top of page

यसरी मनाइयो बेलायतमा सरस्वती पूजा

लेखक अमृत गर्बुजा मगर:

पुन मगर,पुर्ख्यौली समूह बेलायत र धौलागिरी नौमती बाजा,समूह,बेलायतले संयुक्तरुपमा सरस्वति मातालाई आज्ञा-पूजा गरेर नेपालको आफ्नो संस्कृतिलाई जोगाउने र निरन्तरता दिने प्रयास गरेकाछन | विशेषगरी हरेक बर्ष वसन्त पन्चमिका दिन सरस्वती मातालाई सम्झने र पुजा गर्ने गर्दछौं | यस वर्ष माघ ८ गते/जनवरी २१ मा पर्न गएको थियो तर बिदेशमा विभिन्न कार्य व्यस्तताको कारणबश: जनवरी २० मै सरस्वति मातालाई आराधना गरेर भव्यताकासाथ मनाएका छौं |

आजकै दिन आफ्नो बालबच्चाहरुलाई स्कूल भर्ना गरेर अक्षराम्भ गर्ने परिपाटि पनि छ | आजको दिन सर्जकहरुको दिन पनि हो | सर्जकहरुले सरस्वति मातालाई पूजा गर्दछन साथै नयाँ सर्जकहरुले पनि आजबाट नै आफ्नो कला र सीपलाई शुभारम्भ गर्ने गर्दछन सिर्जनाका औजारहरु जस्ता:-कलम,मसी,पुस्तक,आफुले बजाउने बाजा,गाजा,साथै विभिन्न म्युजिकका सामग्रीहरुलाई सरस्वति माताले बिद्या प्रदान गरुन भनेर सरस्वति मातालाई आराधना गर्ने गर्दछन | सर्जकहरु भन्नाले लेखककार,गीतकार,गायककार,रचनाकार,सूचिकार अथवा आफ्नो कार्य क्षेत्र जे मा छ ती सबैजनालाई जनाउदछ |

सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फतिकको मालासहित सुभोसित हुनुहुन्छ |सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्म्मा,विष्णु तथा शिव आदी सबैले उपासना गर्नु हुन्छ |उनी माता सरस्वतीले हाम्रा अज्ञानताहरुलाई चिर्दै हामीलाई निर्मल विद्या दिनु हुन्छ |

सरस्वति वा श्रीपंचमी वा बसन्त पंचमी बिद्या वा संगीतको प्रतिरुप भनेर चिनिन्छ | आजबाट बसन्त ऋतुको शुभारम्भ हुन्छ | आजबाट कोईलीको कुहु कुहु साथै न्यानोपनको शुरुवात हुन्छ | यस ऋतुमा नेपालीहरुको वैदिक संस्कार अनुसार बालीनाली लगाउने औजारहरु साथै हलो,गोरु,माटो,बोट-बिरुवाहरुलाई पनि पूजा गरिन्छ | आजको दिन नेपालको हरेक स्कूलहरुमा सरस्वति पूजा धुम्धाम्कासाथ्मा मनाईन्छ | यो बसन्त पंचमीलाईमुस्लिम समूदायले पनि सुफी बसन्तकारुपमा १२ औं शताप्दीदेखि मनाउदै आएको पाईन्छ | यस बसन्त पंचमीदेखि आफ्नो व्यवसायी वा पेशा वा कुनै पनि सीप वा बुद्धि निरन्तररुपमा अभिवृद्धि होस् भनि सरस्वति मातालाई पूजा-पाठ गरिन्छ |

