लिए का थिए।

""जय पुनमगर समाज यु के""

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page