top of page

लेखक पुन मगर समाज यु के का सचिव तुल चन्द्र तिलिजा​

  • May 24, 2018
  • 2 min read

नमस्कार स:धन्यबाद सबै सबै मा,

गत शनिबार १७ गते २०१८ अल्डर्सोट को द प्यालेस मा पुन मगर समाज यु के को बार्षिक साधरण सभा सम्पन्न भए को थियो संस्था का अध्यक्ष तेज राम्जाली पुन मगर ज्यु को अध्यक्षता मा बसे को सो सभा मा मगर संघ यु के का बर्तमान अध्यक्ष नेम थापा ज्यु प्रमुख अतिथी रहनु भए को थियो। बार्षिक साधरण सभा मा संस्था का उपाधक्ष बल पुर्जा ज्यु ले स्वागत मनतब्य दिनु हुँदै कार्यक्रम अगाडी सरे को थियो। पुन मगर समाज यु के का सदस्यज्युहरु आ-आफ्नो होलिडे मनाउनु जानु पर्ने हुना ले साथै बिभिन्न कार्य ब्यास्थता ले गर्दा सदस्यहरु को उपस्थिती निम्न रहेता पनी संस्था ले धेरै महत्त्वपूर्ण बिषय हरु मा निर्णय पारित गरे को छ। सो बार्षिक साधरण सभा मा संस्था का कोषाध्यक्ष ललित गर्बुजा ज्यु ले बार्षिक आय ब्यय को प्रतिबेदन दिए का थिए भने सन्स्था को सचिब तुलचन्द्र तिलिजा ले सन्स्था को बर्षिक रिपोर्ट दिनु भए को थियो। साथै बार्षिक साधरण सभा को कार्यक्रम समाज का सचिव म आफै तुल चन्द्र तिलिजा पुन मगर ले सन्चालन गरे का थिए।

नोट:- बैठक ले समाज एकिकरण को लागी अगाडी बढने बिषय मा निर्णय गरे को थियो। यसरि अगाडी बढने बिषय मा निर्णय गरेता पनी पुन मगर समाज यु के का सदस्य ज्यु हरु पटक्कै फिक्कर नगरी कत्ती पनी बिचलित नहुनु पनि यहाँ हरु संग बिनम्र अनुरोध गर्दछौ।

पुन मगर समाज यु के को बार्षिक कार्यक्रम अगामी मे महिना आईतबार २० गते फ्लिट र फान्ब्रो बिच मा रहे को एभ्रेष्ट आर्चरी फिल्ड को छेउ को फुटबल मैदान मा हुने जानाकारी गराउदै सवै सदस्य ज्यु हरु ले आज देखि नै आ-आफ्नो छुट्टी समय मा नै मिलाउनु होला भन्दै हामि कार्यसमिति का पदाधिकारीहरु को तर्फ देखि यहाँहरु लाई बिनम्र अनुरोध गर्दछौ। धन्यवाद।

सचिब

तुलचन्द्र तिलिजा

पुन मगर समाज यु के

 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
bottom of page