पुन मगर पुर्ख्यौली समूह,बेलायत र धौलागिरी नौमती बाजा समूह,बेलायतको संयुक्त प्रयासमा गरिएको यो सरस्वति पुजा बेलायतको फार्नबरो स्थित कम्यूनिटी हलमा सम्पन्न गरिएको थियो |उक्त हल बूक गर्ने र हल सजावट गर्ने जिम्मा धौलागिरी नौमती बाजा समूहको संयोजक श्री रन पाईजा पुन,मगरज्यूले लिनु भएको थियो | आज्ञा-पूजाको सम्पूर्ण सामग्रीहरु पुर्ख्यौली समूहका अध्यक्ष तथा धौलागिरी नौमती बाजाका अध्यक्ष श्री बिल पुर्जा,मगरका श्रीमती मिन कुमारी पुर्जा,मगरज्यूले जुटाउनु भएको थियो | साउन्ड सिस्टम वा डीजे सिस्टमको व्यवस्था पुन मगर समाज,बेलायतका वर्तमान अध्यक्ष श्री तेज राम्जालीज्यूले गर्नु भएको थियो | त्यसैगरी पेय पदार्थको जोह गर्ने काम धौलागिरी नौमती बाजा समूहका सक्रिय सदस्य तथा सनाहीका रागी श्री भीम थापा मगरज्यूले गर्नु भएको थियो | त्यसैगरी सरस्वति पूजाको लागि चोखो रोटी-पोलोको व्यवस्था गीता पाईजा र बबी पाईजा मगरहरुले गर्नु भएको थियो | त्यसैगरी पूजा र प्रसादको लागि खीर समाजसेवी नीरा पीजीले गर्नु भएको थियो | त्यसैगरी यस भव्य कार्यक्रमको लागि खानाको व्यवस्था काठमान्डू कुजिनका प्रोप्राईटर श्रीमान् तथा श्रीमती खगेन्द्र पुर्जा,मगरले गर्नु भएको थियो | त्यसैगरी विभिन्न अन्य काम-कार्यको लागि थुप्रै सहयोगी हातहरुले साथ् दिएको हुनाले कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको कुरा अवगत गराउन चाहन्छुं |

यस गरिमामय कार्यक्रमको लागि कुनै पनि घटना वा दुर्घटना नहोस भनि उपस्थित सम्पूर्णलाई स्वास्थ्य र सुरक्षाको निम्ति गर्नु पर्ने क्रियाकलाप र सजकता पुन मगर पुर्ख्यौली समूह बेलायतका अध्यक्ष श्री बल पुर्जा,मगरज्यूले गर्नु भएको थियो |

यस गरिमामय कार्यक्रमको लागि सभापतिको आशन-ग्रहण पुर्ख्यौली समूह तथा नौमती बाजा समुहका वर्तमान अध्यक्ष श्री बिल पुर्जा,पुन मगरज्यूले गर्नु भएको थियो | यस गरिमामय कार्यक्रमको लागि प्रमूख अतिथि भू.पू.माननीय म्याग्दी जिल्ला तथा समाजसेवी श्री नर बहादुर पुन मगरज्यूले गर्नु भएको थियो | बिशेष अतिथिकोरुपमा पर्वत वेलफेयर सोसाईटीका अध्यक्ष श्री दधि आचार्यज्यूले गर्नु भएको थियो | अन्य अतिथिहरुमा एन.अरर.एन.ए.यूकेका वर्तमान अध्यक्ष श्री योग कुमार फगामीज्यू,म्याग्दी प्रवासी नेपाली संघ,यूकेका उपाध्यक्ष श्री खिम शेरचनज्यू,पुन मगर समाज,युकेका अध्यक्ष,श्री तेज राम्जाली पुन मगरज्यू, नमस्ते ट्राभलका प्रोप्राटर श्री अर्जुन तिलिजाज्यू,समाजसेवी श्री अंग गर्बुजाज्यू,मगर संघ,महिला विभागका उपाध्यक्ष श्रीमती अनिता राना मगरज्यू,मगर संघ यूकेका महा-सचिव,श्री लालु पुन मगरज्यू,सचिव श्री खगेन्द्रज्यू,मगर संघ यूकेका उपाध्यक्ष श्रीमती सिता पुर्जा,पुन मगरज्यू,मगर संघ यूकेका साँस्कृतिक बिभाग प्रमूख तथा पुन मगर सघ यूकेका महा-सचिव श्री तुल्चन्द्र तिलिजा पुन मगरज्यू,भू.पू.अध्यक्ष मोना यूकेका श्री रेशम शेर्चनज्यू,मोना यूकेका महिला उपाध्यक्ष श्रीमती लिला गर्बुजा पुनज्यू,एभरेष्ट आर्चरी क्लवका सचिव ओबिन पुनज्यू,एभरेष्ट आर्चरी क्लवका भू.पू.अध्यक्ष श्री बेल बुढाथोकीज्यू,पुन मगर समाज,यूकेका महिला अध्यक्ष श्रीमती अम्बु पुन मगरज्यू,मगर संघ यूकेका कुमारी गुरुङ्ग साथै लोक दोहोरी गायीका कल्पना गुरुङ्ग पनि उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु भएको थियो |

