बोर्नटोक को ओरेन्जहिल कमुनिटि सेण्टर को हल मा पुन मगर समाज यु के ले तिहार को देउसी भैलो कार्यक्रम ०३
बेलायतवासी पुनमगर हरु ले हिन्दूहरु को महान चाड शुभ दिपावली को अवसर मा देउसी भैलो र संस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न स्थानिय कलाकारहरु संग शुभकामना आदान प्रदान गरेका थिए। पुन मगर समाज यु के का अध्यक्ष तेज राम्जाली पुनमगर ज्यु को अध्यक्षता मा सम्पन्न भए को थियो। यो तिहार मा महिला उपाअध्यक्ष अम्बु गर्बुजा लगायत आमा समूह का दिदीबहिनीहरु द्वारा विशेष व्यवस्थापन गरिए को देउसी भैलो भेटघाट कार्यक्रम मा स्थानिय कलाकारहरु संग पुनमगर समाज यू के ले विविध कार्यक्रम का साथ लक्ष्मी पूजा का दिन भन्दा अगाडि को हप्ता नै गत शनिवार को दिन ०३ नोबेम्बर २०१८ बोर्नटोक को ओरेन्जहिल कमुनिटि सेण्टर को हल मा तिहार को देउसी भैलो कार्यक्रम धुमधाम का साथ मनाए का थिए। शनिवार दिउसो १३ बजे शुरु गरि बेलुकी साँझ २२०० बजे सम्म कार्यक्रम संचालन भए को थियो। उक्त कार्यक्रम मा आमा समूह का कार्यक्रम सन्चालिका श्रीमती मन कुमारी पुर्जा बहिनि ले कार्यक्रम चलाएकी थिईन। महिला उपाध्यक्ष श्रीमती अम्बु गर्बुजा ज्यु ले सहभागी सबै लाई स्वागत गर्दै नेपालीहरु को महानचाड दिपावली को उपलक्ष्य मा उपस्थित भएर तिहार कार्यक्रम को शोभा भढाई दिए को मा महिला दिदिबहिनिहरु को तर्फ देखि सबै लाई धन्यबाद दिदैं बेलायत मा जन्मे हुर्के का नेपाली बालबालिकाहरु तथा यहाँ का स्थानीय बासिन्दाहरु लाई नेपाल र नेपाली को धर्म,संस्कार,संस्कृति र पहिचान युवावर्गहरु लाई सिकाउनु को लागि कार्यक्रम आयोजना गरिए को बताएका थिईन। सम्पुर्ण उपस्थित माहानुभावहरु बाबाआमाहरु दाजुभाईहरु स्थानिय कलाकारहरु आमा टोलि लगायत भान्जा हरु भान्जिनानीहरु लाई यहाँहरु को उपस्थिति ले गर्दा हामि महिला समितिहरु लाई धेरै हौसला आउनु को साथसाथै गौरव लागे को छ भन्नु भयो। यसरि नै उपस्थित सबै दाजुभाईहरु लाई सयपत्री फुलमाला लगाउदै स्वागत गरि सके पछि उपस्थित हुनु भएका सम्पूर्ण सदस्यज्युहरु का सपरिवार दिदीबहिनीहरु भान्जाभान्जिहरु लाई सयपत्री फुलमाला लगाउदै आमाटोलि ले स्वागत गरेका थिए।
यसरि ड्रिङ्क स्टल मा मा सहकोषाध्यक्ष लिल अर्मजा र प्रदिप पुर्जा लगायत साथीहरु ले पिउने पेयपदार्थ बितरण गर्नु भए को थियो। पिउने पेयपदार्थ पिउदै र डाईनिङ हल मा टिपनटापन खाना खादै गर्दा महासचिव तुल चन्द्र तिलिजा ज्यु ले उपस्थित महानुभावहरु लाई आफ्नो परिचय दिँदै कार्यक्रम को सुरुवात गरेका थिए। कार्यक्रम मा उपस्थित अतिथिज्युहरु, समाजका उपस्थित सल्लाहकारहरु,स्थानीय समुदाय का विशेष ब्याक्तित्वहरु र बुद्धिजीवीहरु,विभिन्न संघसंस्था का पाहुनाहरु सबै लाई समग्र मा आसनग्रहण को अनुरोध गरि सके पछि सुरक्षा र अरु व्यवस्थापन सम्बन्धी बारे मा उपसचिव गंग खोरजा ज्यु ले जानकारी गराउनु भए को थियो। त्यस को लगतै उपाध्यक्ष बल पुर्जा ज्यु ले उपस्थित सबै लाई छोटो मिठो स्वागत मन्तब्य दिनु भए को थियो। अध्यक्ष तेज राम्जालीज्यु,संस्थापक निवर्तमान अध्यक्ष्य बिल पुर्जाज्यु र महिला उपाध्यक्ष अम्बु गर्बुजा ज्युहरु दुवारा पानस मा दिपप्रज्वलन गर्दै कार्यक्रम उदघाटन गरीए को थियो। यसरि बत्ती बालेर उदघाटन गरिए को कार्यक्रम मा बेलायत मा सकृय संघसंस्था का प्रतिनिधिहरु,गन्यमान्य, व्यावसायी,बुद्धिजीवी,कलाकारहरु,नेपाल र नेपाली प्रति सदभाव राख्ने स्थानीय बेलायति हरु तथा सर्ब साधारण को बाक्लो उपस्थिती रहेको थियो र यसरि दिपप्रज्वलन गर्दै गर्दा सबै ले बररर तालि बजाएर साथ दिएका थिए।