कार्यक्रमको उद्घाटन भू.पू.माननीय,म्याग्दी श्री नर बहादुर पुन,मगरज्यूले गणेशको पानसमा र ज्येष्ठ नागरिक श्री कृष्ण बहादुर पुन,मगरज्यूले सरस्वतीको पानसमा दीप प्रज्वलन गरेर गरेका थिय | यसमा धौलागिरी नौमती बाजाले साथमा नगरा बजाएर हर्ष उल्लाश बनाएका थिय | यस कार्यक्रममा पाल्नु हुने सम्पूर्ण अतिथिहरु,पाहुनाहरु साथै आस्थावान सबैलाई सम्मान तथा स्वागत भाषण पुर्ख्यौली समूहका अध्यक्ष श्री बल पुर्जा,पुन मगरज्यूले गर्नु भएको थियो | कार्यक्रम संचालन धौलागिरी नौमती बाजा,समूहका सचिव अमृत गर्बुजा र तेज राम्जालीले गरेका थिय | यसै कार्यक्रममा हाम्रा धौलागिरी नौमती बाजा,यूकेका संरक्षक,मोना यूकेका भू.पू.अध्यक्ष,मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष तथा एन.आर.एन.ए. यूकेका वर्तमान अध्यक्ष श्री योग कुमार फगामीज्यूलाई ढिलै भए पनि सम्मान गरिएको थियो | एन.आर.एन.ए. यूकेको अध्यक्ष जस्तो गरिमामय पदमा बिजयी हुनु भएको उपलक्षमा |

यसैगरी सरस्वति पुजा किन गरिन्छ ? कसरी गरिन्छ ? भन्ने सम्बन्धमा यस कार्यक्रमका सभापति श्री बिल पुर्जा,पुन मगरज्यूले प्रकाश पार्नु भएको थियो | त्यसको लगत्तै क्रमश: लाईनबद्धरुपमा पुजा-पाठको शुरुवात भएको थियो | त्यसमा धौलागिरी नौमती बाजाले साथ् दिएको थियो | आगन्तुकहरु आउने पुजा गर्ने काम जारी नै रहेको थियो भने पुर्ख्यौली समूहले आफ्नो पुर्ख्यौली नृत्य प्रस्तुत गरेका थिय साथमा आमा,दिदी तथा बहिनीहरुले गीत गाएर साथ् दिएका थिय | त्यस पछाडी टिपन तापन वा तीत-बिट खाने कार्यक्रम रहेको थियो |

सरस्वति पुजाको बारेमा,धौलागिरी नौमती बाजा समूह र पुन मगर पुर्ख्यौली समूहले यूकेमा निभाएको आफ्नो संस्कार तथा संस्कृतिको बारेमा भू. पू. माननीय तथा समाजसेवी श्री नर बहादुर पुनज्यू र पर्वत वेलफेयर सोसाईटी,यूकेका अध्यक्ष श्री दधि आचार्यज्यूले आफ्नो मन्तव्यमार्फत प्रकाश पार्नु भएको थियो | त्यसैगरी कार्यक्रमको समापन सभापति श्री बिल पुर्जा,पुन मगरज्यूले गर्नु भएको थियो |

कार्यक्रमको दोश्रो चरणमा मनोरंजन कार्यक्रम राखिएको थियो | उक्त कार्यक्रममा लोक दोहोरी गायीका कल्पना गुरुङ्ग,तुल्चन्द्र तिलिजा,लिला गर्बुजा,तारा पुर्जा लगायतले धौलागिरी नौमती बाजाको तालमा गीत गाएर भरपूर मनोरंजन दिलाएका थिय | त्यसमा उठ्थ बस नाचेर धेरैले मनोरंजन लिएका थिय | तुल्चन्द्र तिलिजाज्यूले ट्रयाकमा गीत गाएर सबैलाई मन्त्र मुघ्न बनाएका थिय | कार्यक्रममा अनुमान गरेको भन्दा धेरै जनाको उपस्थिति रहेको थियो |

विविध कार्यक्रमको साथसाथै स्वादिष्ट खाना खाएर सम्पूर्ण पाहुनाजनहरुले अनुशासितरुपमा आफ्नो मानविय सभ्यता झल्काएका थिय | त्यसपछि हल सर-सफाई गर्ने काम सबैजना मिलेर गरेका थियौं | अन्तमा उक्त हल हस्तान्तरण गर्ने जिम्मा धौलागिरी नौमती बाजा,समूहका संयोजक श्री रन पाई,मगरज्यूले लिनु भएको थियो | प्रस्तुत कर्ता:-अमृत गर्बुजा |

Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page