कार्यक्रम मा अतिनै लोकप्रिय नृत्य स्थानिय कलाकार भान्जिनानिहरु र आमासमूह का दिदीबहिनीहरु ले कुशल नृत्य प्रस्तुत गरेका थिए। यस कार्यक्रम मा तिहार पर्व को झल्को दिने देउसी भैलो कार्यक्रम मा संस्थापक निवर्तमान अध्यक्ष बिल पुर्जा ज्यु,सल्लाहकार मन्बिर पाईजा ज्यु र सचिव तुलचन्द्र तिलिजाज्युहरु ले परंपरागत रुप मा देउसी भैलो गित सुन्दर स्वरमा भटटयाए का थिए र असाध्य रमाईलो गरेका थिए। उपस्थित सहभागीहरु लाई माछा,खसी, कुखुरा को मासु, बिबिक्यु र सेलरोटी सहित को स्वदिस्ट भोजन उपाध्यक्ष बल पुर्जा दुवारा गोर्खा स्पाईसओर्ल्ड देखि बन्दोबस्त गराईए को थियो। महिला दिदि बहिनि हरु ले मिठा-मिठा सेल रोटि पोलेर उपस्थित सम्पूर्ण पाहुनावर्गहरु र सदस्य ज्युहरु खुलाएका थिए। समाज का कोषाध्यक्ष ललित गर्बुजा ज्यु ले साउण्ड सिस्टम मा तिहार को देउसी भैलो गितहरु साथै गाउँघर तिर उकाली-ओराली मेलापात गर्दा गाईने सालैजो गितहरु बजाएर दर्शक हरु लाई भरपुर मनोरंजन दिलाए का थिए। कार्यक्रम को झलकहरु क्यामरा मा राख्नु को लागि सुन पुर्जा, र पृथ पुर्जा ले फोटो खिचे का थिए। साथै उहाँहरु ले भिडियो ग्राफर पनि गरेका थिए। आधा दर्जन भन्दा बढी गाउँ घर तिर ओराली उकाली बन पाखाहरु मा गाईने चर्चित सालैजो गितहरु,लोकभाका गित हरु तुलचन्द्र तिलिजा र सांस्कृतिक सचिव खिम पुनज्यु ले थुप्रै गितहरु गाएर उपस्थित श्रोतावर्ग तथा दर्शकहरु को मन जित्न सफल भए का थिए।
मिठो र स्वादिलो बि.बि.क्यु सल्लाहकार मन पुर्जा लगायत बोर्नटोक का सम्पूर्ण सदस्यहरु ले पोले र खुलाउनु भए को थियो। क्याटरिङ्ग ग्रुप का महाप्रबन्धक उपाध्यक्ष बल पुर्जा ज्यु ले मिठो र स्वादिलो खाना खुलाउनु भएको थियो। उहाँ लाई मद्धत गर्नु हुने मेषमान पुर्जा र उहाँ का साथीहरु लगायत ले भोजन को लागि सहयोग गरेका थिए। यस देउसी भैलो कार्यक्रम मा उपस्थित पाहुनावार्गहरु,दाजु-भाईहरु,आमा समूह का दिदी-बहिनीहरु,कलाकार साथीहरु,भान्जा-भान्जिहरु ले दानदक्षिणा मा £ २४७५ पाउण्ड सङ्कलण गर्न सफल भएका थिए। यस तिहार मा लक्ष्मीपुजा को समान र सयपत्रिफुल माला को ब्यबस्था आमा समूह का दिदीबहिनीहरु र भान्जिहरु ले गरेका थिए। कार्यक्रम मा अध्यक्ष तेज राम्जाली ज्यु ले आर्थिक रकम दिएर सहयोग गर्नु हुने सम्पुर्ण सदस्य ज्युहरु हामीहरु सबै को तर्फ देखि हृदय बाट नै मुरीमुरी को धन्यबाद छ भन्नु भयो। कार्यक्रम मा उपस्थित सम्पूर्ण सहभागी पाहुनावर्ग लागायत सबै सदस्यज्युहरु लाई धन्यबाद मन्तब्य प्रकट गर्दै आर्को बर्ष २०७६ मा पनि यसरि नै भेटने बाचा गर्दै कार्यक्रम बिसर्जन गर्नु भए को थियो। अत्यन्त पारिवारिक वातावरण मा सम्पन्न भए को कार्यक्रम मा देउसी भैलो समेत खेलेर मनोरञ्जन लिए का थिए। धन्यबाद।
"जय कर्पाकेली बाबा" "जय कर्पाकेली आमा"
"जय पुनमगर समाज यु के"
"जय पुनमगर समाज यु के"
"जय पुनमगर समाज यु के"
